Saturday, August 8

राजनीति

निर्वाचन अघि नै प्रतिनिधिसभा पुनर्स्थापना भए स्वीकार्य हुन्छ : कांग्रेस
राजनीति, समाचार

निर्वाचन अघि नै प्रतिनिधिसभा पुनर्स्थापना भए स्वीकार्य हुन्छ : कांग्रेस

नेपालअखबार, काठमाडाैँ । नेपाली कांग्रेसले निर्वाचनअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला आएमा त्यसलाई स्वीकार गर्ने बताएको छ । सोमबार निर्वाचनका लागि समानुपातिक बन्द सूचीको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सो कुरा बताएका हुन् । उनले कांग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको उल्लेख गर्दै त्यसअघि नै अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्वीकार गरेर अघि बढ्ने स्पष्ट पारे । उनले नयाँ राजनीतिक शक्तिहरु बिचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको समेत बताए । नेता विश्वकर्माले भने, ‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौँ । आज बन्द सूची बुझाउन आउँदैछौ । केही समय पछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छाै । तर यो बिचम...
कांग्रेसले पारित गर्‍यो समानुपातिक बन्दसूचीमा राख्ने ११० जनाको नाम
राजनीति, समाचार

कांग्रेसले पारित गर्‍यो समानुपातिक बन्दसूचीमा राख्ने ११० जनाको नाम

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीको बन्दसूचीमा राख्ने ११० जनाको नाम केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिले नाम पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘११० जनाको नामावली पठाउँछौँ । त्यो कार्यसम्पादन समिति बैठकबाट पारित भएको छ,’ डा. महतले भने, ‘प्राविधिक विषय मिलाएर आयोगमा बन्दसूची बुझाउँछौँ ।’ उनले पुराना योगदान गरेका र अवसर नपाएकालाई सूचीमा समावेश गरिएको जानकारी दिए ।सबै जिल्लालाई समेट्ने कोसिस गरिएको र पहिला समानुपातिकमा अवसर पाएकालाई सूचीमा नराखिएको प्रवक्ता डा. महतले बताए । यसअघि प्रत्यक्ष निर्वाचन जितेर सांसद भएका भने सूचीमा रहेको महतले बताए ।...
कैलालीमा थपिए १२ मतदान केन्द्र, मतदाता सङ्ख्या साढे ५ लाख नाघ्यो
राजनीति, समाचार, समाज

कैलालीमा थपिए १२ मतदान केन्द्र, मतदाता सङ्ख्या साढे ५ लाख नाघ्यो

नेपालअखबार, कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाताको सङ्ख्या बढेपछि निर्वाचन आयोगले केन्द्र थप गर्ने निर्णय गरेको हो। अघिल्लो निर्वाचनमा ६२९ मतदान केन्द्र रहेकामा यस पटक १२ वटा थपिएर कुल ६४१ केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। जिल्लामा मतदानस्थल भने साविककै २३७ वटा नै कायम रहनेछन्। कैलालीमा यस वर्ष १६ हजार ७०८ जना नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा ५ लाख ३४ हजार ३४४ मतदाता रहेकामा यस वर्ष कुल मतदाताको सङ्ख्या ५ लाख ५१ हजार ५२ पुगेको छ। कुल मतदातामध्ये २ लाख ८० हजार २४३ महिला, २ लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य रहेका छन्। मतदाताको चाप र सुगमतालाई मध्यनजर गर्दै केन्द्रहरू थप गरिएको कार्यालयले जनाएको छ। पाँचवटा नि...
नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने
राजनीति, समाचार

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले यसपालि समानुपातिकतर्फ नयाँ अनुहार पठाउने भएको छ। पार्टी शीर्ष नेत‌ृत्व तहमै सहमति गरी यसपालिको समानुपातिक सूचीमा नयाँ अनुहार पठाउने निर्णय भएको एक नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जानकारी दिएको छ। सहमति अनुसार यसअघि सांसद र राष्ट्रिय सभा सदस्य भएकाहरू समानुपातिक सूचीमा पर्ने छैनन्। समानुपातिक उम्मेदवारको बन्द सूची पठाउने आज अन्तिम दिन हो। नेकपाका शीर्ष नेताहरू सूची तयार पार्ने काममा व्यस्त छन्। निर्वाचन आयोगले सोमबार अपराह्न ४ बजेसम्म सूची बुझाउन भनेको छ।...
एमालेले भोलि निर्वाचन आयाेगमा बन्दसूची बुझाउने
राजनीति, समाचार

एमालेले भोलि निर्वाचन आयाेगमा बन्दसूची बुझाउने

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार  निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै एमालेका सचिव महेश बस्नेतले यस्तो बताएका हुन् । बस्नेतले भनेका छन्– बैठकका अध्यक्षबाट प्रस्तुत सबै नाममा आएका सुझाव समेटेर फेरि उहाँले नै टुङ्गाएर भोलि आयोगमा पेस गर्ने निर्णय भयो ।’...
बर्दियाबाट वामदेव गौतमसहित नेकपाका ६ जना सिफारिस
राजनीति, समाचार

बर्दियाबाट वामदेव गौतमसहित नेकपाका ६ जना सिफारिस

नेपालअखबार,  बुटवल । नेकपा (नेपाली कम्युनिस्ट पार्टी) ले बर्दियाको निर्वाचन क्षेत्र नम्बर १ बाट वामदेव गौतमसहित ६ जनाको नाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सिफारिस गरेको छ । पार्टीले जिल्लाको क्षेत्र नम्बर १ बाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतम, पूर्व गृहमन्त्री शक्ति बस्नेत, अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय उपाध्यक्ष रेशम अधिकारी, तथा नेताहरू सन्तबहादुर थारु, इन्दिरा सुवेदी र बालकृष्ण खनालको नाम सिफारिस गरेको छ । यसैगरी पार्टीले बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ नेताहरू दुर्गाबहादुर थारु, लोकराज जैसी, सुरेश पन्त, चिन्तामणि आचार्य, बमबहादुर रावल र सञ्जय थारूसहित ६ जनाको नाम सिफारिस गरेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बर्दियाबाट बुद्धिबहादुर अधिकारी, बैजनाथ झा, भुवनकुमार थारू, अमर कामी, अतिक अहमत सिद्धिकी र...
आयोगमा राष्ट्रिय सभा चुनाव लक्षित सुरक्षा ब्रिफिङ
राजनीति, समाचार

आयोगमा राष्ट्रिय सभा चुनाव लक्षित सुरक्षा ब्रिफिङ

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगको कार्यालयमा सुरक्षा निकायका प्रतिनिधिहरू बोलाएर छलफल गरिएको छ । आयोगले चार वटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर आाइतबार आयोगमा करिब १ घण्टा सुरक्षाबारे ब्रिफिङ लिएको हो । ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । त्यसैमा आधारित रहेर आयोगले आज छलफल गरेको हो । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव रामेश्वर दंगाल, रक्षा सचिव केदारनाथ शर्मा, नेपाली सेनाका रथी प्रदीपजंग केसी, नेपाल प्रहरीका एआईजी उमा चतुर्वेदी, सशस्त्रका एआईजी गणेश ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभागका एआईजी ओम जोशी छलफलमा सहभागी थिए । यही १६ पुसदेखि सात वटै प्रदेश कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय राखेर राष्ट्रिय सभाको निर्वाचन तयारी सुरु गरिँदैछ ।...
आजदेखि दुई दिनभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने
प्रशासन, राजनीति, समाचार

आजदेखि दुई दिनभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ को आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय आइतबारदेखि सुरू भएको छ। दलहरूले आइतबार र सोमबार गरी दुई दिनभित्र समानुपातिक उम्मेदवारको बन्द सूची पेस निर्वाचन आयोगमा पेस गरिसक्नुपर्नेछ। उम्मेदवारको बन्द सूची पेस गर्दा ऐनले तोकेबमोजिम विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गर्न आयोगले दलहरूलाई भनिसकेको छ। आयोगले दुई दिन अपराह्न ४ बजेसम्म कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जनाएको छ। आयोगले साथै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्व...
रवि लामिछाने र बालेन शाहबीच भएको बृहत एकता सम्बन्धी ७ बुँदे सहमति यस्तो छ
राजनीति, समाचार

रवि लामिछाने र बालेन शाहबीच भएको बृहत एकता सम्बन्धी ७ बुँदे सहमति यस्तो छ

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ। सहमतिमा बालेन शाह प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार हुने भएका छन्। रवि लामिछाने भने पार्टीको सभापति हुने भएका छन्। हस्ताक्षर कार्यक्रममा रास्वपाका स्वर्णिम वाग्ले , डिपि अर्याल,  शिशिर खनाल,  असिम शाह र बालेन शाह पक्षका कुमार बेन,  केपी खनाल, निश्चल बस्नेत, भूपदेव शाह, सुदीप ढकाल लगायत उपस्थित थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन्द्र शाह बीच 'बृहत् एकता' सम्बन्धी सहमति सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीति...
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक सूचीलाई अन्तिम रूप दिने तयारी
राजनीति, समाचार

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक सूचीलाई अन्तिम रूप दिने तयारी

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आज  बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको एक नेताले जानकारी दिए । आकांक्षीहरुको नाम संकलन गरेर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारिसकेको बताइएको छ । बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुन सक्ने ती नेताको भनाइ छ ।...