सञ्चार मन्त्री शर्माको राजनीतिक यात्रा : जेल जीवनदेखि सञ्चार मन्त्रीसम्म
नेपालअखबार, रुपन्देही । नेपाली राजनीतिमा महिला सशक्तीकरणको आवाज बुलन्द गर्दै अहिले नेपाल सरकारको सञ्चार मन्त्री बन्न सफल एक नेतृको नाम हो रेखा शर्मा । दाङ जिल्लाको घोराहीमा ९ असोज २०२६ सालमा जन्मेकी नेतृ रेखा शर्माले वि.सं. २०४३ सालतिर राजनीतिक जीवनको प्रारम्भ गरेकी हुन् ।
नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य समेत रहेकी मन्त्री शर्मा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं। २ बाट नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई पराजित गर्दै तेस्रो पटक संसद् छिरेकी हुन् । अनेकौँ राजनीतिक उतारचढाव झेल्दै नेपाली राजनीतिमा महत्त्वपूर्ण स्थान ओगट्न सफल नेतृ शर्माले महिला सशक्तीकरणको अभियानमा पनि उलेख्य भूमिका खेलेकी छन् ।
१८ वर्षको उमेरमै दाङ जिल्लामा अखिल क्रान्तिकारीको उपाध्यक्ष बनेकी शर्मा २२ वर्षको उमेरमा, वि.सं. २०४८ सालमा अखिल नेपाल महिला सङ्घ दाङको अध्यक्ष बनिन् । २४ वर्षको...







