Thursday, July 9

राजनीति

इरानबारे अमेरिकी प्रस्तावलाई रूसले समर्थन नगर्ने
राजनीति, विश्व, समाचार

इरानबारे अमेरिकी प्रस्तावलाई रूसले समर्थन नगर्ने

नेपालअखबार, काठमाडौं । रूसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारेको छ । रूसी उप-परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् । ‘इज्वेस्टिया’ दैनिकसँग कुरा गर्दै उप-परराष्ट्रमन्त्री अलिमोभले सुरक्षा परिषद्को वार्ताको टेबुलमा अहिले अमेरिका र बहराइनको संयुक्त मस्यौदा रहेको र त्यसलाई रूसले कुनै हालतमा समर्थन गर्न नसक्ने बताएका हुन् । उनले यस विषयमा हतारमा निर्णय नगर्न र प्रस्तावलाई फिर्ता लिन सह-लेखक राष्ट्रहरूलाई आग्रह गरेका छन् । अलिमोभका अनुसार वार्ताको टेबुलमा रूस र चीनले तयार पारेको अर्को मस्यौदा प्रस्ताव अझै पनि छलफलका क्रममा रहेको छ। रूस र चीनको उक्त प्रस...
हर्मुजमा नयाँ नियम लागू गर्दै इरान, गठन गर्‍यो नयाँ समुद्री नियामक निकाय
राजनीति, विश्व, समाचार

हर्मुजमा नयाँ नियम लागू गर्दै इरान, गठन गर्‍यो नयाँ समुद्री नियामक निकाय

नेपालअखबार, काठमाडौं । इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूका लागि नयाँ नियम लागू गर्ने तयारी गरेको छ। हर्मुजमा आफ्नो नियन्त्रणलाई संस्थागत नै गरेर इरानले नयाँ व्यवस्था गर्न लागेको हो। त्यसका लागि इरानले हालै छुट्टै नियामक निकाय गठन गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। इरानले उक्त निकायको नाम पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) गठन गरेको हो। अब उक्त जलमार्ग भएर आवतजावत गर्ने जहाजहरूले ‘भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने व्यवस्था गरेको भनेर सिएनएनले लेखेको छ। फारममा जहाजको नाम, पहिचान नम्बर, पुरानो नाम, झण्डा बोकेको देश, गन्तव्य, कार्गो विवरण, जहाज मालिक र चालक दलको राष्ट्रियतासम्म खुलाइनुपर्ने भनिएको छ। पिजिएसएले हर्मुज पार गर्नुअघि सबै जानकारी इमेलमार्फत पठाउनुपर्ने जनाएको छ। ‘पूर्ण र सही जानकारी अत्यावश्यक छ, अन्यथा त्यसको जिम्मेवारी आ...
इरानी विदेशमन्त्रीले भने- हामी दबाबअघि झुक्दैनौं
राजनीति, विश्व, समाचार

इरानी विदेशमन्त्रीले भने- हामी दबाबअघि झुक्दैनौं

नेपालअखबार,काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान दबाबका अगाडि नझुक्ने बताएका छन् । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा रहेका इरानी सैन्य अखडामाथि हमला गरेपछि शुक्रबार प्रतिक्रिया दिँदै विदेशमन्त्री अराघचीले जब अवस्था कूटनीतिक समाधानतर्फ अघि बढ्छ त्यही बेला अमेरिका खतरानाक सैन्य हमलाको बाटो लिने गरेको भन्दै त्यस्तो दबाबले इरान नझुक्ने बताएका हुन् । ‘के केबल यही घटिया दबाब बनाउने रणनीति हो ?,’ अराघचीले प्रश्न गर्दै लेखेका छन्, ‘या यो कुनै विध्वंशक काम हो, जो एक पटक फेरि अमेरिकी राष्ट्रपतिलाई एक नयाँ दलदलमा धकेलिरहेको छ ?’ कारण जेसुकै भएपनि नतिजा सधैँ एकै आउने उनले बताएका छन् । ‘र, त्यो यो हो कि इरान कहिल्यै दबाबअघि झुक्दैन’, उनले भनेका छन् । अराघचीले अमेरिकी खुफिया एजेन्सी सीआईएले इरानमा मिसाइल भण्डारबारे लगाएको अनुमान पनि गलत रहेको बताएका छन् । ‘हामीसँग मिसाइल भण्डार र लन्चरको क...
महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल
राजनीति, समाचार

महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघको अध्यक्ष पदमा मीनाकुमारी खरेल नियुक्त भएकी छन्। सभापति गगन थापाले आज खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन्। कांग्रेसका १३ वटा भातृ संस्थामध्ये महिला संघसहित पाँच वटाले समयमै महाधिवेशन गर्न नसकेपछि विघटन गरिएको थियो। महिला संघको महाधिवेशन गर्ने जिम्मेवारीसहित आज सभापति थापाले खरेललाई अध्यक्ष नियुक्त गरेका हुन्। खरेल चितवनकी हुन्। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ मा पराजित भएकी थिइन्।...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान ११ बजे  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप
राजनीति, विश्व, समाचार

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

नेपालअखबार. काठमाडौं । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ । उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै ईरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका थिए । तर अमेरिकाको इरानमाथि पुन: आक्रमण गरेको समाचार सार्वजनिक भएको हो । अमेरिकी सेन्ट्रल कमाण्डले भने अमेरिकी नौसेनाको टोली ओमानको खाडीतर्फ अघि बढिरहेका बेला इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरेको जनाएको छ । सेन्ट्रल कमाण्डको वक्तव्यमा लेखिएअनुसार, अमेरिकी जहाजहरू उक्त क्षेत्रमा गुज्रिरहेका बेला ईरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेका थिए । अमेरिकाले युद्धविर...
नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन् : शंकर पोखरेल
राजनीति, समाचार

नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन् : शंकर पोखरेल

नेपालअखबार,काठाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको गत निर्वाचनमा नेपालका वामपन्थी शक्ति मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिहरू नै पराजित भएको बताएका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् धारणा राख्दै भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको टिप्पणी गर्न नमिल्ने बताएका हुन्। ‘भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ। जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ। अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो,’ उनले भनेका छन्। नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले नभइ त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्वन्धका आधारमा निर्धारण हुने उनको ...
गोकुल बास्कोटाको सुझाव– प्रदेश, जिसस र प्रतिनिधि सभाको समानुपातिक खारेज
राजनीति, विचार, समाचार

गोकुल बास्कोटाको सुझाव– प्रदेश, जिसस र प्रतिनिधि सभाको समानुपातिक खारेज

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले संविधान संशोधन गर्ने भए प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् । साथै राष्ट्रिय सभा पूरै समावेशी बनाउन र प्रतिनिधिसभाबाट समानुपातिक हटाउन पनि उनले सुझाव दिएका छन् । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने उनको राय छ । पूर्वमन्त्री समेत रहेका बास्कोटाले आज सामाजिक सन्जाल फेसबुकमार्फत् सो सुझाव दिएका हुन् । सरकारको नेतृत्वकर्ता दल रास्वपाले पहिले संघीयता खारेज हुनुपर्ने भनेको स्मरण गर्दै उनले प्रश्न गरेका छन्– ‘अब संविधान संशोधन गर्ने कि नाई ?’ ‘गर्ने हो भने केन्द्र र पालिका होस्,’ उनले भनेका छन् । राष्ट्रिय सभा १०५ सिट बनाउन र महिला र पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व गराउन उनले सुझाव दिएका छन् । संविधान संशोधनमा सुझाव दिँदै बास्कोटाले थप लेखेका छन्, ‘राष्ट्रिय सभा १०५ सिट,...
इरानसँगको युद्ध छिट्टै समाप्त हुन्छ : ट्रम्प
राजनीति, विश्व, समाचार

इरानसँगको युद्ध छिट्टै समाप्त हुन्छ : ट्रम्प

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएका छन् । जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनले आफू होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमबारे सम्झौताको प्रयासमा रहेको पनि बताए । सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्ताहरूलाई अमेरिकी प्रस्तावबारे आफ्नो जवाफ दिँदैछ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावबारे पाकिस्तानी मध्यस्थकर्तासँग आफ्नो राय राख्ने बताएका छन् । सीएनएनले स्रोतको अवाला दिँदै अमेरिका र इरान दुवै देश युद्ध समाप्ती का लागि सम्झौतातर्फ बढेका छन् । इरानले अहिले अमेरिकाको प्रस्तावमाथि विचार–विमर्श भइरहेको जनाएको छ ।...
मुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान
राजनीति, विदेश, समाचार

मुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान

नेपालअखबार,काठाडौं । ममता बनर्जीले पश्चिम बंगालको निर्वाचनमा आफ्नो दलको पराजयपछि पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने घोषणा गरेकी छन्। तृणमूल कांग्रेसकी अध्यक्ष बनर्जीले चुनावमा पराजित नभएको भन्दै पद नछाड्ने घोषणा गरेको भनेर बिबिसी हिन्दीले लेखेको छ। १५ वर्षदेखि सत्तामा रहेको तृणमुलले यसपालि ८० सिट मात्रै ल्याएको छ। यहाँ भाजपाले २०७ सिट प्राप्त गर्दै सरकार बनाउँदैछ। ममता आफै भवानीपुर सिटमा पराजित भएकी थिइन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय जनता पार्टी (भाजपा) माथि चुनावमा बेइमानी गरेको आरोप लगाइन्। 'हारको प्रमाण भए राजीनामा दिन्थेँ, तर जबर्जस्ती कसैले भन्नु भनेको स्वीकार्य हुँदैन,' उनले भनिन्। साथै, उनले निर्वाचन प्रक्रियामा भारतीय निर्वाचन आयोगलाई मुख्य दोषी रहेको आरोपसमेत आरोप लगाइन्। उनले अब पार्टीभित्र छलफल गरेर आगामी रणनीति तय गरिने र भाजपाको 'अत्याचार'...