Wednesday, May 6

राजनीति

संगठन निर्माण र गठनलाई चलायमान बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन
राजनीति, समाचार

संगठन निर्माण र गठनलाई चलायमान बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेपालअखबार, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको संगठन निर्माण गर्न र  गठनलाई चलायमान बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  गत स्थानीय तहको निर्वाचनमा आएको नतिजा प्रति गौरवबोध गर्नुपर्ने भन्दै २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख  बढी भोट पाएको भन्दै  सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गर्नुभयो । आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र  गठनलाई चलायमान बनाउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरूसँग भेट गर्नुले शंका जन्माएको बताउनु भएको छ । राष्ट्रपति विद्य...
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
राजनीति, समाचार

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलका एक जना सदस्य हिमलाल पुरीले जानकारी दिए । कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले अनुपस्थित रहने छन् । आसन्न मंसिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलहरुले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन् । सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउन महिनाभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि कार्यदलले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सकेन । त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि त्यो समय पनि गुज्रिसकेकाले नेताहरु दबाबमा छन् ।...
थाइल्याण्डका प्रधानमन्त्री निलम्बित
राजनीति, विश्व, समाचार

थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

नेपालअखबार, एजेन्सि। थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । थाइल्यान्डको उच्च अदालतले उनलाई बुधबार निलम्बन गरेको हो ।   विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । उनीविरुद्ध परेको मुद्दाको सुनुवान गर्न ९ जनाको इजलास गठन गरिएको थियो । इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । चान सन् २०१४ मा सैन्य कुपछि  प्रधानमन्त्री भएका थिए । उनले निरंकुशता लादेको विपक्षीले आरोप लगाएका छन् । विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र  सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना गरिनुपर्ने विवादबीच यो विषय अदालतसम्म पुगेको थियो ।...
नेकपा (एकीकृत समाजवादी) ले  पार्टी पुनर्गठन दिवस माउदै
राजनीति, समाचार

नेकपा (एकीकृत समाजवादी) ले पार्टी पुनर्गठन दिवस माउदै

नेपालअखबार,  काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो । बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीवार (भोलि) दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए । उनले आफूहरुको पार्टी पुनर्गठन पश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए । उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वि...
ओलीले मलाई असफल पार्नेबाहेक अरु काम गरेनन् : प्रचण्ड
राजनीति, समाचार

ओलीले मलाई असफल पार्नेबाहेक अरु काम गरेनन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् ।   चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्ने बाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।  राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरे । राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भने, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो । पटक पटक प्रतिनिधिसभा विघटन गर्ने । र प्रचण्डलाई चैँ कसरी हुन्छ चितवनमा असफल पार्ने बाहेक प्रधानमन्त्रीका रुपमा मेरा सहअध्यक्ष (केपी ओली) को ...
प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा
राजनीति, समाचार

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । ‘प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्ष दलका नेताबीचको भेटवार्ता समसामयिक राजनीतिका बारेमा नै हुने हो । अरु धेरै कुरा थाहा हुने विषय होइन’, बजगाईंको भनाइ छ ।  एमालेले सरकारले प्रतिपक्षसँग सल्लाह नगरी विभिन्न कानुनहरु निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ ।...
नागरिकता विधेयकमा एमालेले भ्रम छर्दैछ : प्रचण्ड
राजनीति, समाचार

नागरिकता विधेयकमा एमालेले भ्रम छर्दैछ : प्रचण्ड

नेपालअखबार, चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् ।  ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याउँदा राष्ट्रघात भयाे भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने -'आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था यो विधेयकमा छ । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ । यसप्रति सम्पूर्ण नागरिक सचेत हुन आवश्यक छ । ' राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ने दुस्साहसलाई नेपाली जनताले असफल पार्ने प्रचण्डको दाबी छ ।...
उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ : सहरी मन्त्री मेटमणि चौधरी
राजनीति, समाचार

उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ : सहरी मन्त्री मेटमणि चौधरी

नेपालअखबार, काठमाडाैं । सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरुबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल, काठमाडौँद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता –२०७९ को उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘झमककुमारीले खुट्टाले त्यत्रा ग्रन्थ लेखेकी छिन् । अरुनिता कान्जिलाल पनि धेरै मेहनेत गरेरै चर्चित गायिका भइन् । लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मेहनेत गरेरै अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे । मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले ।’ बालबालिका असल संस्कारसहित अघि बढ्न जरुरी रहेको बताउँदै मन्त्री चौधरीले थपे, ‘तपाईँहरु असल बन्नुहुनेछ । उच्च संस्कारयुक्त बन्नुहुनेछ र भोलि गएर तपाईँहरु नै नेतृत्व गर्ने ठाउँसम्म पुग्नुहुनेछ ...
मुलुकको विकासका लागि समाजवादी क्रान्ति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल
राजनीति, समाचार

मुलुकको विकासका लागि समाजवादी क्रान्ति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

बुुटवल । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एंव पूूर्वप्रधानमन्त्री झलनाथ खनालले अब मुलुकका लागि समाजवादी क्रान्तिको आवश्यकता रहेको बताएका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीले सोमबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले मुलुकमा पूूँजीवादी क्रान्ति सम्पन्न भएकाले अब समाजवादी क्रान्तिका लागि तयार हुनुपर्ने बताएका हुन । उनले सामाजिक आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादको बाटोमा जानका लागि कम्यूूनिष्ट र क्रान्तिकारी पार्टीको आवश्यकता हुने बताए । उनले दक्षिणपन्थी अवसरवाद हावी भएका कारण कम्यूूनिष्ट आन्दोलनमा भ्रम भएको भन्दै अबको कम्यूनिष्ट केन्द्र नेकपा एकिकृत समाजवादी हुने दावी गरे । उनले दक्षिणपन्थी अवसरबादको दलदलबाट मुुक्त भएपछि सच्चा कम्यूूनिष्टहरु एकताबद्ध हुने समेत बताए । ‘हामीले दक्षिणपन्थी अवसरवादसँग विद्रोह गरेर पार्टी पुुर्न...
एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित
राजनीति, समाचार

एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित

नेपालअखबार, काठमाडौं । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।...