Monday, May 4

राजनीति

नेकपाले बोलायो सचिवालय बैठक
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपाले बोलायो सचिवालय बैठक

नेपाल अखबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा_ले सचिवालय बैठक बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनालले सोमबार बिहान साढे नौ बजेका लागि बैठक बोलाइएको बताए। सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ । कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए । ओली र प्रचण्डको सहमतिमा पार्टीभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो ।...
नेविसंघको माग पक्राउ परेका विद्यार्थी नेताहरुकाे रिहा
राजनीति, समाचार

नेविसंघको माग पक्राउ परेका विद्यार्थी नेताहरुकाे रिहा

नेपाल अखबार, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् । प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले संघका कार्यकर्तालाई झुठो मुद्दा लगाएर फसाउन खोजेको संघले आरोप छ । सत्ताको आडमा झुठा मुद्दा लगाएर संघका विद्यार्थीलाई फसाइएको अध्यक्ष राजीव ढुङ्गानाले बताए। त्रिविमा धर्मकान्त बाँस्कोटा उपकुलपति बनेपछि प्राज्ञिक थलोलाई नेकपा कार्यकर्ताको भर्ति...
नेकपाको विवाद मिलाउने कार्यदल गठन
राजनीति, समाचार

नेकपाको विवाद मिलाउने कार्यदल गठन

नेपाल अखबार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किएको विवाद समाधान गर्न गठित कार्यदल नै भागबण्डाका आधारमा बनाइएको छ । आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेका बेला शुक्रबार दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचको सहमतिमा ६ सदस्यीय कार्यदल बनाउने सहमति जुटेको हो । उक्त कार्यदलमा नेकपाभित्र शक्ति संघर्षमा फ्रन्टलाइनमा रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दुई–दुई जनाको प्रतिनिधित्व गराइएको छ । कार्यदलमा रहेका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल अध्यक्ष ओली पक्षका हुन् भने प्रचण्डपक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल रहेका छन् । त्यसैगरी नेता नेपालको समुहबाट कार्यदलमा नेता भीम रावल र सुरेन्द्र पाण्डे छन् । कार्यदलले आगामी चार दिनभित्र प्रस्ताव पेश गर्ने एक सदस्यले जानकारी दिए । उनका अनुसार...
ओलीले तोकेको पाँचदिने ‘काउन्ट डाउन’ आजैबाट सुरु
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

ओलीले तोकेको पाँचदिने ‘काउन्ट डाउन’ आजैबाट सुरु

नेपाल अखबार, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका विकल्पमाथि छलफल सुरु भएको हो । नौ दिनपछि संवादमा जुटेका ओली र प्रचण्डसँगको छलफलमा महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्धय शंकर पोखरेल र जनार्दन शर्मासमेत सहभागी रहेकाले मध्यमार्गी निकास आउने अपेक्षा नेताहरुले गरेका छन् । यसबीचमा ओली र प्रचण्डबीच झलनाथ खनाल तथा सुवास नेम्वाङलाई समेत राखेर छलफल भएको थियो । नेकपाका एक प्रभावशाली नेताका अनुसार अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर चै...
भारतीय मुलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार
राजनीति, विदेश

भारतीय मुलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार

नेपाल अखबार, एजेन्सि। क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई मंगलबार राष्ट्रपति पदका प्रत्यासी जो बाइडेनले उपराष्ट्रपतिका रुपमा उभ्याएका छन् । आफुले चुनाव जितेमा ह्यारिसलाई उपराष्ट्रपति बनाउने घोषणा उनले गरेका हुन् । आगामी चुनावमा रिपब्लिकनतर्फका प्रत्यासी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ७८ वर्षका बाइडेनले चुनौती दिदैंछन् । ५५ वर्षीया ह्यारिस अहिले सिनेट सदस्य छिन् । उनी यसअघि क्यालिफोर्नियाको महाधिवक्ता बनिसकेकी छिन् । अमेरिकी इतिहासमा यसअघि दुुई पटकमात्रै महिलाहरु उपराष्ट्रपतिको उम्मेदवार थिए । सन् १९८४ मा डेमोक्रेटिकबाट गेराल्डिन फेरारो र २००८ मा रिपब्लिकनबाट सारा पालिनलाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याइएको थियो । तर, यी दुुबै अवसरमा आफ्नो पार्टी पराजित भएकाले उनीहरुले सफलता हासिल गरेनन् । तमिलनाडुकी आमा र अफ्रिकन पिता कमला ह्यारिसको पहिचान भारतीय–अमेरिकनका रुपमा छ । उनकी ...
प्रधानमन्त्रीको सचिवालयले जसपाले प्रयोग गरेको भाषा प्रति निन्दा र खेद प्रकट
राजनीति, विचार, समाचार

प्रधानमन्त्रीको सचिवालयले जसपाले प्रयोग गरेको भाषा प्रति निन्दा र खेद प्रकट

नेपाल अखबार, काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रयोग गरेको भाषा र शैली अशिष्ट र पूर्वाग्रही, दुराशयपुर्णभएको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले निन्दा र खेद प्रकट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै जसपाले प्रयोग गरेको भाषा शैलीलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापनको संज्ञा दिएका छन् । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठकपछि आइतबार जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको आरोप लगाइएको छ । प्रधानमन्त्रीको तर्फबाट जारी प्रेस नोटमा ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस...
बिहारका मुख्यमन्त्रीले मोदीलाई भने – बाढी नियन्त्रणमा नेपालले सहयोग गरेन
राजनीति, विदेश, समाचार

बिहारका मुख्यमन्त्रीले मोदीलाई भने – बाढी नियन्त्रणमा नेपालले सहयोग गरेन

नेपाल अखबार, एजेन्सि। बिहारका मुख्यमन्त्री नीतिश कुमारले बाढी नियन्त्रणका लागि नेपालले सहयोग नगरेको आरोप लगाएका छन्। विभिन्न राज्यमा आएको बाढीको बारेमा छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको भर्चुअल मिटिङमा उनले बाढी नियन्त्रणमा नेपालले सहयोग नगरेको आरोप लगाएका भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ। ‘नेपालका विभिन्न क्षेत्रमा भिषण वर्षाको कारण उत्तरी बिहारमा बाढीले नराम्रोसँग क्षति पुर्यावएको छ’, मोदीसँग नीतिशकुमारले भने, ‘नेपाल र भारतबीच भएको सम्झौताअनुसार बिहारको जलस्रोत विभागले सीमा क्षेत्रमा बढी व्यवस्थापनको कार्य गर्दै आएको छ। तर विगत केही वर्षदेखि यस विषयमान नेपालले पूर्ण रुपमा सहयोग प्राप्त गर्न सकेका छैनौं।’ मोदीले बाढीको विषयमा छलफल गर्न आसाम, बिहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक र केरलाका मुख्यमन्त्रीहरुको बैठक राखेका थिए। बिहारमा डुबानको राम्रो व्यवस्थ...
हवाई उडान र लामो दूरीका यातायात भदौ १५ सम्म नचल्ने
राजनीति, समाचार

हवाई उडान र लामो दूरीका यातायात भदौ १५ सम्म नचल्ने

नेपाल अखबार, काठमाडाैं । सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदाै १५ सम्म हवाई उडान र लामाे दूरीका सवारी साधन नखाेल्न सरकारलाई सिफारिस गरेकाे थियाे। तर काठमाडाै‌ं उपत्यका लगायत देशैभरी काेराेना संक्रमण बढ्दै गएकाे भन्दै भदाै मसान्तसम्म नै नखाेल्ने निर्णय गरिएकाे एक मन्त्रीले जानकारी दिए। सीसीएमसीले अन्तरजिल्ला सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो । यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदाै १ देखि ती क्षेत्र सूचारु गर्ने निर्णय गरेकाे थियाे। यस्तै संस्कृति, पर्यटन त...
देउवाद्वारा पार्टीका विभागमा ४५७ जनालाई मनोनयन
राजनीति, विचार, हाइलाइट-समाचार

देउवाद्वारा पार्टीका विभागमा ४५७ जनालाई मनोनयन

नेपाल अखबार, पाेखरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४५७ जनालाई मनोनयन गरेका छन्। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन्। नेपाली कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरेको बताइएको छ। मनोनितहरुको सूचिः...
जयशंकरको अभिव्यक्तिबारे सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध : माधव नेपाल
राजनीति, विचार, समाचार

जयशंकरको अभिव्यक्तिबारे सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध : माधव नेपाल

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै बोलेको ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने भनाइको समेत जयशंकरले खण्डन गरेको नेता नेपालले उल्लेख गरेका छन् । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन भनेर स्पष्ट रुपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद रहकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध गर्दछु’ नेता नेपालले ट्विटरमा लेखेका छन् । नेपालमाथि नाकाबन्दी गर्ने बेलामा भारतीय विदेश सचिव रहेका जयशंकरले तथ्यहीन धारणा ...