Friday, August 7

राजनीति

भोट मात्रै होइन, पारिवारिक सम्बन्ध जोड्दै नेता आले
राजनीति, समाचार

भोट मात्रै होइन, पारिवारिक सम्बन्ध जोड्दै नेता आले

कैलाली, १७ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले पछिल्लो समय राजनीतिक भेटघाटसँगै सामाजिक तथा पारिवारिक सम्बन्ध विस्तारमा समेत सक्रिय देखिनु भएको छ । जनतासँगको आत्मीय सम्बन्धलाई प्राथमिकतामा राख्दै उहाँ कैलाली जिल्लाका विभिन्न स्थानमा पुगेर आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आउनु भएको छ ।   जेन–जी युवादेखि ज्येष्ठ नागरिकसम्म माझ लोकप्रिय छवि बनाउन सफल नेता आले हाल कैलाली निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतका गाउँ–बस्ती तथा टोलटोलमा पुगेर जनताको सुख–दुःख बुझ्ने, उनीहरूका समस्या सुन्ने र सम्भव भएसम्म समाधानका लागि पहल गर्ने कार्यमा व्यस्त रहनु भएको छ । उहाँको यो सक्रियताले स्थानीय बासिन्दामा सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ ।   कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पूर्वमन्त्री आले...
अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् : प्रधानमन्त्री कार्की

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । साथै उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री कार्कीले शहीद दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।’ नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबैप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनु...
हर्ककाे “पास्टर डिलिट” अभियानले ३०औँ लाख क्रिस्चियनहरु उपेक्षित, मत फेर्दै इसाईहरु
राजनीति, समाचार

हर्ककाे “पास्टर डिलिट” अभियानले ३०औँ लाख क्रिस्चियनहरु उपेक्षित, मत फेर्दै इसाईहरु

दिपेश श्रेष्ठ, कामाडौं । संविधानमा लेखिएकाे धर्मनिरपेक्षकाे उपहास गर्दै नेपालका विभिन्न राजनिति दल र तिनका जिम्मेवार नेताहरुले अल्पसंख्यक धार्मिक समुदाय माथि खुलमखुल्ला धावा बाेल्न थालेका छन्। केही समय यता हर्क साम्पाङ्गलाई पास्टर शब्द Delete गरेँ भनी अल्पसंख्यक क्रिस्चियन धर्मका सम्मानित पदलाई बदनाम हुने साथै इसाई समुदायको धर्मगुरुको अपमान गर्दै मन्दिर पसाउने ढोगाउने क्रियाकलाप देखिन थालेका छन । धरान उपमहानगरका पूर्व प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ्ग क्रिश्चियन हैन , पास्टर हैन भन्ने कुरा सारा नेपालीलाई अवगत नै भएको कुरा हो तर, हर्कको अहिलेको गतिविधिले लाखौ लाख इसाई समुदायको मतदाताहरुले गम्भीर रूपमा लिएका बताएका छन । हर्क साम्पाङ्ग हिन्दुकरणको विषयलाई किरात , बुद्दिस्ट, मुसलीम र इसाई समुदायले गम्भीरताका साथ लिएका बताएका छन । भोट आउने धार्मिक समुद...
आज बझाङ, बाजुरा र अछाममा बालेन शाहको घण्टी अभिवादन कार्यक्रम
राजनीति, समाचार

आज बझाङ, बाजुरा र अछाममा बालेन शाहको घण्टी अभिवादन कार्यक्रम

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुने भएका छन् । पार्टीका अनुसार बालेनको कार्यक्रम बिहीबार बझाङ, बाजुरा र अछाम जिल्लामा तय गरिएको हो । कार्यक्रमअन्तर्गत उनले स्थानीय नागरिकसँग भेटघाट गर्ने तथा पार्टीको ‘घण्टी’ चुनाव चिह्नमार्फत अभिवादन गर्नेछन् । कार्यक्रम तालिकाअनुसार बिहान ७ः३० बजे बझाङको चैनपुरबाट जनसम्पर्क कार्यक्रम सुरु भएको छ । त्यसपछि बिहान ११ः३० बजे बाजुराको मार्तडीमा कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी दिउँसो १२ः१५ बजे अछामको साँफेबगर र दिउँसो २ः१५ बजे मंगलसेनमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम हुनेछ । पार्टीले जनसम्पर्क कार्यक्रममार्फत संगठन विस्तार, स्थानीय समस्या बुझ्ने र आगामी राजनीतिक रणनीतिबारे कार्यकर्ता तथा ...
हिन्द महासागरबाट इरानतर्फ अघि बढ्यो अमेरिकी लडाकू विमानबाहक युद्धपोत
राजनीति, विश्व, समाचार

हिन्द महासागरबाट इरानतर्फ अघि बढ्यो अमेरिकी लडाकू विमानबाहक युद्धपोत

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा यसअघिको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर परमाणु कार्यक्रमबारे इरान वार्ताको टेबुलमा नआए अघिल्लो वर्षको जुन महिनामा भएको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका हुन्। 'इरान छिट्टै वार्ताको टेबुलमा आएर परमाणु सम्झौता गर्छ भन्नेमा आशावादी छौं। समय घर्किसकेको छ। सम्झौता नभए उसले पहिलेको भन्दा धेरै विनाशकारी आक्रमणको सामना गर्नुपर्नेछ,' ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार ट्रम्पले अमेरिकी नौसेनाको एउटा ठूलो विमानबाहक युद्धपोत 'युएसएस अब्राहम लिंकन' इरानतर्फ पठाइसकेका छन्। यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप सोमबार हिन्द महासागरमा प्रवेश गरिसकेको र इरानको नजिक सरिरहेको भनेर सिएनएनल...
संसद् भवनभित्र सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली
राजनीति, विचार, समाचार

संसद् भवनभित्र सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा गत भदौमा भएको जेनजी आन्दोलनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको  हमला मान्ने उनले बताए । उनले भने,'त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए? यदि संसद् भवन जलेको भए? के त्यतिबेला पनि ज्यान जाने थिएन? विस्फोटक सामग्रीसहित आएका उनीहरू त्यसै फर्किन्थे ?' उनले आफ्नो राजीनामापछि नै सिंहदरबार,राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाइएको समेत बताए ।...
कांग्रेसले २१ माघदेखि निर्वाचन लक्षित ‘विशेष रणनीति’ लागू गर्दै
राजनीति, समाचार

कांग्रेसले २१ माघदेखि निर्वाचन लक्षित ‘विशेष रणनीति’ लागू गर्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर २१ माघबाट ‘विशेष रणनीति’ लागू गर्दैछ । जसअनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् । कांग्रेसको ‘निर्वाचन परिचालन निर्देशिका’ मा ‘विशेष रणनीति’बारे उल्लेख गरिएको छ । निर्देशिकामा चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ । शर्माको संयोजकत्वमा रहेको चुनाव परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गर्दैछ । केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा उपसभापति शर्माले ‘विशेष रणनीति’ बारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ । चुनाव परिचालन समितिले आज (बुधबार) गण्डकी प्रदेशको छलफल गर्दै छ । मंगलबार कर्णाली र सुदूरपश्चिमको छलफल सकिएको थियो । ...
पोखरा इन्जिनियरिङ कलेजमा नवौँ संस्करणको प्राविधिक प्रदर्शनी बुधबार देखि हुने
राजनीति, समाचार

पोखरा इन्जिनियरिङ कलेजमा नवौँ संस्करणको प्राविधिक प्रदर्शनी बुधबार देखि हुने

नेपालअखबार,पोखरा  । पोखरा इन्जिनियरिङ कलेजले पेक इन्जिनियरिङ्ग प्रदर्शनी -२०८२ आयोजना गर्ने भएको छ। कलेज परिसरमै हुने नवौँ संस्करणको  प्राविधिक प्रदर्शनी यही माघ १४ र १५ गते हुन लागेको हो। इन्जिनियरिङ विषयमा प्रि–डिप्लोमा, डिप्लोमा, स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्ट वर्क तथा प्रविधिहरूको प्रदर्शनी एक्स्पोमा गरिने आयोजकले जनाएको छ। विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्ने, विद्यार्थीको प्राविधिक ज्ञानलाई सबै सामु प्रस्तुत गर्न  र विकास भएका प्रविधिको व्यावहारिक उपयोग विस्तार गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिनुभयो । गुरुङले भन्नुभयो,"प्राविधिक ज्ञान लिईसकेपछि इनोभेटिभ गर्न सक्ने हुनुपर्छ भनेर एक्स्पो आयोजना गर्ने गरेका छौँ।" यस वर्षको प्रदर्शनीमा प्राविधिक प्रदर्शनी, अन्तर–कलेज ह्याकाथन प्र...
अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको प्रतिबद्धता
राजनीति, विश्व, समाचार

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको प्रतिबद्धता

नेपालअखबार,काठमाडाैँ । केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त राज्य अमेरिकाको बारम्बार धम्कीको परिप्रेक्ष्यमा चीनले मङ्गलबार क्युबालाई ‘समर्थन र सहयोग’ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बेइजिङ र हवाना लामो समयदेखि समाजवादी साझेदार रहेका छन् । चिनियाँ अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले दशकौँदेखि टापुमा लगाएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरूको लगातार विरोध गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना क्युबालाई ‘पतनका लागि तयार’ हुने चेतावनी दिँदा तनाव थपिएको थियो । ट्रम्पले हवानालाई ‘सम्झौता गर्न’ वा भेनेजुएलाजस्तो मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए । भेनेजुएलाको सन्दर्भमा जनवरी ३ मा अमेरिकी बम आक्रमणमा मदुरो पक्राउ पर्नुभएको थियो र दर्जनौँ मानिसको मृत्यु भएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मङ्गलब...
कुलमान भन्छन् पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं
राजनीति, समाचार

कुलमान भन्छन् पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं

नेपालअखबार,काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिह्न कुनै पनि दलसँग विलय हुन नदिइने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताउएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताए । रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उनले अहिले तन्दुरुस्त भएर निस्किएको बताए । उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन समेत अपिल गरे । उनले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरू तडकभडकमा लाग्नु दुःखद् भएको बताए । घिसिङले भने, ‘पार्टी गठन भएको ३ मह...