Monday, July 13

राजनीति

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे
राजनीति, समाचार

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे

नेपालअखबार, गुल्मी। प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ गुल्मी क्षेत्र नम्बर १ मा ५ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली पछाडि परेका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी २ हजार ४८२ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार ज्ञवाली भने २ हजार २९१ मतसहित दोस्रो स्थानमा छन् । यी दुई उम्मेदवारबीच १९१ मतको अन्तर छ । सो क्षेत्रमा राप्रपाका गणेश पाण्डेले १०१ मत पाएका छन् ।...
झापा-१ बाट विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी
राजनीति, समाचार

झापा-१ बाट विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी

नेपालअखबार, झापा। झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी भएका छन्। कांग्रेसका महामन्त्रीसमेत रहेका शर्मा १४ हजार २ सय ७५ मतान्तरले चुनाव जितेका हुन्। यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेल पराजित भए। खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका छन्। कांग्रेसका शर्माले भने ३९ हजार ६ सय २४ मत ल्याएका छन्। झापा १ मा ८१ हजार ७ सय ६४ मत खसेको थियो।...
देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि
राजनीति, समाचार

देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि

नेपालअखबार,। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । त्यस मध्ये डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने बाजुरामा मत गणना सुरु भएको छैन । मत गणना भइरहका कैलालीका ४ निर्वाचन मध्ये कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ । कैलाली– ४  मा कांग्रेसका वीबहादुर बलायरले एमालेका लेखराज भट्टलाई पछि पारेका छन् । बलायरले १९ हजार १७२ मत ल्याउँदा भट्टले १६ हजार ९०२ मत पाएका छन् । यस्तै कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त पनि अगाडि लागेका छन् । एमालेका नारदमुनी रानालाई ४७४ मतले पछि पारेका हुन् । पन्तले ४ हजार ९३३ मत ल्याउँदा रानाले ४४५७ मत प्राप्त गरे । कञ्चनपुर २ र ३ मा पनि कांग्रेस भारी मतान्तरले अगाडि छ । २ नम्बर क्षेत्रमा कांग्रेसका एन...
डोटी-१ मा प्रेम आले भारी मतसहित अगाडि
राजनीति, समाचार

डोटी-१ मा प्रेम आले भारी मतसहित अगाडि

नेपालअखबार, डोटी । डोटी–१ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार पूर्वमन्त्रीसमेत रहेका आलेले १५ हजार ९४८ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी गौरीकुमारी ओलीले १२ हजार ३५२ मत पाएकी छन् । ओलीभन्दा आले तीन हजार ५९६ मतले अगाडि छन् । यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले २ हजार ५२५ मत पाएका छन् । यहाँ मतणना जारी छ ।...
सर्लाहीबाट प्रदेशसभामा एकीकृत समाजवादीकी वेची निर्वाचित
राजनीति, समाचार, हाइलाइट-समाचार

सर्लाहीबाट प्रदेशसभामा एकीकृत समाजवादीकी वेची निर्वाचित

नेपालअखबार, सर्लाही । मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् । उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् ।स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।...
गोरखाबाट प्रदेशसभामा नेपाल समाजवादीका देवकोटा विजयी
राजनीति, समाचार

गोरखाबाट प्रदेशसभामा नेपाल समाजवादीका देवकोटा विजयी

नेपालअखबार, गोरखा । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् । सत्ता गठबन्धनबाट हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले नेकपा एमालेका राजु रानालाई पराजित गरेका हुन् ।देवकोटाले १२ हजार ४११ मत ल्याउँदा रानाले ५ हजार ४१० मत प्राप्त गरे ।...
कास्की २(१) मा एमालेका कार्की फराकिलो मतान्तरले विजयी
राजनीति, समाचार

कास्की २(१) मा एमालेका कार्की फराकिलो मतान्तरले विजयी

नेपालअखबार, पाेखरा।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । पोखरा सभागृहमा आज विहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार ५३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रत्याशी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याउनुभयो । कार्कीले चार हजार ६३८ मतान्तरले भण्डारीलाई पछि पार्नुभएको हो । नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार ५४० हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका  पदमबहादुर गुरुङले  ४९३, स्वतन्त्र उम्मेदवारहरु  दीपक प्रसाद पौडेल ७२, दुर्गाक...
एकीकृत समाजवादीका शेरबहादुर कुँवर  निर्वाचित
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित

नेपालअखबार, काठमाडौं । एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत पाएका छन् ।...
काठमाडौँ–७ (१)मा एकीकृत समाजवादीका मानन्धर विजयी
राजनीति, समाचार, हाइलाइट-समाचार

काठमाडौँ–७ (१)मा एकीकृत समाजवादीका मानन्धर विजयी

नेपालअखबार, काठमाडाैं । काठमाडौँ ७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले  जानकारी दिइन् । यस्तै नेकपा एमालेका उम्मेदवार जीवन मानन्धरले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गरे  । काठमाडौँ महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त प्रदेशमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । उक्त क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो ।...
बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी
राजनीति, समाचार

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

नेपालअखबार, बागलुङ। बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ। बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गरेका छन्।  थापाले १३ हजार आठ सय ८४ मत ल्याएका छन् भने केसीले १२ हजार चार सय पाँच मत ल्याएका छन्। बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन्। सुवेदीले एमालेका नवराज पौडेललाई छ हजार ७५ मतान्तरले पराजित गरेका छन्। सुवेदीले १३ हजार तीन सय २७ ल्याउँदा पौडेलले सात हजार दुई सय ५२ मत ल्याएका छन्। पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए। उनी कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत थिए। बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन ...