Tuesday, July 7

राजनीति

जारी स्थायी कमिटीको निरन्तरता नभई यो बहुमत सदस्यको बैठक हो : प्रचण्ड
राजनीति, विचार, समाचार

जारी स्थायी कमिटीको निरन्तरता नभई यो बहुमत सदस्यको बैठक हो : प्रचण्ड

नेपाल अखबार, काठमाडाैं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी स्थायी समितिको निरन्तरता नभई बहुमत सदस्यहरुको बैठक भनी बालुवाटारमा बैठक सञ्चालन गरेका छन्। पार्टीमा दुर्घटना हुन नदिन त्यसो गरिएको प्रचण्डले सो बैठकमा जानकारी गराएका छन्। ‘त्यहि बैठकको निरन्तरता भन्दा दुर्घटना हुनसक्ने संभावना भएकोले त्यसो नभनी बहुमत सदस्यहरुको बैठक भनौं भनी अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गर्नुभएको छ,’ सहभागी एक स्थायी समिति सदस्यले भने, ‘अध्यक्ष ओलीले दुई अध्यक्षात्मक प्रणालीमाथि धावा बोल्नुभयो, उहाँले जसरी स्थगित गर्नुभयो त्यो बैधानिक छैन भनी प्रचण्डले भन्नुभयो।’ प्रचण्डले ओलीसँग ‘बैठक नरोकौं, कोभिड–१९ बारे छलफल गरौं, भोली सचिवालय बैठक गरेर फेरि नयाँ ढंगबाट संवाद थालौं’ भनी प्रस्ताव गर्दा ओली त्यसका लागि तयार नभएको उनले बैठकमा जानकारी गराएका थिए। ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भनी प्रच...
गण्डकी प्रदेशसभाको बैठक  स्थगित
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशसभाको बैठक स्थगित

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगित भएको छ । संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै काँग्रेसले सोमबार पनि बैठक बहिस्कार गरेको थियो । मंगलबार सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गरे लगत्तै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । काँग्रेसले बैठक बहिस्कार गरेपछि सभामुख अधिकारीले पटक–पटक बस्न आग्रह गरेका थिए । सहमति जुटाउनको लागि कार्यदल गठन गरिए पनि सहमति जुट्न नसकेको भन्दै उनले संकल्प प्रस्तावलाई साझा प्रस्ताव बनाउन खोजी रहेको बताए । सभामुख अधिकारीले सहमतिमा ल्याउने कोसिस गरे पनि विपक्षी दलका नेताहरुले नमानेपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए । सभाको अर्को बैठक साउन १६ गते दिनको  १ बजे बस्ने छ ।...
वामदेवको नयाँ प्रस्ताव : महाधिवेशनसम्म ओली नै अध्यक्ष, पाँचै वर्ष प्रधानमन्त्री
राजनीति, समाचार

वामदेवको नयाँ प्रस्ताव : महाधिवेशनसम्म ओली नै अध्यक्ष, पाँचै वर्ष प्रधानमन्त्री

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव पेस गरेका छन्। मंगलबार उपाध्यक्ष गौतमले महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी नयाँ प्रस्ताव ल्याएका हुन्। पछिल्लो समय प्रचण्ड–माधव समूहमा रहेका उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको अनुकूल हुनेगरी प्रस्ताव ल्याएका हुन्। ‘पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राखेको प्रस्ताव’ शीर्षकमा उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव गरेका हुन्। गौतमको पहिलो प्रस्ताव केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ भने दोस्रो प्रस्ताव प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने रहेको छ। उपाध्यक्ष...
भारतले कालापानीमा नेपालीलाई प्रवेश  नदिने
राजनीति, समाचार

भारतले कालापानीमा नेपालीलाई प्रवेश नदिने

नेपाल अखबार, काठमाडौँ । भारतको धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशलाई रोक लगाउन निर्देशनात्मक पत्र जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई पत्राचार गर्दै उनले नेपालीको प्रवेश रोक्न भनेका हुन् । एक हप्ताअघि नेपाली प्रशासनलाई दिइएको पत्रमा भनिएको छ, ‘विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्, अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनुहोला ।’ दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजकुमार सिंहले पत्र प्राप्त भएको पुष्टि गरे । ‘अहिले त्यस क्षेत्रमा मुभमेन्ट बढेपछि पत...
सरिता गिरीको बर्खास्तीपछि सिटौला बनिन् सांसद
राजनीति, विचार, समाचार

सरिता गिरीको बर्खास्तीपछि सिटौला बनिन् सांसद

नेपाल अखबार, काठमाडौं । समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन् । समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेसँगै उनको ठाउँमा सिटौला सांसद बनेकी हुन् । तत्कालीन समाजवादी पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा गिरीपछि सिटौलाको नाम थियो । सोही आधारमा निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । यसअघि गिरीले संविधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टी हितविपरितको गतिविधि गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च गएको भएपनि सर्वोच्चले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।...
यतिखेर नेकपालाई विभाजन हुने छुट छैन : देव गुरुङ
राजनीति, विचार, समाचार

यतिखेर नेकपालाई विभाजन हुने छुट छैन : देव गुरुङ

नेपाल अखबार, काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक गुरुङले नेकपा फुट्दा राष्ट्रियता नै संकटमा पर्ने बताए। पार्टीभित्र कमी कमजारी रहेको स्वीकार गर्दै उनले ती कमीकमजोरीलाई सुधार गरेर एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए। अध्यक्ष प्रचण्डको एमाले दल दर्तामा अर्का अध्यक्ष केपी शर्मा ओलीको पहल र सक्रियता रहेको भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै दल दर्ताको प्रक्रिया अगाडि बढेको कुरा सत्य भएको बताए। उनले त्यसमा को–को सहभागी थिए भन्ने कुरा अध्यननको विषय भएको र अध्यक्ष प्रचण्डले अध्ययन गरेरै बोलेको उनको भनाइ थियो। ‘दल दर्ता भएको कुरा यो फ्याक्ट हो। त्यसका लागि को–को सक्रिय थिए? को–को सक्रिय थिएनन्? भन्ने कुरा छलफल...
पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः गोकुल बाँस्कोटा
राजनीति, विचार, समाचार

पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः गोकुल बाँस्कोटा

नेपालअखबार, काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता  गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा  एकतामा स्थायित्व नहुने बताएका छन्। नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र  जनताले पनि साथ दिँदैनन् भने। सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे । उनले प्रश्न गने, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?” बाँस्कोटाले  देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताए। उनले भने, “जननेता मदन...
केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो : प्रचण्ड
राजनीति, विचार, समाचार

केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो : प्रचण्ड

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गरेका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड अर्का अध्यक्ष ओलीमाथि आक्रमक देखिए । पार्टीमा अब के हुन्छ ? महाधिवेशन हुन्छ कि हुन्न ? पार्टी विभाजन त हुने होइन भन्ने आम कार्यकर्ताको जिज्ञासाप्रति जानकार रहेको भन्दै उनले केही प्रश्न उठाएका छन् । कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वमा चल्ने र व्यक्तिगत जिम्मेवारी लिएर हिँड्नुपर्ने भन्दै उनले भने, ‘हामी सामूहिक नेतृत्वमा चल्न सक्यौं कि सकेनौं भनेर हेर्ने हो, दुई वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन । जबकि ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्...
अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’  नेता नेपाल
राजनीति, विचार, हाइलाइट-समाचार

अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ नेता नेपाल

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवस आज मनाइँदै छ । वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतमा भएको थियो । पुष्पलालले २००६ साल भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनको स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई थप एकताबद्ध बनाउनु नै पुष्पलालप्रति सच्चा सम्मान हुने बताएका छन् ।नेकपाका वरिष्ठ नेता  एवम्  पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली जनताको मुक्तिका लागि आजीवन समर्पित, सामन्तवाद तथा निरंकुशताका विरुद्धको संयुक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा उहाँलाई सम्मानपूर्वक स्मरण गर्द...
आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवस
राजनीति, विचार

आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवस

नेपाल अखबार, पाेखरा। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम भने तय भएकाे छैन । पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरे । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेर...