Sunday, July 12

राजनीति

‘द्वन्दकालमा हत्या गरिएका दुई जना घान्द्रुकवासीलाई सहिद घोषणा गर्न पहल गर्र्छु’: दामोदर ‘वैरागी’
राजनीति, समाचार

‘द्वन्दकालमा हत्या गरिएका दुई जना घान्द्रुकवासीलाई सहिद घोषणा गर्न पहल गर्र्छु’: दामोदर ‘वैरागी’

नेपालअखबार, पाेखरा  । कास्की क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार दामोदर पौडेल वैरागीले १० वर्षे सशस्त्र द्वन्दकालमा विद्रोही  पक्षबाट हत्या गरिएका घान्द्रुकका स्थानिय दिलमान गुरुङ र ईश्वर गुरुङलाई सहिद घोषणा गर्न पहल गर्ने प्रतिवद्वता जनाएका छन् । मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रम अन्र्तगत अन्नपुर्ण गाउँपालिका वडा नम्वर १० घान्द्रुकका स्थानियसँगको प्रत्यक्ष भेटमा उनले द्वन्दकालमा विद्रोही पक्षले दिएको घान्द्रुकवासीको चोटमा आफुले मल्हम लगाउने प्रतिवद्वता जनाएका हुन् । उनले भने–‘द्वन्दकालमा घान्द्रुकवासीलाई विद्रोही पक्षले दिएको चोटमा महल्म लगाउने म वाचा गर्छु । अल्पायुमै ज्यान गुमाउनु भएका दिलमान गुरुङ र ईश्वर गुरुङको चिरशान्तिको कामना गर्दै सहिद घोषणा गर्न पहल गर्नेछु । तपाईं मलाई सुर्य चिन्हमा मत दिएर विजयी गराउनुस, तपाईको घाईते मुटुको महल्म बनेर तपाईहरुकै ...
पोखराका ग्रामिण क्षेत्रमा समान विकास गर्छौं : गठबन्धन
राजनीति, समाचार

पोखराका ग्रामिण क्षेत्रमा समान विकास गर्छौं : गठबन्धन

नेपालअखबार, पोखरा ।  कास्की २ मा पाँच दलीय गठबन्धनका उम्मेदवार पोखराको ग्रामिण क्षेत्रको समान विकास गर्ने बताएका छन् । कास्की २ मा रहेका ११ वडा मध्ये केही वडा अझैपनि महानगर भन्न लायक नभएकाले आफूहरु निर्वाचित भएपछि समान विकास गर्ने बताएका हुन् । कास्की २ का ११, १६, २०, २१ र ३३ नम्बर वडा पुराना गाबिस मिलाएर बनेको वडा छन् । ती वडाहरुका नागरिकहरुले अझै पनि महानगरबासीको अनुभूतीगर्न पाएका छैनन् । गठबन्धनका उम्मेद्वार निर्वाचित भएमा ती वडाहरुमा भएका समस्या समाधान गर्ने उनीहरुको प्रतिवद्धता छ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, कास्की २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने र कास्की २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापा अहिले तीनै वडाहरुको घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीहरुले आफ्नो क्षेत्रमा रहेका दुर्गम...
लाइसेन्स देखाएर पनि भोट हाल्न पाइने
राजनीति, समाचार

लाइसेन्स देखाएर पनि भोट हाल्न पाइने

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था...
गठबन्धनको वाचाः पोखराका दुर्गम क्षेत्रलाई सुगममा परिणत गर्छाैं
राजनीति, समाचार

गठबन्धनको वाचाः पोखराका दुर्गम क्षेत्रलाई सुगममा परिणत गर्छाैं

नेपालअखबार, पोखरा । कास्की २ मा पाँच दलीय गठबन्धनका उम्मेद्वारले पोखरा महानगरमा पछि थपिएका दुर्गम वडालाई योजनावद्ध रुपमा चाडै सुगममा परिणत गर्ने प्रतिवद्धता गरेका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, कास्की २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने र कास्की २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले आफ्नो क्षेत्रमा रहेका दुर्गम भेग चाडै सुगम बन्ने वाचा गरेका हुन् । मंगलबार पोखरा–२१ र पोखरा–१६ मा भएको कोणसभासहितका घरदैलो कार्यक्रममा बोल्दै गठबन्धनका तीन जना उम्मेदवारले नै यस्तो प्रतिवद्धता जनाएका हुन् । गठबन्धन दलको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २ (१) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने पोखरा २१ मा घरदैलोमा रहेका प्रचार प्रशार समिति संयोज...
घरदैलोमा उम्मेदवार दिपक ‘माइला’
राजनीति, समाचार

घरदैलोमा उम्मेदवार दिपक ‘माइला’

नेपालअखबार, पोखरा । कास्कि क्षेत्र १ (ख) का उम्मेदवार दिपक गुरुङ माइलाले सोमबार पोखरा– १३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन चोक, काँहुखोला पुल– माथि र मियापाटन चौतारा लगायतका क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए । मतदातासँग भेटेर विभिन्न ठाउँमा भएको कोणसभामा उम्मेदवार गुरुङले जनतालाइ सपना मात्र बाडन नआएको बताए । ‘तपाइको सपना पूरा गर्न आएको हु मेरो होइन,’ उनले भने, ‘पाँच बर्षपछि आउँदा शिर ठाडो हुने काम गरेर आउनेछु ।’ युवालाइ स्वदेश मै रोजगारिको अवसर सिर्जना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले सुनाए । ‘गाउँगाउँ घरदैलोमा जादा बुढाबुढि मात्र भेटिन्छन् । गाउँमा युवाको अभाव छ,’ उनले भने, ‘अब स्वदेशमै अवसरको ढोका खोलेर बुढा बा आमासङै बस्ने ब्यवस्था मिलाउछु ।’ यसको साथै १३ नम्बर वडामा रहेका धार्मिक मठ, मन्दि...
जितपछि ईमान्दारीपूर्वक काम गर्छौ : बराल
राजनीति, समाचार

जितपछि ईमान्दारीपूर्वक काम गर्छौ : बराल

नेपालअखबार, पोखरा । कास्की–२ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले निर्वाचन जितेपछि ईमान्दारीपूर्वक काम गर्ने बताए । पोखरा २१ ठुली स्वाँरामा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा बरालले निर्वाचन जित्नु मात्र ठुलो कुरा नभएको बताउँदै जितपछि ईमान्दारीपूर्वक काम गर्नु महत्त्वपूर्ण भएको बताए । कास्की २ मा गठबन्धनको जित सुनिश्चित भएको उनको जिकिर थियो । ‘हामी एक आपसमा मिलेका छौँ । सबै मिलेको अवस्थामा गठबन्धनले जसै जित्छौँ जसरी स्थानीय तहको निर्वाचनमा तालमेल भएको हो अहिले पनि त्यस्तै हो,’ उनले भने, ‘चुनाव जित्नु मात्र ठुलो कुरा होईन जितेपछि यहाँहरूको समस्यामा हामी सधैँ साथमा रहन्छौँ ।’ पोखरा २१ को विकास निर्माण र सम्वद्धिमा साथ दिनु आफूहरुको दायित्व भएको उनले सुनाए । निर्वाचन जनताकोमा गएर भोट माग्ने र साक्षात्कार गर्ने राम्रो मौका रहेको बताउँदै अहिले सु...
कोईरालाको वान्स अगेनमा रुपाका जनताको समर्थन
राजनीति, समाचार

कोईरालाको वान्स अगेनमा रुपाका जनताको समर्थन

नेपालअखबार, पोखरा ।  आगामी मंसिर ४ गते हुने निर्वाचनमा बुढा उम्मेदवारलाई हराउनुपर्छ भन्दै देशव्यापी रुपमा ‘नो नट अगेन’ अभियान सञ्चालन भईरहेको छ । कास्कीमा पनि ठाउँठाउँमा यो अभियान सञ्चालन भईरहेको छ । यसको प्रभाव कास्की–१ को (१) मा पनि पर्न थालेको छ । सो क्षेत्रमा युवा नेता दीपक कोईरालालाई वान्स अगेन भन्दै स्वागत गरिएको छ । चुनावी अभियानका क्रममा रुपा गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने नेपाल पाखा, थुम्का, पोल्याङटार, टाकञ्जा, फईचोक, आरुखर्क, खाल्टे, वायोडाँडा पुग्दा त्यहाँका स्थानियले कोईरालालाई वान्स अगेन भन्दै आगामी निर्वाचनमा जिताउने प्रतिबद्धता जनाएका हुन् । स्थानियले ३० वर्ष अघिदेखि एउटै व्यक्ति चुनाव लडिरहेको र जितेर केहि नगरेको तथा बुढो भईसक्दापनि युवालाई पालो दिनुको सट्टा पद ओगटिरहन चुनावी मैदानमा होमिएकाले त्यस्ता व्यक्तिलाई भोट नदिने बताएका थिए । ‘हामी राजनीतिमा पुस्तान्तरण भए...
गठबन्धनको प्रतिबद्धता : विद्यार्थीहरुकालागिसिक्दै कमाउँदैकार्यक्रम
राजनीति, समाचार

गठबन्धनको प्रतिबद्धता : विद्यार्थीहरुकालागिसिक्दै कमाउँदैकार्यक्रम

नेपालअखबार, पोखरा । कास्की २ कापाँचदलीयगठबन्धनका साझाउमेदवारहरुले विद्यार्थीहरुकालागिआत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चालनगर्ने प्रतिबद्धता गरेको छ । यो कार्यक्रममाध्यमिकतह पुरा गरेकाविद्यार्थीहरुकालागिलाभहुने गरी सञ्चालनगर्ने प्रतिवद्धतापत्रमाउल्लेख गरेको छ । यो सँगै शिक्षा क्षेत्रमाखोजमुलकपठनपाठनतथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षाहासिलगर्ने अवसरको सुनिश्चिततागर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमालाईब्रेरी स्थापनाकालागिपहलगर्ने बताएको छ । पोखराको पर्यटनलाई बढवादिने र आवश्यकदक्षजनशक्तिउत्पादनगर्न माध्यमिकतहमै पर्यटनकाविषयमापठनपाठनगर्न सार्वजनिक र सामुदायिकविद्यालयसँगपहलगर्ने प्रतिवद्धताजनाएको छ । सूचना, सञ्चार तथाप्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधनगर्न महानगरीय आईसिटी एकेडेमी स्थापनागर्न महानगरसँग सहकार्य गर्ने बताएको छ । पोखरामा सञ्चालितविश्वविद्यालयहरुको स्तरोन्नति...
‘जनतालाई झुटा आश्वासन दिन्न’: कास्की १ (ख) का एमाले उम्मेदवार श्याम
राजनीति, समाचार

‘जनतालाई झुटा आश्वासन दिन्न’: कास्की १ (ख) का एमाले उम्मेदवार श्याम

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की १ (ख) बाट एमालेका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन् । मादी ५ मा भएको घरदैलो कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने झुटा दिँदै आएकाले आफूले त्यो नगर्ने बताए । ‘म जे बोल्छु त्यो गर्छु । जे सक्छु त्यो गर्छु । उनले भने, ‘केही उम्मेदवारले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन् ।’ आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङले बताए । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने । ०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम प...
जितपछि ईमान्दारीपूर्वक काम गर्छौ : बराल
राजनीति, समाचार

जितपछि ईमान्दारीपूर्वक काम गर्छौ : बराल

नेपालअखबार, पोखरा  । कास्की–२ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले निर्वाचन जितेपछि ईमान्दारीपूर्वक काम गर्ने बताए । पोखरा २१ ठुली स्वाँरामा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा बरालले निर्वाचन जित्नु मात्र ठुलो कुरा नभएको बताउँदै जितपछि ईमान्दारीपूर्वक काम गर्नु महत्त्वपूर्ण भएको बताए । कास्की २ मा गठबन्धनको जित सुनिश्चित भएको उनको जिकिर थियो । ‘हामी एक आपसमा मिलेका छौँ । सबै मिलेको अवस्थामा गठबन्धनले जसै जित्छौँ जसरी स्थानीय तहको निर्वाचनमा तालमेल भएको हो अहिले पनि त्यस्तै हो,’ उनले भने, ‘चुनाव जित्नु मात्र ठुलो कुरा होईन जितेपछि यहाँहरूको समस्यामा हामी सधैँ साथमा रहन्छौँ ।’ पोखरा २१ को विकास निर्माण र सम्वद्धिमा साथ दिनु आफूहरुको दायित्व भएको उनले सुनाए । निर्वाचन जनताकोमा गएर भोट माग्ने र साक्षात्कार गर्ने राम्रो मौका रहेको बताउँदै अहिले स...