Tuesday, April 28

राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै
राजनीति, समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
रवि विरुद्धको अभियोग संशोधन गर्ने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश
प्रशासन, राजनीति, समाचार

रवि विरुद्धको अभियोग संशोधन गर्ने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश

नेपालअखबार,काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने वा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेको मुद्दा फिर्ता गर्नु पर्नुको कारण पेस गर्न आदेश दिएको हो। साथै महान्यायाधिवक्ता कार्यालयलाई छलफलका लागि उपस्थित हुन पनि आदेश जारी गरिएको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानूनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको थियो। महान्यायाधिवक्ता सविता...
कांग्रेस विवाद : सुनुवाइ सकियो, आदेश आउन बाँकी
प्रशासन, राजनीति, समाचार

कांग्रेस विवाद : सुनुवाइ सकियो, आदेश आउन बाँकी

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध परेको रिटको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ सकिएको हो । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो । गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर नयाँ नेतृत्व चयन गरेका थिए । यसविरुद्ध विशेष महाधिवेश नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो । आयोगले नवनिर्वाचित टिमलाई नै वैधानिकता दिएको थियो । त्यसपछि देउवा पक्ष सर्वोच्च पुगेको हो ।  विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् । निर्वाचन आयोगले पनि थापा नेतृत्वकै समितिलाई आधिकारिकता प्रदान गरेको छ ।फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा थापाले नै हस्ताक्षर...
शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा
राजनीति, समाचार

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

नेपालअखबार, काठमाडौं । निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। त्यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए।
कांग्रेस विवादसम्बन्धी रिटमा पेसी तोकियो
प्रशासन, राजनीति, समाचार

कांग्रेस विवादसम्बन्धी रिटमा पेसी तोकियो

नेपालअखबार, काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सो रिट आइतबार दर्ता गराएका थिए । रिटको पेसी आइतबारकै लागि तोक्न आग्रह गरिएको भए पनि सर्वोच्च प्रशासनले सम्भव नभएको जानकारी दिएको थियो । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल बाँकी हुँदाहुँदै विधान विपरीत विशेष महाधिवेशन गरेको र निर्वाचन आयोगले हचुवाको भरमा अर्को पक्षलाई आधिकारिकता दिएको भन्दै देउवा पक्ष अदालत पुगेको हो। रिटमा निर्वाचन आयोगको निर्णय बदर गरी साविकको...
आज देशभर उम्मेदवारी दर्ता
राजनीति, समाचार

आज देशभर उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको जनाएको हो । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदव...
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार
राजनीति, समाचार

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो । नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ । अन्य को कहाँबाट उम्मेदवार ?
मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आए :बालेन शाह
राजनीति, समाचार

मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आए :बालेन शाह

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा अधिकार माग्न नभई घुम्न जाने बताएका छन्। उनले सोमबार जनकपुरधाममा मैथिली भाषामै भाषण गर्दै प्रदेश सरकारलाई बलियो बनाउने बताउँदै अधिकारका लागि काठमाडौं धाउनु नपर्ने बताएका हुन्। उनी योसँगै संघीयताको पक्षमा खुलेका छन्। यस्तै उनले आफू मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आएको बताए।...
बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु : अमरेशकुमार सिंह
राजनीति, समाचार

बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु : अमरेशकुमार सिंह

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् । बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने उनको भनाइ छ । ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्‍याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’ बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे ।‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ,’ आक्रामक भाषण गरेका सिंहले भने ।...
नेकपाबाट काठमाडौंका १० उम्मेदवार
राजनीति, समाचार

नेकपाबाट काठमाडौंका १० उम्मेदवार

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंका १० क्षेत्रमै उम्मेदवार टुंगो लगाएको छ। फागुन २१ गते हुने चुनावका लागि नेकपाले प्रत्यक्षतर्फका १० जना उम्मेदवार टुंगो लगाएको हो। घोषित उम्मेदवारमध्ये काठमाडौं-१० का हितमान शाक्य २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट निर्वाचित भएका थिए। उम्मेदवारहरू यस प्रकार छन् — काठमाडौं–१ मेनुका भण्डारी (कृतु) काठमाडौं–२ नितेश पौडेल काठमाडौं–३ निरज लामा काठमाडौं–४ पूर्व इन्द्र भुषाल काठमाडौं–५ कल्पना शर्मा काठमाडौं–६ हिमाल शर्मा काठमाडौं–७ वसन्त मानन्धर काठमाडौं–८ सुमन सायमि काठमाडौं–९ राधाकृष्ण महर्जन काठमाडौं–१० हितमान शाक्य...