विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले
नेपालअखबार, कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ ।
यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ ।
कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नु भएका नेता आले पछिल्ला केही हप्तादेखि निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनु भएको छ ।
घरदैलो अभियानका क्रममा उहाँले स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिइरहनु भएको उहाँको सचिवालयले जनाएको छ ।
चुनावी अभियानअन्तर्गत नेता आलेले कार्यकर्ता भेटघाट, जनतासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा विभिन्न अन्तरक्र...










