Wednesday, May 6

राजनीति

एकीकृत समाजवादीको घोषणापत्र : कृषि उत्पादन वृद्धि गर्न पूर्व–पश्चिम महानहर निर्माणमा जोड
राजनीति, समाचार

एकीकृत समाजवादीको घोषणापत्र : कृषि उत्पादन वृद्धि गर्न पूर्व–पश्चिम महानहर निर्माणमा जोड

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । महासचिव डा. बेदुराम भुसालले सोमबार अपराह्न चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए । ‘घोषणापत्र छाप्न प्रेसलाई दिएका छौँ, प्रेसले समयमै दियो भने सोमबार अपराह्न सार्वजनिक गर्ने तयारी छ’, महासचिव भुसालले  भने,‘घोषणापत्र दुई भागमा विभाजित छ । पहिलो नीतिगत प्रतिबद्धता र दोस्रो कार्यक्रमका योजना रहेका छन् ।’ सो पार्टीको घोषणापत्र मस्यौदा समितिमा रहेका एक सदस्यका अनुसार नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । ‘संविधान र व्यवस्थाको रक्षाका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयलाई नीतिगत प्रतिबद्धतामा राखिएको छ’, ती नेताले भने, ‘अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प ख...
विपन्नका लागि रासन कार्ड व्यवस्था गर्नेछु ः बोधराज
राजनीति, समाचार

विपन्नका लागि रासन कार्ड व्यवस्था गर्नेछु ः बोधराज

नेपालअखबार, । प्रतिनिधि सभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले उक्त कुरा बताएका हुन् । चुनावी अभियानमा जुटेका उनले स्याङजा क्षेत्र १ को विकासका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताए । ‘स्थानीय निकायहरुसँग समन्वय गरी अति विपन्न वर्गका लागि रासन कार्डको व्यवस्था गर्न पहल गर्नेछु’ उनले भने,‘हामीले सद्यैँ सुन्दै आएका हौँ गरिबी निवारण हुन्छ भन्दै तर अहिलेसम्म खै कहाँ के भयो ? सद्यैँ हामीलाई झुटा आश्वासन मात्रै बाडियो त्यहि कारण म यहाँबाट उम्मेदवार बनेको हुँ ।’ उनले २०४७ सालदेखि पछाडी उच्च पदमा रहेका राजनीतिज्ञ र उच्च पदमा रहेका कर्मचारीको सम्पत्ति छानविन गरी कारवाही गर्न विशेष पहल गर्ने समेत बताए ।...
छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ: प्रधानमन्त्री
राजनीति, समाचार

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ: प्रधानमन्त्री

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई, मधेसलगायत विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्। यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको प्रधानमन्त्री देउवाको भनाइ छ। छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो । नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न गरिन्छ। प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्द्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गरेका छन्। तराई, मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्...
एमाले गण्डकी प्रदेशको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
राजनीति, समाचार

एमाले गण्डकी प्रदेशको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

नेपालअखबार, पाेखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गण्डकी प्रदेशले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार एक रेष्टुरेन्टमा प्रदेश कमिटीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छ । सुशासन, समृद्धि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार  भन्ने नाराका साथ एमाले गण्डकीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हो ।...
परिणाम बदलिरहने कास्की १ मा निर्वाचन रोचक बन्दै
राजनीति, समाचार

परिणाम बदलिरहने कास्की १ मा निर्वाचन रोचक बन्दै

नेपालअखबार, पाेखरा । कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ ।  विगतका निर्वाचन हेर्दा परिणाम बदलिइरहेको यस क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा नतीजा आफ्नो पक्षमा पार्ने लक्ष्य साथ उम्मेदवार चुनावी अभियानमा जुटेका छन् । यसअघिको आमनिर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भएकोमा बाम गठबन्धनले विजय हासिल गरेको थियो । अहिले भने उक्त समीकरण फेरिएर कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका पाँच राजनीतिक दलको गठबन्धन एकातर्फ छ भने नेकपा एमाले, अन्य दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चुनावी परिणामलाई आफ्ना पक्षमा पार्न यतिखेर उम्मेदवार गाउँ पसिसकेका छन् । गाउँ बस्तीमा यतिखेर धान भित्र्याउन सर्वसाधारण लागिरहेका अवस्थामा घरदेखि खेतका खलासम्म उम्मेदवारको सक्रियता बढेको छ । ...
नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक
राजनीति, समाचार

नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

नेपालअखबार, काठमाडाैं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘ संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो । अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षाविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत कांग्रेस नेताहरूले घोषणापत्र लेखेका ह...
प्रभु साहलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने औपचारिक निर्णय
राजनीति, समाचार

प्रभु साहलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने औपचारिक निर्णय

नेपालअखबार, काठमाडाैं ।  सत्ता गठबन्धनले रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री प्रभु साहलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले आइतबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्दै एमालेमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सघाउने औपचारिक जानकारी दिएको हो । साह नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेका थिए । अहिले माओवादीकै उम्मेदवारलाई ब्याक गराइएर उनलाई समर्थन गरिएको हो । सोही निर्वाचन क्षेत्रको प्रदेश क मा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादव साझा उम्मेदवार रहेका छन् भने ख मा कांग्रेसका सुनिल कुमार यादव उम्मेदवार रहेका छन् । यस्तै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल र २ मा उम्मेदवारबिहीन भएपछि गठबन्धनले जनमुक्ति पार्टीका केशव बहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।...
मतदाता भेट्न खेतबारीमै उम्मेदवार
राजनीति, समाचार

मतदाता भेट्न खेतबारीमै उम्मेदवार

नेपालअखबार, कुश्मा । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमाभन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ । त्यसैले उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् । ‘नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न’, धाइरिङकी नवीना आचार्यले भने, ‘हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।’ धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ । ‘अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौं’, नेपाली कांग्रेसका युवानेता याम परियारले भने, ‘अहिले केही गाउँमा...
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता
राजनीति, समाचार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ। मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरूबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए। यस्तै सोमबार बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना गरेको दिवाभोजमा पनि अध्यक्ष तिमिल्सिना सहभागी भए...
प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई
राजनीति, समाचार

प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्। प्रधानमन्त्री देउवाले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन सँगै काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्। बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो। सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुबै भारतीय मूलका हुन्। उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत बसाइ सरेका थिए।।रासस...