एकीकृत यातायात मजदुर संगठनद्वारा अधिकार सम्पन्न यातायात आयोग गठनको माग
नेपालअखबार, काठमाडौं ।एकीकृत यातायात मजदुर संगठन नेपालको चौथो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले सरकार समक्ष सार्वजनिक यातायातलाई प्रभावकारी संचालन परिचालन व्यवस्थापन , यात्रुहरूलाई गुणस्तरीय सेवा , श्रम कानुनको पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सरोकारवाला सम्मिलित अधिकार सम्पन्न यातायात आयोग गठन लगायत एघार बुदे मागपत्र पेश गर्ने निर्णय गरेको छ।
राज्यको अव्यावहारिक २० वर्षे नीति र ट्राफिक प्रहरीले चालकको लाइसेन्स निलम्बन गरि यातायात मजदुरलाई आतंकित पार्ने र विदेशिन बाध्य पार्ने कार्यको घोर भत्सर्ना गरेको छ । ट्राफिक प्रहरीको ज्यादती बिरूद्ध स्वरोजगार यातायात मजदुर संगठन र सरोकारवाला पक्ष सहित बृहत छलफल गरि आन्दोलन गर्ने समेत बैठकले निर्णय गरेको एकीकृत यातायात मजदुर संगठन नेपालका अध्यक्ष रबि के.सी.ले बताउनु भयो ।
संयुक्त यातायात प्रालि द्वारा सञ्चालित सवारीसाधन...










