Monday, August 10

राजनीति

मधेशको सत्ता समीकरण प्रभाव अन्य प्रदेशमा पनि देखिन्छ : प्रचण्ड
राजनीति, विचार, समाचार

मधेशको सत्ता समीकरण प्रभाव अन्य प्रदेशमा पनि देखिन्छ : प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने दाबी गरेका छन् । शनिबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको जिकिर गरे । साथै, मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिने दाबी उनको थियो । ‘मधेशले अहिले भर्खरै पनि परम्परागत तथाकथित समीकरणको पछि नलागेर मधेश सरकार बनाउने बेलामा नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दल र नेपाली कांग्रेस समेत बनेर नयाँ सरकार बनेको छ । केही वर्षदेखिको समीकरण तोडिएको छ । र नयाँ समीकरणको सुरुवात पनि मधेशबाटै भएको छ,’ उनले भने, ‘मधेशबाट देखिएको यो सन्देश देशका बाँकी प्रदेशमा पनि अघि बढ्नेछ ।’ मुलुकमा गणतन्त्र स्थापीत भएपछि पनि जन...
नेकपाप्रति ‘जेनजी’ पुस्ताको आकर्षण बढेको छ : माधवकुमार नेपाल
राजनीति, समाचार

नेकपाप्रति ‘जेनजी’ पुस्ताको आकर्षण बढेको छ : माधवकुमार नेपाल

नेपालअखबार,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताले पनि नेकपामाथि विश्वास गरेको दाबी गरेका छन्। जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै  थुप्रै जेनजी पुस्ताका नेताहरू पार्टीमा जोडिएको बताए। उनले देशभर जेनजी युवाको आकर्षण नेकपाप्रति बढेको दाबी गर्दै नेपाली जनताको अधिकार पूरा गराउन नेकपा अगाडि बढिसकेको बताए। पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले जेनजी पुस्ताको माग जायज भएको र ती मागहरू पूरा गराउन नेकपा निर्माण भएको बताए। उनले नेपाललाई समृद्ध बनाउन सबै एकीकृत हुनुपर्ने कुरामा जोड दिए। उनले सिरहा र जनकपुर आफ्नो मामाघर रहेको बताउँदै धनुषा जिल्लाको गाउँगाउँबारे आफूलाई जानकारी रहेको बताए। नेपालले नेकपाले मधेशको मुक्तिका लागि सङ्घर्ष गर्दैछ र यसले नै मुक्ति दिलाउने विश्वास गर्न आग्रह गरे। उनले ज्येष्ठ नागरिक, दलित र मुस्लिमका ...
समाजवाद स्थापनाका लागि सबै कम्युनिस्टहरू एक हुनुपर्छ–झलनाथ खनाल
राजनीति, समाचार

समाजवाद स्थापनाका लागि सबै कम्युनिस्टहरू एक हुनुपर्छ–झलनाथ खनाल

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापनाका लागि सबै कम्युनिस्ट एकैठाउँमा आउनुपर्ने बताएका छन् । २०६२/०६३ मा भएको जनआन्दोलन पुँजीवादी आन्दोलन भएको र त्यो आन्दोलनले मजदुर र श्रमिकको अधिकार सुनिश्चत गर्न नसकेको उनले बताए । जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै देशमा जति आन्दोलन भए पनि उत्पीडित जनसमुदायमाथि विभेद नहटेको उनले बताए । पुँजीवादी लोकतन्त्र विश्वमै थोत्रो भइसकेकाले नेकपा समाजवादी लोकतन्त्रका लागि अगाडि बढिसकेको उनको भनाइ थियो । त्यसका लागि देशका सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता गर्न आफूहरू लागेको उनले बताए । 'नेपाली विशेषताको समाजवाद स्थापना गर्न पुँजीपतिहरूसँग साँठगाठ गरेर हुँदैन, आमजनतासँग मिलेर मात्र सम्भव छ,' उनले भने, 'यो धर्तीको स्वर्ग हो, समान्ती शासकहरूले यसलाई गरिबहरूको देश बनाए ।' उनले देशमा सबै कम्...
नागरिकको मुहारमा खुशी ल्याउने विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल
राजनीति, समाचार

नागरिकको मुहारमा खुशी ल्याउने विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गरे । नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रुपान्तरण गर्दै लैजान जरुरी रहेको पनि बताए । ‘लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने संस्कार र शैली हो । यो लोकहितमा समर्पित हुने असल आचरण  र चरित्र पनि हो,’ उनले भने, ‘यो मर्म र भावना बुझेर अघि बढ्ने नेतृत्व र जनप्रतिनिधिको दृढ इच्छाले मात्र भौतिक विकाससँगै नागरिकको मुहारमा खुशी ल्याउन र व्यवस्थाप्रति भरोसा जागृत गराउन सक्छ ।’ संविधानले स...
जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा
राजनीति, समाचार, हाइलाइट-समाचार

जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा

नेपालअखबार,जनकपुर । नेपाली कम्युनिस्ट पार्टीले शनिबार जनकपुरमा एकता सन्देश सभा गरिरहेको छ। एकताको सन्देशका लागि सातै प्रदेशमा सभा गरिरहेको नेकपाले शनिबार मधेस प्रदेश स्तरीय सन्देश जनकपुरमा गरेको हो। सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन्। सभामा ठूलै संख्यामा नागरिक र कार्यकर्ताको उपस्थिती छ। तस्बिरहरूः ...
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
राजनीति, समाचार

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ । उक्त कार्यदलमा डा वाग्लेसँगै केन्द्रीय सदस्यहरू डा अरनिको पाँडे, डा नन्दन यादव र क्रान्तिशिखा धिताल छिन् । योसँगै रास्वपाले निर्वाचनलक्षित गतिविधि पनि तीव्र बनाएको छ । रास्वपाले निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधिसँगै प्रचारप्रसारलाई थप सक्रिय बनाएको हो । पार्टीले हाल अधिवेशन, सङ्गठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिन आह्वान गरिरहेको छ । स...
एमाले महाधिवेशन- प्रतिनिधि छनोटको विषयलाई लिएर च्यासलमा हात हालाहाल
राजनीति, समाचार

एमाले महाधिवेशन- प्रतिनिधि छनोटको विषयलाई लिएर च्यासलमा हात हालाहाल

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद भएको छ। आज दिउँसो एमाले मुख्यालयमा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रतिनिधि चयनलाई लिएर तनाव सिर्जना भएको हो। महासंघकी सचिव मन्दिरा श्रेष्ठका अनुसार अध्यक्ष पासाङ शेर्पा पक्षधरले एकलौटी ढंगले प्रतिनिधि चयन गरेका थिए। त्यस विरोधमा असन्तुष्ट समूह उजुरी लिएर केन्द्रीय संगठन विभागमा पुगेको थियो। त्यही क्रममा पासाङ शेर्पा पक्ष ध्यानाकर्षण गराउन भन्दै संगठन विभागमै पुगेको थियो। दुवै पक्षबीच भनाभन भइरहेका बेला युवा संघका नेता मंगल थापाले आफूहरूमाथि हातपात गरेको श्रेष्ठको भनाइ छ। ‘पासाङ शेर्पा पक्षले महासचिव पेम्बा भोटेलाई कारबाही गरेको बताउँदै उपमहासचिव देवराज राईलाई कार्यवाहक महासचिव तोकेको छ, उनैको नेतृत्वमा अवैधानिक ढंगले बैठक नै नराखी महाधिवेशनका लागि ७ जना प्रतिनिधि...
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
राजनीति, समाचार

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

नेपालअखबार,काठमाडौं । आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको हो । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।...
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
राजनीति, समाचार

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

नेपालअखबार, काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल हुने कार्यतालिका रहेको छ ।
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
राजनीति, समाचार

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

नेपालअखबार,काठमाडौँ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ बजे बस्नेछ । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन । राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ । निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छन् । शुक्रबार भने सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।...