Thursday, July 9

राजनीति

सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ
राजनीति, समाचार

सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ

नेपालअखबार,  काठमाडौं।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ । आज मन्त्रालयमा समितिको प्रतिवेदन बुभ्mदै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सवै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो । सहकारीहरु मुल्य, मान्यता, सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले सहकारीहरु समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह समेत गर्नुभयो । मन्त्री श्रेष्ठले सहकारी अभियान र आन्दोलानलाई स्थापित गर्न र सहकारीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिन्छ भन्नेमा मन्त्रालय विश्वस्त रहेको बताउनु भयो । उहाँले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीह...
कला, संस्कृति भनेको देश चिनाउने गहना हो : अध्यक्ष नेपाल
राजनीति, समाचार

कला, संस्कृति भनेको देश चिनाउने गहना हो : अध्यक्ष नेपाल

विमल, विष्ट,  डोटी  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कला, संस्कृति भनेको देश चिनाउने एक गहना भएको बताउनु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालसाक्य बौद्व गुम्बाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृती र धर्मको संरक्षण तथा सम्बद्धन गर्न जरुरी छ ।” सोही अवसरमा बोल्नु हुँदै अध्यक्ष नेपालले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रबद्धधनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिहरुलाई जोगाएर राख्नु पर्ने धारणा राख्नु भयो । कला, संस्कृति विना मान्छेको जीवन अधुरो जस्तै हुने ...
अर्थमन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ लिए
राजनीति, समाचार

अर्थमन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ लिए

नेपालअखबार, काठमाडाैं । संसदीय छानबिन समितिबाट सफाइ पाएपछि पुनः अर्थमन्त्री नियुक्त भएका  जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ गराएकी हुन् ।
जनार्दन शर्मा पुर्न अर्थमन्त्रीमा नियुक्त हुँदै
राजनीति, समाचार

जनार्दन शर्मा पुर्न अर्थमन्त्रीमा नियुक्त हुँदै

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई पुनअर्थमन्त्री बनाउने निर्णय गरेको छ । माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो । शर्मालाई आजै शपथ गराउने तयारी गरिएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिनुभएको थियो । यसबारे छानबीन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो । समितिले शुक्रबार बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएको थियो ।...
डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, डाेटी।   एकीकृत समाजवादी डाेटि जिल्ला कमिटिकाे अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  माधवकुमार नेपालले वर्तमान समयमा देशभर  एमाले परित्याग गरेर  नेकपा (एकीकृत समाजवादी) मा प्रवेश  गर्ने क्रम बढ्दै  आएको बताए । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने  । फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको  बताए । उनले भने, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।” डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश  गरेका छन् ।  डाेटीकाे सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा 263 जनाले  एमाले परित्याग गरेका हुन् ।  नेकपा  एमाले पर...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
राजनीति, समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक  बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। यस्तै आजको बैठकमा अर्थमन्त्रीको बारेमा पनि छलफल हुनेछ। संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ। गत शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका तालिका हेरफेर गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो। प्रवक्ता महराका अनुसार मधेश प्रदेशमा साउन २९ मा तोकिएको बैठको भद...
समाजवादमा मात्रै पूर्ण मानवअधिकार: खनाल
राजनीति, समाचार

समाजवादमा मात्रै पूर्ण मानवअधिकार: खनाल

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए। ‘मलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ,’ उनले भने। उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरे। नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रूपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको जिकिर गरे। ‘समाजवादी पार्टी समाजको अ...
प्रेस सेन्टरमा पदाधिकारीको भिड : १९ जना उपाध्यक्ष, २७ जना सचिव
राजनीति, समाचार

प्रेस सेन्टरमा पदाधिकारीको भिड : १९ जना उपाध्यक्ष, २७ जना सचिव

नेपालअखबार, काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी टुंगो लागेको छ । यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन । १४ औं महाधिवेशन भएको आठ महिनापछि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हिजो (शुक्रबार)देखि जारी केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो । संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् । यसैगरी १९ जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव पनि चयन भएका छन् । हेर्नुहोस् प्रेस सेन्टरको पदाधिकारी सूची...
पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ : माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ : माधव नेपाल

नेपालअखबार, डाेटी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने । फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको  बताए । उनले भने, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।”  रासस...
हर्क साम्पाङलाई शहरी विकास मन्त्रीको निम्तो, योजना लिएर छिट्टै आँउदै साम्पाङ्ग
राजनीति, समाचार

हर्क साम्पाङलाई शहरी विकास मन्त्रीको निम्तो, योजना लिएर छिट्टै आँउदै साम्पाङ्ग

नेपालअखबार, धरान । शहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । शहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने–‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इनोसेन्ट र कमिटमेन्ट पाउँछु । मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन् ,हाँसोको विषय बनाउछन् । तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि ।’ हर्क साम्पाङबाट नेपाली समाजले मात्र नभएर अन्य समाजले पनि सिक्नुपर्ने भन्दै साम्पाङको खुलेरै प्रशंसा गरेका मन्त्री चौधरीले थपे, ‘मेयर साबले सुरु गर्नुभएका सबै योजनामा पुरै सहयोग गर्नेछु । खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु ।’ मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आउँ त मन्त्रीज्यू ? मन्त्री चौधरीले पनि छिट्टै आउन आग्रह गरे । धरा...