Tuesday, May 5

राजनीति

५ दलीय गठबन्धन कायम राख्दै, बाम एकताको लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय
राजनीति, समाचार

५ दलीय गठबन्धन कायम राख्दै, बाम एकताको लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । यस्तै बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरिएको महासचिव भुसालले जनाए । यस्तै बैठकले असार १३ र १४ गते बसेको पार्टीको केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा छलफल पनि गरेको छ ।...
पराजुली र पन्तले तोडे अनसन,त्रिवि र अनेरास्ववियूबीच ११ बुँदे सहमति
राजनीति, समाचार

पराजुली र पन्तले तोडे अनसन,त्रिवि र अनेरास्ववियूबीच ११ बुँदे सहमति

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यलयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले गरेको आमरण अनसन सातौं दिनमा अन्त्य भएको छ। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए । सोमबार त्रिविको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि उनीहरुले अनशन तोडेका हुन् । नीहरुबीच स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडी तहका नियमित र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन गर्ने सहमति भएको छ । त्यस्तै ती तहका निरन्तर पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन पन्ध्र दिनभित्र कार्यदल गठन गरी आगामी पुससम्म कार्यान्वयन गर्ने, विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुका केन्द्रीय नेत...
आज भारतमा  राष्ट्रपति निर्वाचन
राजनीति, विश्व, समाचार

आज भारतमा राष्ट्रपति निर्वाचन

नेपालअखबार, एजेन्सि। भारतको १५ औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ । संसदको बर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदै छ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद को लागि ६४ वर्षीय मुर्मु  एक बलियो दावेदार थिइन । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो । ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्वगभर्नर मुर्मुलाई झारखण्डको सत्तारूढ झारखण्ड मुक्ति मोर्चाको पनि समर्थन छ । मुर्मुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि समर्थनको आश्वासन दिएका छन् । त्यस्तै, शिवशेनाका दुबै गुटहरूले पनि उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । भाजपासँग गठबन्धन गरेको एकनाथ शिन्दे ने...
प्रचण्ड र  भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
राजनीति, समाचार

प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । भारतको ३ दिने भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । आइतबार भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो । भेटवार्तामा के के कुराकानी भयो भन्ने विषय बाहिर आएको छैन । अध्यक्ष प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए। प्रचण्ड शुक्रबार ३ दिने भारत भ्रमणमा गएका हुन् ।...
गभर्नरलाई कारबाहीको माग गर्दै वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
राजनीति, समाचार

गभर्नरलाई कारबाहीको माग गर्दै वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपालअखबार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । साथै वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने,  विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।यसका साथै, किसानलाई समयमै मल बिउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था...
आज पनि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति, समाचार

आज पनि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालअखबार, काठमाडाैं  । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा आजबाट पदाधिकारीले आ आफनो धारणा राख्ने भएका छन । यस अघिको बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसकेको पछि उनीहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीले आ–आफनो धारणा राख्ने कार्यसूची रहेको काँग्रेसले जनाएको छ । बैठक अपरान्ह १ बजे बस्दैछ । जारी बैठकमा संघीय संसदको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लोकप्रिय हुनका लागि पार्टी नेतृत्वको आलोचना गरेर ‘मिडिया स्टन्ट’ गरेको, बागी उम्मेदवारलाई कारवाही गर्ने कि नगर्ने, अन्य पार्टीका चुनाव चिन्हमा मतदान गर्न लगाएर पार्टीको पहिचानमा समस्या पारेको लगायत विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । आजको बैठकमा सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री गरी १४ जना पदाधिकारीले सो बारेमा आफनो धारणा राख्ने छन ।...
नागरिकताबाट वञ्चित हुनेलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ : सांसद मण्डल
राजनीति, समाचार

नागरिकताबाट वञ्चित हुनेलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ : सांसद मण्डल

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादीका केन्द्रका सांसद् शिवकुमार मण्डलले नागरिकताबाट वञ्चित गरिएका नागरिकलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको नागरिकता विधेयकको सैद्धान्तिक छलफल कार्यक्रममा बोल्दै उनले कानुनको अभावमा नागरिकताबाट बञ्चित गरिएका नागरिकलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएका हुन् । ‘नागरिकताको अभावमा उनीहरुले झेल्नुपरेको समस्याको हिसाब किताब गर्न नसकिने भन्दै नागरिकले गल्ती गर्यो भने राज्यले सजाय दिन्छ । तर नागरिकताको अभावमा राज्यबाट पाउने हक अधिकारबाट बञ्चित बनाएको नागरिकलाई क्षतिपूर्ति दिने कि नदिने ?’ मण्डलले प्रश्न गरे । जन्मजात नागरिकता पाएको व्यक्तिबाट समेत राष्ट्रघाती सम्झौता भएको बताउँदै मण्डलले उनीहरुबाटै ठुला–ठुला अपराध हुने गरेको आरोप लगाए ।...
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
राजनीति, समाचार

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

नेपालअखबार, काठमाडाै । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार भएको उपसभामुखको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गरी उनी उपसभामुखमा विजयी भएकी हुन् । २४२ सांसद उपस्थिति रहेकोमा १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी छिन् । ९३ सांसद विपक्षमा उभिँदा १ जना तटस्थ रहेका थिए । करिब ६ महिनामा कार्यकाल सकिन लागेको प्रतिनिधि सभाले उपसभामुख पाएको हो । एमाले र माओवादीको गठबन्धन हुँदा २०७४  चैतमा भएको उपसभामुखको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् । तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत मात्रै ल्याएकी थिइन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरे...
आज अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि  भारत जाँदै
राजनीति, समाचार

आज अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि भारत जाँदै

नेपालअखबार, काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को शुक्रबारदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको छ। बैठकमा अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणको तयारीका बारेमा ब्रिफिङ गराएका थिए। बैठकले उनको भ्रमण सफलताको कामना गरेको छ। करिब दुई महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए। सो भेटका अवसरमा दाहालले जुलाईको पहिलो वा दोस्रो सातासम्म भ्रमण सम्भव हुने जवाफ दिएका थिए। सोहीअनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष दाहाललाई भारत भ्रम...
आज नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै
राजनीति, समाचार

आज नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै

नेपालअखबार, काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सांसदहरुले आलोचना गरेका थिए ।...