एकीकृत समाजवादी तनहुँ-काठमाडौं सम्पर्क मञ्च पुनर्गठन
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको तनहुँ–काठमाडौँ सम्पर्क मञ्च पुनर्गठन भएको छ । तनहुँ–काठमाडौँ सम्पर्क मञ्चको भेलाले रामहरि पाण्डेको अध्यक्षतामा मञ्च पुनर्गठन भएको हो ।
मञ्चको उपाध्यक्षमा संघर्ष पोखरेल, सचिव दुर्गा नेपाली र उपसचिवहरू सरस्वती पोखरेल, भुवन श्रेष्ठ र कोषाध्यक्ष अब्बास अलि रहेका छन् । यस्तै, मञ्चका सदस्यहरूमा लक्ष्मी पौडेल पोखरेल, लक्ष्मीभक्त भट्टराई, समिधा रानाभाट, अनमोल पौडेल, श्रीजना थापासहित १५ सदस्यीय कमिटी निर्माण भएको छ ।
आइतबार भएको बिस्तारित बैठक एवं भेलाको प्रमुख अतिथि पार्टी पोलिट्ब्युरो सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटी इन्चार्ज विजय गुरुङको उपस्थितिमा भएको भेलामा सम्पर्क मञ्च पुनर्गठन गरिएको हो ।
यस्तै, पार्टी केन्द्रिय कमिटी सदस्य एवं गण्डकी प्रदेश सम्पर्क कमिटी इन्चार्ज शंकर पोखरेल, नेपाल बुद्धिजीवी परिषद (समाजवादी)का वरिष्ठ उपाध्यक्ष सि...










