Monday, August 17

राजनीति

राष्ट्रपति युनलाई मार्शल लको सुझाव दिने रक्षामन्त्रीले राजीनामा दिने
राजनीति, विश्व, समाचार

राष्ट्रपति युनलाई मार्शल लको सुझाव दिने रक्षामन्त्रीले राजीनामा दिने

नेपालअखबार,सोल । दक्षिण कोरियामा मार्शल ल लगाउने राष्ट्रपति युन सुक–योलको मंगलबार रातिको प्रयास असफल भएपछि विपक्षी दलका सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेस गरेका छन् । यसैबिच त्यहाँका सामाजिक कार्यकर्ताहरूले पनि युनको राजीनामाको माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । युनलाई मार्शल ल लागू गर्न सुझाउने रक्षामनत्री किम योङ–ह्युनले सर्वसाधारणमाझ द्विविधा फैलाएको र तनाव उत्पन्न भएकोमा माफी मागेको रक्षामन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । किमले मार्शल ल र यो लागू भएपछि उत्पन्न अस्थिरता सबैको जिम्मेवारी लिएका छन् । उनले मन्त्री पदबाट पनि राजीनामा दिने बताएका छन् । युनले आफ्नो राजीनामा स्वीकार नगर्दासम्म पदमै बस्ने उनले भनेका छन् । असफल मार्शल लपछि विपक्षी दलहरूले युनमाथि महाभियोगको प्रस्ताव पारित गरेका छन् । महाभियोगमा शुक्रबार वा शनिबार मतदान हुने भएक...
बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
राजनीति, समाचार

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

नेपालअखबार,बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई  परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री ...
राष्ट्रपति पौडेल अस्पताल भर्ना
राजनीति, समाचार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।अस्पताल स्रोतका अनुसार उनलाई भर्ना गरेर शल्यक्रिया सुरु गरिएको छ । पूर्वतयारी भए अनुसार नै आज भर्ना गरेर शल्यक्रियाको प्रक्रिया अघि बढाइएको अस्पताल स्रोतले जनाएको छ ।...
दक्षिण कोरियाका विपक्षी दल नेता जब पर्खाल नाघेर संसद भवन छिरे
राजनीति, विश्व, समाचार

दक्षिण कोरियाका विपक्षी दल नेता जब पर्खाल नाघेर संसद भवन छिरे

नेपालअखबार,काठमाडौँ ।दक्षिण कोरियामा राष्ट्रपति यून सुक योलले इमरजेन्सी मार्सल ल फिर्ता लिएका छन्। मंगलबार साँझ राष्ट्रपति योलले टेलिभिजनबाट सम्बोधन गर्दै जारी गरेको मार्सल ल त्यहाँको संसदले उल्ट्याइदिएको थियो। मार्सल ल जारी गरेपछि संसदले उल्ट्याउन सक्ने आकलन गर्दै राष्ट्रपति योलले संसद भवनमा सेना पठाएका थिए। त्यसका बाबजुद पनि त्यहाँ ३०० सांसदमध्ये १९० सांसद बेलुका नै संसदमा उपस्थित भएर राष्ट्रपतिको निर्णय उल्ट्याएका हुन्। राष्ट्रपतिको निर्णयमा उनकै दलका सांसदहरू विपक्षमा उभिएका थिए। राष्ट्रपतिको निर्णयको विपक्षमा मतदान गर्न दक्षिण कोरियाका विपक्षी दलका नेता ली जे म्युङ पर्खाल नाघेर संसद भवन प्रवेश गरेको भिडिओ भाइरल भएको छ। लीले मार्सल ल घोषणा भएपछि त्यसलाई निष्क्रिय तुल्याउने प्रयोजनका लागि संसद भवन जाँदै गर्दा आफ्नै लाइभ भिडिओ खिचेका थिए। रातको समयमा उनी संसद भवनतर्फ...
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन  दिने
राजनीति, समाचार

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

नेपालअखबार,काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र  चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने  नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए। सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए ।...
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
राजनीति, समाचार

कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह

नेपालअखबार,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज आफूसँग भेट गर्न आएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गरेका हुन्। उनले नेपाली नागरिक विपीन जोशीलगायत अन्य बन्धकको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसासमेत गरेको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले बताए । भेटमा कतारका राजदूत अन्सारीले दुईबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवर्द्धन तथा संरक्षणको पक्षमा रहेको बताए । कतारमा हाल चा...
चीनले ५ अर्ब ६० करोड अनुदान दिने
राजनीति, विश्व, समाचार, स्वास्थ्य

चीनले ५ अर्ब ६० करोड अनुदान दिने

नेपालअखबार,काठमाडौं । चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ । यो सहायताबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु चिनियाँ सहयोगमा बन्ने अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले अनलाइन खबरलाई जानकारी दिए । यसअघि सन् २०१७ मा पनि यस्तै सम्झौता भएर खासगरी उच्च पहाडी र हिमाली क्षेत्रमा चिनियाँ सहयोगमा परियोजनाहरु निर्माण भएका थिए । त्यसैको निरन्तरता स्वरुप यो सम्झौता भएको उनले बताए । त्यस्तै, चीनले नेपाल सरकारलाई बजेटरी सहयोग गर्ने गरी नगद सहयोग सम्बन्धी सम्झौता पनि भएको छ । यो सम्झौताअन्तर्गत कति नगद सहयोग प्राप्त हुने भन्ने चाहिँ खुलेको छैन ...
आज प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता
राजनीति, विदेश, समाचार

आज प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नेछन् । चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने क...
नयाँ वर्षको सुरुमा भारत आउँदै पुटिन
राजनीति, विश्व, समाचार

नयाँ वर्षको सुरुमा भारत आउँदै पुटिन

नेपालअखबार,मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउने भएका छन् । नयाँ वर्षको सुरुमा उनले भारतको भ्रमण गर्नेछन् । तर अहिलेसम्म उनी आउने मिति तय भने भइसकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो पठाएपछि पुटिन भारत आउन लागेको भन्दै रुसले बताएको हो । रुस र युक्रेनबिच युद्ध सुरु भएयता यो पुटिनको पहिलो भारत भ्रमण हुनेछ । त्यसैले पनि पुटिनको यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ । यो वर्ष मोदी दुई पटक रुस गइसकेका छन् । यसअघि उनी जुलाईमा पुटिनलाई भेट्न गएका थिए भने कजानमा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी हुन पनि त्यता गएका थिए ।...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
राजनीति, समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

नेपालअखबार,काठमाडौँ  ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिइएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मंसिर २० गते स्व...