Sunday, November 1

राजनीति

धार्मिक असहिष्णुता रोक्न स्पष्ट काननी र नैतिक आधार आवश्यक : सांसद ठाकुर
राजनीति, विचार, समाचार

धार्मिक असहिष्णुता रोक्न स्पष्ट काननी र नैतिक आधार आवश्यक : सांसद ठाकुर

नेपालअखबार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन् । सोमबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद ठाकुरले सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका हुन् । ‘एक समाजको मठ–मन्दिर अगाडि अर्को समाजको जुलुस जाँदा कतिपय अवस्थामा सहिष्णुता देखिए पनि, कतिपय अवस्थामा फरक नारा र धार्मिक मान्यताका कारण टकराव हुने गरेको छ । यस्तो असहिष्णुताले समाजमा मारकाट र द्वन्द्व निम्त्याउने गरेको छ । नैतिकता मानिसको बीचमा हुनुपर्ने विषय हो,’ ठाकुरले भने । सांसद ठाकुरले नेपालको विविधतापूर्ण समाजमा एउटा समुदायको धार्मि...
हतियार उत्पादन बढाएर चाँडै आपूर्ति गर्न कम्पनीहरूलाई पेन्टागनको निर्देशन
राजनीति, विश्व, समाचार

हतियार उत्पादन बढाएर चाँडै आपूर्ति गर्न कम्पनीहरूलाई पेन्टागनको निर्देशन

नेपालअखबार,काठमाडौँ।  इरानसँगको युद्धका कारण अमेरिकी हतियार भण्डारमा चरम अभाव देखिएपछि पेन्टागनले अमेरिकी रक्षा उद्योगलाई हतियार उत्पादन र आपूर्ति तीव्र रूपमा बढाउन निर्देशन दिएको छ। अमेरिकी रक्षा उपमन्त्री स्टिभ फेनबर्गले कारखानाका प्रमुखहरूलाई पत्र पठाएरै महत्वपूर्ण हतियारको उत्पादन क्षमता विस्तार र आपूर्ति समय छोट्याउन भनेका हुन्। उनले ठोस योजना २१ दिनभित्र पेस गर्न पनि निर्देशन दिएको अमेरकी अखबार वासिङ्टन पोस्टले समाचार लेखेको छ। पोस्टका अनुसार फेनबर्गले काराखानाहरूलाई हतियारहरूको आपूर्ति गर्न वर्षौं लाग्ने चक्र स्वीकार्य नभएको भन्दै  आक्रामक उत्पादन र छिटो आपूर्ति गर्ने योजना पेस गर्न भनेका हुन्। 'हामीले हाम्रा कार्यक्रमको समयतालिका छोट्याउनुपर्छ र अहिले नै उत्पादन क्षमता विस्तार गर्नुपर्छ,' उनले हतियार कारखानाहरूलाई लेखेको पत्रमा भनेका छन्। फेनबर्गले रक्षा कम्पनीहरूसँग...
चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले भने– सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेछ
राजनीति, समाचार

चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले भने– सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेछ

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि सचिवालयले जनाएको छ । राजदूत माओमिङले पनि प्रधानमन्त्रीज्यूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सह...
प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल
राजनीति, समाचार

प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल

नेपालअखबार काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो ।
सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता
राजनीति, समाचार

सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

नेपालअखबार,काठमाडौँ।  प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आज मध्याह्न उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्रीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए। उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको सचिवालयको भनाइ छ।...
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
राजनीति, समाचार

प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् । सिंहदरबारमा केहीबेरदेखि राजदूतहरुसँग भेटवार्ता थालेका हुन् । यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् ।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला हुने
राजनीति, समाचार

साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला हुने

नेपालअखबार, काठमाडौं।  नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेलाको तयारी गरिरहेको छ। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला हुनेछ। पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भेला गर्ने तयारी संस्थापनइतर पक्षको छ। यो भेलामा निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने नेता कोइरालाले बताएका छन्। देउवा ५ महिनापछि साउन २८ गते मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ। गत पुसमा विशेष महाधिवेशनमा सहभागी नरहेका नेताहरूको अगुवाइमा भेला हुन लागेको हो। यसअघि उनीहरूले सातै प्रदेशमा भेला गरिसकेका छन्। सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सुरूदेखि नै सुनुवाइ गर्ने भएको छ। मुद्दा पुनरावलोकन हुने अनुमति अदालतले दिएको थियो। संयोजक शशांक कोइरालाले भेलाका लागि राजनीतिक प्रतिवेदन लेखनजस्ता विभिन्न समितिहरू गठन पनि गठन गरेका छन्। भेलामा को क...
रोपाइँ सकिँदा पनि मल नपाएकोमा पूर्वप्रधानमन्त्री प्रचण्डले गराए सरकारको ध्यानाकर्षण
राजनीति, समाचार

रोपाइँ सकिँदा पनि मल नपाएकोमा पूर्वप्रधानमन्त्री प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

नेपालअखबार,काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस लगायत देशका विभिन्न भागमा देखिएको रासायनिक मलको चरम अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । रोपाइँ सकिँदा समेत किसानले सहज रूपमा मल नपाउँदा ठुलो समस्यामा परेको भन्दै उनले तत्काल मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ‘सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन। यसका साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ ।’ मल आयातको प्रक्रिया जटिल रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक पर्ने भन्दै उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणक...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने
राजनीति, समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यगरी सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा दिएको फैसलाको पुनरवलोकन आदेशका सम्बन्धमा संस्थागत धारणा तय प्रवक्ता देवराज चालिसेले जानकारी दिए । अदालतको फैसला र त्यसले पार्टीको वैधानिकतामा पार्ने प्रभावबारे बैठकमा छलफल हुने चालिसेले बताए । बैठकमा पार्टीका महामन्त्रीले समसामयिक राजनीतिक विषय र साङ्गठनिक कार्यसूचीसहितका एजेन्डाहरू प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी महाधिवेशनलाई केन्द्रमा राखेर बोलाइएको यस बैठकमा पार्टी सङ्गठन सुदृढीकरणका विविध विषयमा पनि छलफल हुने प्रवक्ता चालिसेले बताए । महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गर्नु यस बैठकको अर्को मुख्य एजेन्डा रहेको छ। देशभरका विभिन्न जिल्ला र क्षेत्र...
५ उदाहरण दिँदै प्रधानमन्त्रीले भने– सरकारी उद्योगमा आशालाग्दा परिणाम देखिन लागेको छ
राजनीति, समाचार

५ उदाहरण दिँदै प्रधानमन्त्रीले भने– सरकारी उद्योगमा आशालाग्दा परिणाम देखिन लागेको छ

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर प्रधानमन्त्री बालेन शाहले इमानदार प्रयास, कानुन कार्यान्वयन र टिमवर्कका कारण केही राष्ट्रिय उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको दाबी गरेका हुन्। उनले वर्षौंदेखि बन्द रहेका र घाटामा थलिएका राष्ट्रिय उद्योग फेरि आफ्नै खुट्टामा उभिन सक्लान् कि नसक्लान् भन्ने आशंका र चिन्ता स्वाभाविक रहेको उल्लेख गरेका छन्। नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै सहजीकरण, उत्प्रेरणा र समन्वय गर्दै आएको छ। यही प्रयासका कारण केही उद्योगमा सुधारका परिणाम देखिन थालेको उनको दाबी छ। ‘जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दार...