कोभिड संक्रमणदर बढेपछि बस्यो सिसिएमसी बैठक
नेपालअखबार, पोखरा । कोभिडको संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ । यसका लागि बिहीबार प्रदेशस्तरीय कोभिड १९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ । समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ ।
बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलहरूका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन समन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
कोभिड १९ संक्रमणको पछिल्लो अवस्था र सो को तयारी तथा प्रतिकार्यका अतिरिक्त संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स...









