Tuesday, May 5

राजनीति

दश भाईलाई छानिछानि हराउने बालकोटको योजना
राजनीति, समाचार, समाज

दश भाईलाई छानिछानि हराउने बालकोटको योजना

नेपाल अखबार, काठमाडौं । नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको तयारी थालेको छ ।ओली कोटरीका खास नेतालाई सुरक्षित निर्वाचन क्षेत्रमा लगेर जिताउने र पूर्व माधव समुहबाट आएका ‘१० भाई’लाई छानिछानि हराउने योजना बालकोटमा बनेको छ । त्यसका लागि प्रत्यक्षतर्फ ‘जिताउनै पर्ने’ सूचीमा ५० जना र समानुपातिकबाट ‘ल्याउनै पर्ने’मा ३० जनाको नाम समावेश गरिएको एमाले स्रोतले बताएको छ ।‘१० भाई’ र तिनका समर्थक सांसदमध्ये बढीमा ३ जनाले टिकट पाउँदै छन् । स्रोतका अनुसार १० भाइमध्ये युुवराज ज्ञवाली अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा स्थापित छैनन् । अष्टलक्ष्मी शाक्यलाई ‘उमेर पुगेको’ भनेर टिकट नदिने योजना ओलीले बताएका छन् । शाक्यको क्षेत्रबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य वा अञ्जान शाक्यलाई उठाइँदैछ ।उता लालबाबु पण्डितले चुनाव लड्ने मोरङको निर्वाचन क्षेत्र तालमेलमा राप्रपालाई दिएर रेखा थापालाई उठाउ...
बाबुराम पेरिसडाँडामा, प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल
राजनीति, समाचार

बाबुराम पेरिसडाँडामा, प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल

नेपाल अखबार, काठमाडौं । माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिटबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निणर्य गरेको थियो ।उक्त निणर्यबारे जानकारी गराउन माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटा मंगलबार दिउँसो निर्वाचन अयाोग प्रस्थान गरेका छन् ।...
सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित
अर्थ, राजनीति, समाचार

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित

नेपाल अखबार, काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गर्नु भएको सो विधेयक बहुमतले पारित भएको हो । यस अघि श्रावण २९ गते आईतबार गणपूरक संख्या नपुगेकाले प्रतिनिधिसभाबाट सो विधेयक अगाडि बढन सकेको थिएन ।सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तिय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन सो विधेयक ल्याइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक प्रमाणित हुने वित्तिकै लागू हुने जानकारी समेत दिनु भयो । अव यो विधेयक राष्ट्रियसभामा जानेछ । र, त्यहाँबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनको रुपमा लागू हुनेछ ।...
आगामी निर्वाचन इलामको  क्षेत्र १ बाटै चुनाव लड्ने तयारीमा – सम्मानित नेता  खनाल
राजनीति, समाचार

आगामी निर्वाचन इलामको क्षेत्र १ बाटै चुनाव लड्ने तयारीमा – सम्मानित नेता खनाल

नेपालअखबार, इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिने बताउनु भएको छ । गृहजिल्ला इलाममा सोमबार  पत्रकारहरूसँग कुराकानी गर्दै नेता  खनालले भन्नुभयो, ‘मैले चुनाव लड्नुपर्दा अर्को निर्वाचन क्षेत्र खोज्दिनँ, मैले निर्वाचन लड्ने क्षेत्र भनेको इलामको १ नै हो। यही क्षेत्रमा म आउँछु।’ खनालले जनताले चाहे आफू चुप लागेर नबस्ने बताउनु भयो । ‘राजनीतिमा सक्रिय भएको करिब ६० वर्ष भयो, जनताले अझै मेरो सक्रियता चाहन्छन् भने किन चुप लागेर बस्ने’ उहाँले भन्नुभयो  । खनाल २०४८ सालयता निरन्तर रूपमा इलामबाट चुनाव लडिरहनु भएको छ ।  ‘केन्द्रमा  गठबन्धन कायम राख्ने निर्णय भएको छ, त्यसैअनुसार सिंगो देशको चुनावी अभियान अगाडि बढ्छ,’ खनालले भन्नुभयो , ‘स्थानीय तह निर्वाचनमा जुन गठबन्धनको अनुभव भय...
स्वास्थ्य बीमा राज्यको कार्यक्रम हो, भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता छैन – मन्त्री खापुङ
राजनीति, समाचार

स्वास्थ्य बीमा राज्यको कार्यक्रम हो, भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता छैन – मन्त्री खापुङ

नेपालअखबार,  काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरूले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताउनु भएको छ । सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरूले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताउनु भएको हो । उहाँले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको भन्दै मन्त्री खापुङले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरूको कमि कमजोरी देखिएको बताउनु भयो । मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य अनुसार सत्य तथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको भन्दै सरकार स्वास्थ्य बीमा कार्यक्रमल...
सुकीलाई थप ६ वर्ष जेल सजाय
राजनीति, विश्व, समाचार

सुकीलाई थप ६ वर्ष जेल सजाय

नेपालअखबार, एजेन्सि। म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई  भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय सुनाएको छ। सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको थप आरोपमा सोमबार दोषी ठहर गर्दै उनको पहिलेको ११ वर्षको जेल सजायमा ६ वर्ष थपेको छ। ७७ वर्षीय सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका आरोप लगाइएका छन्। समाचार संस्था एपीका अनुसार सोमबार फैसला भएका चार भ्रष्टाचार मुद्दामा सुकीले आफ्नो पदको दुरूपयोग गरी बजार मूल्यभन्दा कममा सार्वजनिक जग्गा भाडामा लिएको र परोपकारी उद्देश्यका लागि चन्दा लिएर आवास निर्माण गरेको आरोप लगाइएको थियो। उनीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ। आङ सान सुकीले आरोपलाई बेतु...
एमालेको संगठनात्मक कार्यशाला बन्दिपुरमा सम्पन्न
राजनीति, समाचार

एमालेको संगठनात्मक कार्यशाला बन्दिपुरमा सम्पन्न

नेपालअखबार, तनहुँ  । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा २ दिने संगठनात्मक कार्यशाला सोमवार सम्पन्न गरेको छ । कार्यशालाको समापन गर्दै उपमहासचिव एवम् गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको आन्तरिक एकतालाई मजबुद पार्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेलाई पुनः बहुमतसहित पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । कार्यशालामा एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टी एक हुनुपर्ने उल्लेख गरे । कार्यपत्रमाथि ११ जिल्ला र मोर्चा संगठनले समुहगत छलफल गर्दै सुझाव दिएका थिए । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यहरु कर्ण थापा, भानुभक्त ढकाल, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन प्रसाद रेग्मी, सचिव...
इजरायलले कृषि क्षेत्रमा १ हजार नेपाली कामदार लैजाने
राजनीति, समाचार

इजरायलले कृषि क्षेत्रमा १ हजार नेपाली कामदार लैजाने

नेपालअखबार, काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आउनु भएको थियो । उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदुत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराउनु भएको थियो ।  त्यस्तै उहाँले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराउनु भएको थियो । भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिनु भयो । साथै उहाँले आगामि दिनमा पनि इजराय सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लग...
जनप्रतिनिधि उत्पादनसंग जोडिनु पर्दछ —उपसभामुख शर्मा
राजनीति, समाचार

जनप्रतिनिधि उत्पादनसंग जोडिनु पर्दछ —उपसभामुख शर्मा

हरिप्रसाद बाँस्तोला, पाेखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जनसंग जोडिनु पर्ने बताउनु भएको छ । नवलपुर जिल्लास्थित मध्यविन्दु नगरपालिकाद्धारा आयोजित महिला जनप्रतिनिधिसंगको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले आर्थिकरुपमा सवल बन्नका लागि उत्पादनसंग जोडिनुको विकल्प नभएको बताउनुभयो । बजार आवश्यकताको अध्ययनका आधारमा वस्तु उत्पादन गर्नुपर्ने र उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकार जिम्मेवार हुनु पर्नेमा उपसभामुख शर्माको जोड थियो । पालिकामा महिला तथा वालवालिका सम्वन्धित धेरै शिर्षकमा रकमान्तर गरिएको हुन्छ उहाँले भन्नुभयो त्यसको भरपुर उपयोगमा जनप्रतिनिधि महिलाहरु सचेत हुनु पर्ने आवश्यकता औल्याउनुभयो । स्थानीय निर्वाचनमा गठबन्धनको कारण महिला जनप्रतिधिको संख्यामा कमि आएकोमा दुःख व्यक्त गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्येक्ष...
कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो ः मन्त्री मेटमणि चौधरी
राजनीति, समाचार

कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो ः मन्त्री मेटमणि चौधरी

नेपालअखबार, लमही । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् । एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसदको दुई दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’ एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको बताउदै मन्त्री चौधरीले थपे, ‘ठुलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठुलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’ कम्युनिष्टहरु शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुनु...