शहरबजारका जनताकाे लागि मात्र हाेइन सिंहदरवार : खानेपानी मन्त्री खान
नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानी साथै सरसफाइ जनताकाे जिवनसंग जाेडिएका विषय भएकाले कुनै लापरवाही हुन नदिने बताएका छन् । शहरबजारका जनताकाे लागि मात्र हाेइन सिंहदरवार गाँउवस्ति सम्म पुग्ने याेजना रहेकाे मन्त्री खानले जानकारी दिए । खानेपानी मन्त्री खानले ७५३ पालिकालाई पत्राचार गरिएकाे जान्कारी दिए ।
नेपाली जनताकाे वास्तिवक रूपमा खानेपानी तथा सरसफाइमा कस्ताे अवस्था रहेकाे छ जानकारी लिन स्थानीय निकायसंग सहकार्य गर्न लागेकाे बताएका छन् । मेराे पहिलाे प्राथमिकता नेपाली जनताकाे घरदैलाेमा शुद्धखानेपानी साथै सरसफाइका विविध याेजनाहरू पुगेका छन् कि नाइ साे विषायकाे जानकारी लिएर अघि बढ्ने बताए ।
मन्त्री खानले भने नेपाल सरकारले लिएको एक घर एक धाराको नीति, दिगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्यहरूको यथार्थ चित्रण तथा लक्ष्य पूरा गर्न अवलम्बन गर्नुपर्ने योजना ख...










