Wednesday, May 6

राजनीति

आज पनि संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

आज पनि संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्‍ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।   #सदन...
आज चिनियाँ नेता ली चान्सु  स्वदेश फर्किँदै
राजनीति, समाचार

आज चिनियाँ नेता ली चान्सु स्वदेश फर्किँदै

नेपालअखबार, काठमाडाैं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए । नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।...
एकीकृत समाजवादी निकट समाजवादी सहकारी संगठन गठनको राष्ट्रिय समिति गठन
राजनीति, समाचार

एकीकृत समाजवादी निकट समाजवादी सहकारी संगठन गठनको राष्ट्रिय समिति गठन

नेपालअखबार, काठमाडौँ  । नेकपा ( एकीकृत समाजवादी ) को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । बिहीबार काठमाण्डौमा भएको घोषणा कार्यक्रम नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो । नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी , विरेन्द्र यादव, धरणीधर अधिकारी रहनु भएको छ भने समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरी शर्मा सुदर्शन मिश्र ,किरण मोक्तान ,टापबहादुर श्रेष्ठ र राधा कडरिया  हरनु भएको छ । कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवगठित समाजवादी सहकारी संगठनका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका...
प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारका लागि छुट दिन प्रमुख निर्वाचन आयुक्त सकारात्मक
राजनीति, समाचार

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारका लागि छुट दिन प्रमुख निर्वाचन आयुक्त सकारात्मक

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगको आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले विरोध गरेपछि उक्त व्यवस्था संशोधन गर्न निर्वाचन आयोग सकारात्मक बनेको छ । बुधबार निर्वाचन आयोग र १२ राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलमा त्यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सकारात्मक भएका हुन् । आयोगले प्रधानमन्त्री,मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु अर्को निर्वाचन क्षेत्रमा चुनाव प्रचार–प्रसार गर्न नपाउनेगरी आचारसंहिता प्रकाशन गरेको थियो । त्यसमा दलहरुले अधिकार हनन भएको भन्दै त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने बताउँदै आएका थिए । बुधबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूको चासोलाई सकारात्मक रुपमा लिँदै सल्लाह गरेर मिलाउने आश्वासन दिएका हुन् । ‘उक्त प्रावधानबारे प्रमुख निर्वाचन आयुक्...
संसदबाट धमाधम सांसदले बिदा लिँदै
राजनीति, समाचार

संसदबाट धमाधम सांसदले बिदा लिँदै

नेपालअखबार, काठमाडाैं । मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको बताएका थिए । १९ भदौमा बसेको बैठकमा उनले यस मौजुदा संसद बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलबभत्ता र सुविधा नपठाउन सभामुख र सचिवालयका कर्मचारीलाई आग्रह गरेका थिए । उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लिङ्देनले सांसद पदबाट राजीनामा दिएको १२औँँ दिन बुधबार (२९ भदौ) मा बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सबैलाई धन्यवाद दिँदै अब यस मौजुदा संसदमा सांसदमा रुपमा उपस्थित नहुने बताएका हुन् । बुधबार बसेको बैठकको शून्य समयमा कांग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै ब...
इन्जिनियरहरुलाई सहरी विकास मन्त्रीले भने ः पैसाका पछि कहिल्यै नलाग्नुस्
राजनीति, समाचार

इन्जिनियरहरुलाई सहरी विकास मन्त्रीले भने ः पैसाका पछि कहिल्यै नलाग्नुस्

नेपालअखबार, काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरुमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईंले इमानदारीपुर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ ।’ इन्जिनियरले पैसा नखाइ कलम नै चलाउदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गर्दै भने, ‘जनतालाई पिर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफु मुनिका कर्मचारीलाई पनि नहेप्नुस् ...
सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरुलाई लालपूर्जा वितरण
राजनीति, समाचार

सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरुलाई लालपूर्जा वितरण

नेपालअखबार, सप्तरी।  राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम तिब्र पारिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउपालि गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपूर्जा वितरण गर्नुभयो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयो । मन्त्री श्रेष्ठले स्थानीय तहले उरर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनीएको भन्दै आजलाई त्यो फाइदा भएको देखिएपनि त्यसले दिगो रुपमा ठूलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मुल्याङ्कन...
नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि गर्न दिँदैनौ : प्रधानमन्त्री
राजनीति, समाचार

नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि गर्न दिँदैनौ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाएका छन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार सिंहदरबारमा गरेको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए । उनले भने, ‘चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न दिँदैनौ।’ उनले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे । सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्ति गर्दै प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरे । सिंहदरबारमा ...
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
राजनीति, समाचार

राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । यस्तै स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले यसअघि नै प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक भने प्रमाणीकरण गरेकी...
आज चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले प्रधानमन्त्री देउवालाई भेट्दै
राजनीति, समाचार

आज चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले प्रधानमन्त्री देउवालाई भेट्दै

नेपालअखबार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । नेपाल आएको पहिलो दिन समकक्षी अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटेपछि लीले अपराह्न प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग बालुवाटारमा दिउँसो ४ बजे भेट्ने तय भएको छ । प्रधानमन्त्रीलाई भेट्नुअघि उनले दिउँसो ३ बजेत परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।...