Saturday, July 11

राजनीति

ओलीले मलाई असफल पार्नेबाहेक अरु काम गरेनन् : प्रचण्ड
राजनीति, समाचार

ओलीले मलाई असफल पार्नेबाहेक अरु काम गरेनन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् ।   चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्ने बाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।  राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरे । राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भने, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो । पटक पटक प्रतिनिधिसभा विघटन गर्ने । र प्रचण्डलाई चैँ कसरी हुन्छ चितवनमा असफल पार्ने बाहेक प्रधानमन्त्रीका रुपमा मेरा सहअध्यक्ष (केपी ओली) को ...
प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा
राजनीति, समाचार

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । ‘प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्ष दलका नेताबीचको भेटवार्ता समसामयिक राजनीतिका बारेमा नै हुने हो । अरु धेरै कुरा थाहा हुने विषय होइन’, बजगाईंको भनाइ छ ।  एमालेले सरकारले प्रतिपक्षसँग सल्लाह नगरी विभिन्न कानुनहरु निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ ।...
नागरिकता विधेयकमा एमालेले भ्रम छर्दैछ : प्रचण्ड
राजनीति, समाचार

नागरिकता विधेयकमा एमालेले भ्रम छर्दैछ : प्रचण्ड

नेपालअखबार, चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् ।  ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याउँदा राष्ट्रघात भयाे भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने -'आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था यो विधेयकमा छ । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ । यसप्रति सम्पूर्ण नागरिक सचेत हुन आवश्यक छ । ' राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ने दुस्साहसलाई नेपाली जनताले असफल पार्ने प्रचण्डको दाबी छ ।...
उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ : सहरी मन्त्री मेटमणि चौधरी
राजनीति, समाचार

उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ : सहरी मन्त्री मेटमणि चौधरी

नेपालअखबार, काठमाडाैं । सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरुबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल, काठमाडौँद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता –२०७९ को उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘झमककुमारीले खुट्टाले त्यत्रा ग्रन्थ लेखेकी छिन् । अरुनिता कान्जिलाल पनि धेरै मेहनेत गरेरै चर्चित गायिका भइन् । लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मेहनेत गरेरै अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे । मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले ।’ बालबालिका असल संस्कारसहित अघि बढ्न जरुरी रहेको बताउँदै मन्त्री चौधरीले थपे, ‘तपाईँहरु असल बन्नुहुनेछ । उच्च संस्कारयुक्त बन्नुहुनेछ र भोलि गएर तपाईँहरु नै नेतृत्व गर्ने ठाउँसम्म पुग्नुहुनेछ ...
मुलुकको विकासका लागि समाजवादी क्रान्ति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल
राजनीति, समाचार

मुलुकको विकासका लागि समाजवादी क्रान्ति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

बुुटवल । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एंव पूूर्वप्रधानमन्त्री झलनाथ खनालले अब मुलुकका लागि समाजवादी क्रान्तिको आवश्यकता रहेको बताएका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीले सोमबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले मुलुकमा पूूँजीवादी क्रान्ति सम्पन्न भएकाले अब समाजवादी क्रान्तिका लागि तयार हुनुपर्ने बताएका हुन । उनले सामाजिक आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादको बाटोमा जानका लागि कम्यूूनिष्ट र क्रान्तिकारी पार्टीको आवश्यकता हुने बताए । उनले दक्षिणपन्थी अवसरवाद हावी भएका कारण कम्यूूनिष्ट आन्दोलनमा भ्रम भएको भन्दै अबको कम्यूनिष्ट केन्द्र नेकपा एकिकृत समाजवादी हुने दावी गरे । उनले दक्षिणपन्थी अवसरबादको दलदलबाट मुुक्त भएपछि सच्चा कम्यूूनिष्टहरु एकताबद्ध हुने समेत बताए । ‘हामीले दक्षिणपन्थी अवसरवादसँग विद्रोह गरेर पार्टी पुुर्न...
एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित
राजनीति, समाचार

एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित

नेपालअखबार, काठमाडौं । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।...
पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहुँ क्षेत्र नं. १ बाट नै चुनाव लड्ने
राजनीति, समाचार

पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहुँ क्षेत्र नं. १ बाट नै चुनाव लड्ने

नेपालअखबार, तनहुँ । नेपाल कम्युनिष्ट पार्टी एकृकीत समाजवादीका केन्द्रिय सदस्य एवंम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहुँ क्षेत्र नं. १ बाट नै चुनाव लड्ने बताएका छन् । म्याग्दे ३ किल्चोकमा भएको कार्यक्रममा उनले आफूले अघिल्लो पटक जितेको ठाँउबाट नै चुनाव लड्ने बताए । उनले ७४ मा चुनाव जितेको तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य गोविन्द भटराई, शंकर भण्डारी लगायत सत्ता गठबन्धनकै नेताहरुले उम्मेदवारी दिने घोषणा गरेका छन् । सत्ता गठबन्धनबीच सिट भागबण्डा हुँदा तनहुँ १ आफ्नो पार्टीले पाउने र आफू उम्मेदवार हुने श्रेष्ठको दाबी छ । ‘हामीले विद्रोह नगरेको भए, तपाईंको सभापति प्रधानमन्त्री बन्नुहुन्थ्यो ?, हामीले विद्रोह गरेकाले आज संविधान, लोकतन्त्र र संघीयता बचेको छ, हामीले विद्रोह गरेकाले त ३० सिट जितेको तपाईंको सभापति प्रधानमन्त्री बन्नु भएको छ,’ तनह...
फोहोर व्यवस्थापनमा सबै मिलौँ : सहरी मन्त्री चौधरी
राजनीति, समाचार

फोहोर व्यवस्थापनमा सबै मिलौँ : सहरी मन्त्री चौधरी

नेपालअखबार, काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर मैला व्यवस्थापनमा सबै पक्ष मिल्न जरुरी रहेको धारणा राखेका छन् । बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सन्चालनमा देखिएका स्थानीय समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् । फोहोर मैला व्यवस्थापनमा सरकारका तर्फबाट भइरहेका प्रयासबारे जनतालाई जानकारी दिनुपर्ने भन्दै मन्त्री चौधरीले भने, ‘स्थानीय जनता, जनप्रतिनिधि, काठमाडौँ, धादिङ र नुवाकोटका निर्वाचित सांसद, फोहोर व्यवस्थापन विज्ञहरु जम्मैको प्रयासमा समस्या समाधान गरौँ ।’ मन्त्री चौधरीले सांसद गगन थापा संयोजक रहनेगरि अनुगमन समिति बनाउने प्रस्ताव समेत गरेका थिए । मन्त्रीको प्रस्ताव लगत्तै सांसद थापाले काठमाडौँ, धादिङ र नुवाकोटका सांसदको भेलाबाट संयोजक तोक्न सकिने धारणा राखेका थिए ।मन्त्रालयले आयोजना गरेको बैठकले नेपवेस्ट सम्झौताम...
नेपाली नर्सलाई बेलायत पठाउने बाटाे खुल्याे, दुई देशबीच श्रम सम्झाैतामा हस्ताक्षर
राजनीति, समाचार

नेपाली नर्सलाई बेलायत पठाउने बाटाे खुल्याे, दुई देशबीच श्रम सम्झाैतामा हस्ताक्षर

नेपाल र बेलायतबीच जीटुजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको छ । आज (सोमबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुई देशका पदाधिकारीबीच बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने गरी श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर परेका छन् । हस्ताक्षर कार्यक्रममा श्रमसचिव अर्यालले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउन श्रम सम्झौता गरिएकाे बताए । यो नेपालका लागि राम्रो अवसर भएको उनले बताए । श्रम सम्झौताअनुसार चाँडै परीक्षा गराएर नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने उनले जानकारी दिए । यस्तै, नेपालका लागि बेलायती राजदूत पोलिटले बेलायतको श्रम ऐन र सोहीअनुसार सुविधा नेपाली नर्सले पाउने हस्ताक्षर कार्यक्रममा बताइन...
वाइसीएलको अध्यक्षमा सुबोधराज चयन
राजनीति, समाचार

वाइसीएलको अध्यक्षमा सुबोधराज चयन

नेपालअखबार, काठमाडाै । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, वाइसीएलको अध्यक्षमा सर्वसम्मत रूपमा सुवोधराज श्रीपाली चयन भएका छन्। काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली चयन भएका हुन्। वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन भएको वाइसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए। पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ। यसअघि वाइसीएल अध्यक्ष सुमन देवकोटा थिए।...