एमसीसी इस्ट इण्डिया कम्पनीको आधुनिक रुप हो : नेता पोख्रेल
नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीति (आईपीएस) को अभिन्न अंग भएकाले यसको खारेजी गर्नुपर्ने बताएका छन् । एमसीसी परियोजना लागु भएमा नेपालको संविधानलाई नै निष्क्रिय बनाउने भएकोले यसलाई खारेज गर्नु पर्ने उनले बताएका हुन् ।
त्यस्तै अमेरिकी अनुदान सहयोग एमसीसी नयाँ इष्ट इण्डिया कम्पनीको नयाँ (आधुनिक) रुप भएको पनि दाबी गरे । उनले भने, हिजो जसरी ब्रिटिसहरुले भारतमा ३०० बर्ष शासन गरे त्यसरी नै एमसीसीले पनि नेपाललाई उपनिबेश बनाउने छ ।
यसका दफा २.८ मा कुनै पनि विदेशी कर्मचारीहरुलाई कर नलाग्ने, दफा ३.२ (च) मा एमसीसी परियोजनाको सम्पुर्ण बौद्धिक सम्पत्ति अमेरिकाको हुने, परियोजना निर्माण पछिको सक्कली डकुमेण्ट अमेरिकालाई बुझाउनु पर्ने, लेखा रिपोर्ट नेपालले गर्न नपाउने, त्यस्तै एमसीसीको प्रावधानमा अमेरिकी सुरक्षा ...
