Tuesday, May 5

राजनीति

शिक्षा र स्वास्थ्य सुलभ बनाउने एकीकृत समाजवादीका जनप्रतिनिधिको प्रतिवद्धता
राजनीति, समाचार

शिक्षा र स्वास्थ्य सुलभ बनाउने एकीकृत समाजवादीका जनप्रतिनिधिको प्रतिवद्धता

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आआफ्नो पालिकामा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुई दिने प्रशिक्षणपछि बिहीबार जारी गरिएको १५ बुँदे प्रतिवद्धता पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्तका रुपमा शिक्षा र स्वाथ्यलाई सुलभ बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘हामी आ—आफ्नो कार्यक्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन प्रतिबद्ध छौं,’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘साथै स्वास्थ्य शिक्षाजस्ता आधारभूत मानवाधिकारको सुनिश्चित गर्न यसमा सार्वजनिक लगानी गराउन प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ त्यस्तै उनीहरुले ‘सादा जीवन, उच्च विचारका साथ जीवन बिताउँदै जनपक्षीय शैली’ अपनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।...
खाँडाचक्रका मेयर शाही एकीकृत समाजवादीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

खाँडाचक्रका मेयर शाही एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् । वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए । शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो । खाँडाचक्र नगरपालिकामा माओवादीले उपमेयर जितेको छ । कालीकोटकै खाँडाचक्रमा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका कमल शाही भने पार्टीकै नेताहरुको अगुवाईमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।...
बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा
राजनीति, विश्व, समाचार

बेलायतको प्रधानमन्त्रीका लागि ऋषि र लिजबीच प्रतिस्पर्धा

नेपालअखबार, एजेन्सि। कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका लागि ऋषि सुनक र लिज ट्रसबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यो निर्णय कन्जरभेटिभ सांसदहरू बीचको अन्तिम चरणको मतदानमा लिइएको हो। पाँचौं चरणको मतदानमा ऋषि सुनकले सर्वाधिक १३७ मत प्राप्त गरे भने लिज ट्रसले ११३ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेकी पेनी मोर्डेन्टले १ सय ५ मत प्राप्त गरिन् । यसरी मोर्डेन्ट यस दौडबाट बाहिर भइन्। यसअघि मंगलबार भएको चौथो चरणको मतदानमा सुनकले ११८ र लिज ट्रसले ८६ मत पाएका थिए । अब दुवै उम्मेदवारबीच २५ जुलाईमा बीबीसीमा वान टु वान बहस हुनेछ । यससँगै कन्जरभेटिभ पार्टीका देशभरका १ लाख ६० हजार सदस्यबाट हुलाक मतपत्रमार्फत भोट हालेर नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुनेछ ।...
ओलीले भने सत्तारूढ गठबन्धनमा आफैं फुट आउँछ
राजनीति, विचार, समाचार

ओलीले भने सत्तारूढ गठबन्धनमा आफैं फुट आउँछ

नेपालअखबार, । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनमा आफैं फुट आउने दाबी गरेका छन्। अध्यक्ष ओलीले कतिपयले सत्तारूढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताएका हुन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आवद्ध दलहरू सबै स्वार्थी पुँजीवादी बाटोमा हिँडेकाले उनीहरू कहिल्यै एकताबद्ध हुन नसक्ने तर्क समेत गरे। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनमा आफैं फुट आउने दाबी गरेका छन्। अध्यक्ष ओलीले कतिपयले सत्तारूढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताएका हुन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धन...
सबै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गर्ने पर्यटन मन्त्रीको योजना
राजनीति, समाचार

सबै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गर्ने पर्यटन मन्त्रीको योजना

नेपाल अखबार, काठमाडौं  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताउनु भएको छ । मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुग्ुनभएका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताउनु भएको हो  । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सिपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्वन्धी शिक्षा र तालीम कार्यक्रमहरु विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । सबै प्रदेशमा प्रतिष्ठानका शाखा विस्तार गरी सञ्चालनमा ल्याउने र यसबाट पर्यटनको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै उहाँले होट...
आफ्नै तागतमा भरोसा गर्नुपर्ने रहेछ-अध्यक्ष नेपाल
राजनीति, समाचार

आफ्नै तागतमा भरोसा गर्नुपर्ने रहेछ-अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी)का अध्यक्ष माधव नेपालले स्थानीय निर्वाचनमा गठबन्धनको भर पर्दा पार्टी कमजोर भएको बताउनु भएको छ । गठबन्धनको भर पर्दा धोका भएको उहाँले बताउनुभएको हो । ‘आफ्नै शक्तिको बिस्वास गर्दै , जित्छु भन्ने भरोसा भएकाहरुले ईतिहांस रचेको उहाँको  भनाइ छ । पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभए पनि लोकतन्त्र जोगाउन गठबन्धन गर्नु परेको बताउनुभएको छ । आफ्नै मात्र तयारी गर्दै अगाडि बढेको भए स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले थप जित्न सक्ने उहाँले बताउनुभएको छ । केहि ठाउँमा पार्टी भित्रै भएको अन्तर्घातका कारण पछाडी पर्नु परेको पनि उउहाँको भनाई  छ।...
एकीकृत समाजवादीका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण
राजनीति, समाचार

एकीकृत समाजवादीका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम सुरू हुँदैछ। आज बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ। प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरु सहभागी हुनेछन्।...
कलिला खानको बाल्यकालदेखि संसद्सम्मको सङघर्ष लोकार्पर्ण
राजनीति, समाचार

कलिला खानको बाल्यकालदेखि संसद्सम्मको सङघर्ष लोकार्पर्ण

नेपालअखबार,  काठमाडाैं । सांसद कलिला खानको बाल्यकालदेखि संसद्सम्मको सङ्घर्ष विमोचन भएको छ । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद मंगलबार  एक कार्यक्रमका विच खानको पुस्तकका लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले पाठ्य संस्कृतिलाई बढावा दिन कार्यकर्ताहरूलाई जोड दिनुभयो । पुस्तकमा सांसद खानका बाल्यकाल देखि संसद्सम्मको संघर्षको कथालाई उल्लेख गरिएको छ । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै सांसद खानले आफ्नो पुस्तकमा आफ्ना जिन्दगीका कथाहरु समेटिएको भन्दै अध्ययन पछि प्रतिकृयाको अपेक्षा गर्नुभयो ।...
हेटौंडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम
राजनीति, समाचार

हेटौंडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

नेपालअखबार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा यही  शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ। ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम  लागू हुने हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्। हाम्रो हेटौंडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ। सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ। उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको उनको भनाइ थियो। उपमहानगरमा ७६ सामुदायिक र ५० निजी गरी  १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे  जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिए। एक सय ६० पूर्णाङ्क रहेक...
समाजवाद किन र कसरी लोकार्पण
राजनीति, समाचार

समाजवाद किन र कसरी लोकार्पण

नेपाल अखबार, काठमाडाैं । नेपका(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवाद किन र कसरी लोकार्पण गर्नुभएको छ । विभिन्न ९ जना लेखक तथा संकलकहरुको सामूहिक सङ्कलनको रुपमा तयार पारिएको समाजवाद किन र कसरी एक समारोहका विच अध्यक्ष नेपालले लोकार्पण गर्नुभएको हो । सङ्ग्रहको सार्वजनिकीकरण गर्दै अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई अध्ययनशील चिन्तनशील हुन भन्दै कार्यकर्ताहरुलाई जनजिविका र जनसरोकारका सवाललाई सम्बोधन गर्न आव्हान गर्नुभयो । समाजवाद अध्ययन केन्द्र धनकुटाले प्रकाशन गरेको उक्त पुस्तकमा पार्टीका सम्मानित नेता झलनाथ खनाल,उपाध्यक्ष घनेन्द्र वस्नेत,महासचिव डा.वेदुराम भुसाल,उपमहासचिव डा. विजय पौडेल,राजनितिक विश्लेषक हरी रोक्का, कानुनविद युवराज संग्रौला,विश्लेषक खगेन्द्र प्रसाई,केन्द्रीय सदस्य अशेष घिमिरे धनकुटा जिल्ला अध्यक्ष अर्जुन राई र अनुवादक करुणा पराजुलीका सामाग्रीहरू सङ्ग्रहि...