Wednesday, July 22

राजनीति

मिडिया विधेयक तत्काल अगाडि बढाउँछौं : सञ्चारमन्त्री शर्मा
राजनीति, समाचार

मिडिया विधेयक तत्काल अगाडि बढाउँछौं : सञ्चारमन्त्री शर्मा

नेपालअखबार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेश गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छिन् । सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसदमा पेश गर्न बाँकी मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएकी हुन् । उनले भनिन्, ‘आमसञ्चार क्षेत्रका विज्ञहरुको समेत सुझाव लिएर सरकारलाई मिडिया विधेयकका बारेमा तत्काल सल्लाह सुझाव दिन आग्रह गर्दछु । सरकारले संसदमा पेस भएर बसेको मिडिया विधेयकहरु अगाडि बढाउने कार्ययोजना बनाएर अगाडि बढ्ने तयारीमा छौं । मिडिया र आम सञ्चारको क्षेत्रलाई आवश्यक ऐन कानून र अन्य काम गर्दा सरकार र सरोकारवाला निकायहरु सहकार्यमा अगाडि बढ्न सरकार तयार रहेको छ ।’ उनले त्यसको लागि तत्काल सरोकारवाला निकायहरुले आवश्यक स...
१४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकियो एकीकृत समाजवादीको ५ औ केन्द्रीय बैठक
राजनीति, समाचार

१४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकियो एकीकृत समाजवादीको ५ औ केन्द्रीय बैठक

नेपालअखबार, ललितपुर ।  नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) को पाँचौ केन्द्रीय कमिटीको बैठक सकिएको छ । शनिवार र आइतबार ललितपुरको बालकुमारीमा चलेको केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले १४ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको छ । यस्ता छन् पारित प्रस्तावहरू  नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) केन्द्रिय कमिटीको पाँचौँ बैठक ( २०७९ माघ २१-२२ ) बाट पारित समसामयिक प्रस्तावहरू १. नेपाली किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाएर कृषि उत्पादनलाई सडकमा फाल्नुपर्ने स्थिति सिर्जना भएको अवस्थाप्रति यो बैठक गम्भीर भएको छ । कृषि उत्पादनको बजारको उचित व्यवस्था गर्न, विदेशी कृषि बस्तुको आयातमा नियमन गर्न र पीडित किसानलाई राहत दिन यो बैठक सरकार समक्ष माग गर्दछ । २. आर्थिक अभाव, बेरोजगारी, चर्को व्याज असुली, मिटर ब्याजी ऋण, दलाल र विचौलियाको ठगी, वैदेशिक रोजगारीमा उत्पन्न ...
प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल सुरु
राजनीति, समाचार

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल सुरु

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल सुरु भएको छ । केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
आज राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल  निर्विरोध चयन हुँदै
राजनीति, समाचार

आज राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध चयन हुँदै

नेपालअखबार, काठमाडाैं । आज राष्ट्रिय सभाले उपाध्यक्ष पाउँदैछ। मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उपाध्यक्ष बनाउने भएको छ। उपाध्यक्षमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुनेछिन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो। राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ प्रस्तावक छन् भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्। आजको बैठकको सम्भावित कार्यसूचीअनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका श्रेष्ठले ‘अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उक्त प्रस्तावको सांसद देवेन्द्र पौडेल र खिमलाल देवकोटाले समर्थन...
प्रमुख सचेतकहरुसँग छलफल गर्दै प्रधानमन्त्री
राजनीति, समाचार

प्रमुख सचेतकहरुसँग छलफल गर्दै प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुनेछ ।प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
नेकपा एसले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने
राजनीति, समाचार

नेकपा एसले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘संगठन सुदृढिकरणका लागि अबको जेठ महिनासम्मका लागि स्थानीय कमिटीहरुलाई एउटा कार्ययोजना दिएर पठाएका छौं । फागुनमा जिल्लाले त्यो भन्दा अगाडि स्थानीय कमिटीहरुले गर्दै जेठसम्ममा पुग्दा कमिटी पुनर्गठनका काम सम्पन्न गर्नेछन् । र आउँदो फागुन महिनाभित्र राष्ट्रिय महाधिवेृशन गर्छौं । हाम्रो ध्यान त्यतातिर हुनेछ ।’  ...
माघ २७ मा संघीय संसदको संयुक्त बैठक : राष्ट्रपतिले सम्बोधन गर्ने
राजनीति, समाचार

माघ २७ मा संघीय संसदको संयुक्त बैठक : राष्ट्रपतिले सम्बोधन गर्ने

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सो विषयमा जानकारी गराएका छन् । उक्त दिन संघीय संसद दुवै सदनका सांसदहरूलाई २ः४५ बजे नै सभामा निर्धारित पोशाकमा उपस्थित हुन सभामुखले आग्रह गरे ।...
सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपालका सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताएका छन् । आइतबार बेलुका विभिन्न देशका कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए । फेब्रुअरी १ देखि ५ गतेसम्म विभिन्न देशका कम्युनिस्ट, क्रान्तिकारी, वामपन्थी र समाजवादी पार्टीका प्रतिनिधिहरूको नेपालमा भएको अन्तर्राष्ट्रिय जनसभापछि उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएकोमा जोड दिँदै जनताका प्रतिनिधिहर...
चित्रबहादुर केसीले भने :ओलीको सम्बोधन सुनेपछि, प्रधानमन्त्री उहाँ नै हो जस्तो लाग्यो
राजनीति, समाचार

चित्रबहादुर केसीले भने :ओलीको सम्बोधन सुनेपछि, प्रधानमन्त्री उहाँ नै हो जस्तो लाग्यो

नेपालअखबार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन सुन्दा उनी नै प्रधानमन्त्री भएको भान परेको बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ओलीका सबै भनाइहरु सुन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभई ओली नै हो भन्ने भान परेको बताएका हुन् । ‘मैले के निष्कर्ष निकालेको छु भने अहिलेका प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल होइन, उहाँ नै हो । उहाँलाई चिन्ता पुष्पकमलले सहमतिमा जानुपर्छ भन्दा २६ गते नै आतंकित हुनुभएको छ । अहिले उहाँले गरेका कुरा गणतन्त्र र २०६२/६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक छ’ उनले भने । एमाले अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगत सरकारको आलोचना गर्दै अहिलेको सरकारले गर्ने काम भन्दै विभिन्न योजना सुनाएका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पुस २६...
बाराबाट निर्वाचित स्वतन्त्र सांसद जसपामा प्रवेश
राजनीति, समाचार

बाराबाट निर्वाचित स्वतन्त्र सांसद जसपामा प्रवेश

नेपालअखबार, काठमाडौँ । प्रदेश सभाको चुनावमा जनता समाजवादी पार्टी नेपालबाट बागी उम्मेदवार बनेर चुनाव जितेका शारदाशंकर प्रसाद कलवार पुनः पार्टीमा फर्केका छन् । बारा २ (क) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य कलवार आइतवार जसपामा फर्केका हुन् । उनले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए । मधेश प्रदेशका अर्थ तथा योजना मन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् । यससँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ ।...