Thursday, May 7

राजनीति

डोटीको विकास गर्नु नै मेरो मुख्य प्राथमिकता हो : निर्वतमान मन्त्री आले
राजनीति, समाचार

डोटीको विकास गर्नु नै मेरो मुख्य प्राथमिकता हो : निर्वतमान मन्त्री आले

विमल विष्ट, डोटी। नेकपा  एकीकृत समाजवादीका नेता तथा निर्वतमानमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले समग्र डोटी जिल्लाको विकास गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । आज सोमवार डोटीको सायल गाउँपालिकामा आयोजित मतदाता भेटघाटका क्रममा नेता आलेले नागरिकका लागि विकास अहिलेको आवश्यकता भएकाले आफ्नो मुख्य प्राथमिकता पनि समग्र डोटीको विकास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘डोटीको विकासका लागि म राजनितीमा होमिएको छु, मैले जति सक्छु डोटीको विकास गर्छु ।’ भेटघाटकै क्रममा नेता आलेले राजनीतिसँगै डोटी सहित समग्र देशको विकासलाई अगाडि बढाउने जिकिर गर्नुभयो । ‘जनतालाई अहिले चाहिएको विकास हो, म विकासका लागि प्रतिबद्ध छु’ उहाँले थप भन्नुभयो ‘वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, विकास गर्ने मेरो जिम्मा ।’ सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दा...
एकीकृत समाजवादीको घोषणापत्र- ‘जातीय मुक्तिका लागि सांस्कृतिक रुपान्तरण, वर्गीय मुक्तिका लागि समाजवाद’
राजनीति, समाचार

एकीकृत समाजवादीको घोषणापत्र- ‘जातीय मुक्तिका लागि सांस्कृतिक रुपान्तरण, वर्गीय मुक्तिका लागि समाजवाद’

नेपालअखबार, काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले जातीय छुवाछुत मेटाउन पहल गर्नेलाई पुरस्कृत गर्नुपर्नेदेखि अन्तरजातीय विवाह गर्ने जोडीको सुरक्षासहित प्रोत्साहन भत्ता दिनुपर्नेमा जोड दिएको छ । सोमबार घोषणापत्र सार्वजनिक गर्दै  नेकपा एकीकृत समाजवादीले ‘जातीय छुवाछुत मेटाऔँ  मानव मर्यादा कायम गरौ’ भन्ने नारासहित चुनावी घोषणापत्रमा जातीय छुवाछुतको मुद्धा पनि समावेश गरेको छ  । मानिस मानिसबिच छुवाछुतको व्यवहार गर्नु मानव मर्यादाविपरीतको कार्य भएको र यो एक जघन्य अपराध पनि भएको भन्दै यसको अन्त्य हुनैपर्नेमा उसले जोड दिएको छ । दलित समुदायको वर्गीय आधारको सूचकाङ्क निर्माण गर्दै परिचयपत्रको व्यवस्था गरी राजनीतिक, आर्थिक र सामाजिक विकासका लािग आगामी दशकलाई दलित अधिकार दशक घोषणा गरी संविधान कार्यान्वयनमा जोड दिइने उल्लेख गरेको छ । समाजमा रहेको जातीय भेदभाव र छुवाछुत मेटाउनका लािग विविध रचनात्म...
नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक  ( पूर्णपाठ )
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक ( पूर्णपाठ )

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको  घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार दिउँसो १ वजे पार्टी  केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाल लगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ । घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’ अहिलेको निर्वा...
एकीकृत समाजवादीको घोषणापत्रः यस्ता छन् ८ नीतिगत प्रतिबद्धता
राजनीति, समाचार

एकीकृत समाजवादीको घोषणापत्रः यस्ता छन् ८ नीतिगत प्रतिबद्धता

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले घोषणापत्रमार्फत ८ वटा नीतिगत प्रतिवद्धताहरू सार्वजनिक गरेको छ । प्राप्त उपलब्धिको रक्षा र विस्तार, लोकतन्त्रको सुदृढीकरण र विकास, निर्वाचन प्रणालीमा सुधार, सुशासन र पारदर्शिता, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड, आर्थिक–सामाजिक रूपान्तरण  समाजवादका आधार निर्माण, राष्ट्रिय हित र स्वाभिमानको संवद्र्धन र योजना प्रणालीमा आमूल परिवर्तन गरी ८ वटा विषयमा नीतिगत प्रतिवद्धता जनाएको हो । एकीकृत समाजवादीले घोषणापत्रमार्फत जनाएको ८ प्रतिवद्धता (पूर्णपाठ)  हाम्रा मुख्य नीतिगत प्रतिवद्धताहरू आदरणीय जनसमुदाय, अब हामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९ का सन्दर्भमा आफ्ना मुख्य नीतिगत प्रतिबद्धताहरू उल्लेख गर्न चाहन्छौँ । हामी यिनै नीतिगत प...
दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने माओवादीको घोषणा
राजनीति, समाचार

दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने माओवादीको घोषणा

नेपालअखबार, काठमाडौं। नेकपा माओवादी केन्द्रले अति दुर्गम र कर्णालीका जिल्लामा दुई जिल्ला बराबर एक हेलिकप्टरको व्यवस्था गरी एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार सार्वजानिक घोषणापत्रमा दुर्गम क्षेत्रका गर्भवती महिला र सुत्केरीले समयमा उपचार नपाउँदा अल्पआयुमै हुने मृत्युलाई रोकथाम गर्न लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । ‘गाउँ–गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवाद’ भन्ने मुल नाराका साथ माओवादी केन्द्रले विभिन्न १५ बुँदे प्रतिबद्धता जनाएको छ । हरेक पालिकामा आधारभूत अस्पतालहरूको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यकस्वास्थ्य उपकरणको व्यवस्था गरिने र प्रदेशस्तरमा ठुलो क्षमताका विशिष्टीकृत सेवाका अस्पतालहरू निर्माण र सञ्चालनमा जोड दिइने घोषणापत्रमा उल्लेख छ । त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर बृद्धि र विशिष्टिकृत स्वास्थ्य सेवाको उपलव्ध...
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।सचिव प्रेम केसीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिए ।
विकाश र समृद्धि नै हाम्रो मुख्य एजेण्डा : श्रीनाथ बराल
राजनीति, समाचार

विकाश र समृद्धि नै हाम्रो मुख्य एजेण्डा : श्रीनाथ बराल

नेपालअखबार, पोखरा  । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसिरमा हुने धारणा राखे । ‘मुल उद्देश्य भनेकै विकास र समृद्धि हाँसिल गर्ने हो । यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो । त्यो संकल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात तपाई आमा बुवा, दाजुभाई दिदिबहिनीले ४ मंसिरमा मतदान मार्फत गर्नुहुनेछ र हामीले त्यसलाई तपाईका प्रतिनिधिको रुपमा हरेक दृष्टिकोणले पुरा गर्न लाग्ने छौं’ उनले भने । बरालले पोखरालाई पर्यटकीय राजधानी घोषण...
दार्चुला घटनामा नेपालले पठायो भारतलाई ‘कूटनीतिक नोट’
राजनीति, समाचार

दार्चुला घटनामा नेपालले पठायो भारतलाई ‘कूटनीतिक नोट’

नेपालअखबार, काठमाडाैं । भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् । गृह मन्त्रालयले शनिबार सो घटनाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो । यही कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा करिब १० वर्षका पवनको टाउकोमा ढुङ्गा लाग...
यसकारण फेरि कोइरालाको उम्मेदवारी
राजनीति, समाचार

यसकारण फेरि कोइरालाको उम्मेदवारी

नेपालअखबार, पोखरा। फुट ट्र्याक बनेपछि फेवातालको मुहार नै फेरियो । ठेलमठेल हिँड्ने पर्यटक, लस्करै बनेका रेस्टुरेन्ट, झिलिमिलि बत्तीले फेवाताल किनारलाई गुल्जार बनायो । त्यतिञ्जेलसम्म उत्तिकै सम्भावना बोकेको बेगनासतालमा भने फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे । ताल किनार सुनसानप्राय देखिन्थ्यो । अहिले बेगनासताल किनारमा पनि फुट ट्र्याक बनेपछि भने पर्यटकको चाप बढेको छ । संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा कास्की निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित दीपक कोइरालाकै योजनामा फुट ट्र्याक बनेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तत्कालीन सांसद कोइरालाले बेगनास ताल सौन्दर्यीकरणका लागि बजेट बिनियोजन गरेका थिए । बेगनास ताल बाँध पुनर्निर्माणसँगै फुट ट्र्याक बनाइएको छ । फुट ट्र्याकमा बत्तीको झिलिमिलि देखिन्छ । बस्ने कुर्सी राखिएका छन् । रेलिङ हालिएको छ । विहानै व्यायाम गर्न आउने वय...
जनताको समस्या बुझ्दै भोट माग्दै विकास
राजनीति, समाचार

जनताको समस्या बुझ्दै भोट माग्दै विकास

नेपालअखबार, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं १ का विकास सिग्देलले आग्रह संग आर्शिवाद लिदै चुनावी प्रचार प्रसारका कार्याक्रम सुरु अघि बढाएका छन् । व्यास नगरपालिका १ तनहुँमा प्रचार प्रसारको कार्याक्रममा उनले उक्त वडाका बृद्धसंग आर्शिवाद लिएर चुनावी प्रचारमा हिडेका बताएका छन् । चुनावी अभियानलाई तिव्रता दिँदै गर्दा उनलेलाई धेरैले स्वागत गर्दै आर्शिवाद संगै भोटको आश्वासन दिएका छन् । व्यास १ को भादगाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो अभियानमा स्थानीयले रास्वपालाई नै मत दिने बताएका छन् । चुनावी प्रचारलाई तिव्रता दिने क्रममा स्थानीयले खुसी हुँदै विकासलाई जिताउने बताएका हुन् । सिग्देलले स्थानियको समस्या आफुले पुरा गर्ने वाचा गरेका छन् । साथै प्रचार प्रसार अभियानलाई तिव्रता दिदै लगातर अन्य वडामा पनि जाने सिग्देलले जानकारी दिए ।...