तोसिमा कार्कीले चुनाव लड्न पाउने बाटो खुला
नेपालअखबार, काठमाडाै । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनले चुनाव लड्न बाटो खुलेको छ।
न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए।
‘प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलन समेतको रोहबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कार्कीको ललितपुर ३ को उम्मेदवारी अयोग्य हुने गरी आयोगले कात्तिक १२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू/ नगराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ।
कार्कीले लिने भत्ता नियमित प्रकृतिको नभएको सर्वोच्चको आदेशमा उल्लेख छ।
‘लाभको पदमा बहाल रहेको भन्न निजले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद भएको वा नियमित जिम्मेवारीको पद भन्ने...









