Tuesday, August 11

राजनीति

नेपालले ओलीलाई लक्षित गर्दै भने- सातो गएको हुनसक्छ, होस् नगुमाउनू
राजनीति, विचार, समाचार

नेपालले ओलीलाई लक्षित गर्दै भने- सातो गएको हुनसक्छ, होस् नगुमाउनू

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण केहीको सातो गएको टिप्पणी गरेका छन् । बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको टिप्पणी गरे । आफूहरूको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए । आफूहरूलाई धन्यवाद दिन प्रश्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ छ । ‘एकताको प्रक्रिया अघि बढिरहेको छ । एकताको यो अभियान अघि बढिरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिस्ट आन्दोल...
कुराले चिउरा भिज्दैन : प्रकाश ज्वाला
राजनीति, समाचार

कुराले चिउरा भिज्दैन : प्रकाश ज्वाला

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रुपमा अहिले एकताबद्ध भएको आफ्नो दल रहने जिकिर गरेका छन् । यही कात्तिक १९ गते विभिन्न १० वटा कम्युनिस्ट घटकबीच भएको एकता र आज भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको एकता कम्युनिस्ट आन्दोलनकै मूल प्रवाह भएको दाबी गरे । ‘१९ गतेको वृहत कार्यक्रम र आजको अर्को वृहत कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीलाई एकता गर्ने काममा माइलस्टोनका रुपमा रहनेछन्,’ ज्वालाले भने, ‘कम्युनिस्ट पार्टीका बीचमा एकताको प्रक्रिया दृढताका साथ अघि बढ्नेछ । नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रुपमा नेपाली कम्युनिस्ट पार्टी रहनेछ ।’ सो क्रममा उनले मदन भण्डारीले भनेको भनाइ स्मरण गरे ।‘मदन भण्डारीले भन्नुहुन्थ्यो–कुराले चिउरा भिज्दैन भनेर । त्यसैले हामीले वाम एकताका कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने कु...
भीम रावल: नेकपाको पहिलेको एकता नटिक्नुमा ओलीको सत्तालिप्सा मुख्य कारण
राजनीति, समाचार

भीम रावल: नेकपाको पहिलेको एकता नटिक्नुमा ओलीको सत्तालिप्सा मुख्य कारण

नेपालअखबार,काठमाडौं ।  नेकपा (एमाले) को सौराहा महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि एमालेबाट बाहिरिएका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्। एमाले त्यागेर मातृभूमि जागरण अभियान नेपालको संयोजक बनेका रावललाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले राष्ट्रिय सभागृहमा पार्टीमा स्वागत गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने क्रममा नेता रावलले 'मातृभूमि जागरण अभियान नेपाल' नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको घोषणा गर्दै विगतको एकीकरण, विभाजन र त्यसको तिक्त अनुभवको स्मरण गरेका छन्। त्यसक्रममा रावल एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सदा झैं आक्रामक रूपमा पेस भएका थिए। ‘हामी सबैले पछाडि फर्केर हेरौं, त्रुटिहरू के हुन्, के के भए?,’ उनले भने, ‘जसले विगतका गल्ती कमजोरीलाई महसुस गरेर इ...
मधेस सरकार गठनविरूद्धको रिटमा छलफलका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई
राजनीति, समाचार

मधेस सरकार गठनविरूद्धको रिटमा छलफलका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई

नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनविरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कात्तिक ३० गते अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको हो। त्यस्तै मुख्यमन्त्री नियुक्ति सम्बन्धी कात्तिक २३ गतेको निर्णयसँग सम्बन्धित सबै कागजातहरू त्यसदिन ल्याउन पनि भनिएको छ। उक्त कागजातहरू भने फिर्ता लैजाने गरी झिकाउन भनिएको छ। त्यसैगरी यस विषयमा के कस्तो भएको हो भन्ने विषयमा विपक्षी मुख्य न्यायाधिवक्ता कार्यालय मधेस प्रदेशमार्फत १५ दिनभित्र जबाफ पेस गर्न पनि भनिएको छ। मधेस प्रदेशमा एमालेका सरोजकुमार यादवलाई बर्दीबासको पानस होटलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्तिपछि शपथ ग्रहण गराएकी थिइन्। यही विषयमा सर्वोच्चमा अर्को पनि रिट दायर भएको थियो। त्यस रिटमाथि म...
प्रचण्ड–माधवसँग मिसिँदै भीम रावल
राजनीति, समाचार

प्रचण्ड–माधवसँग मिसिँदै भीम रावल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदैछन् । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् । कार्यक्रम आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ । गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलबारे ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबेला मिसिने निर्णय गरेका थिएनन् । गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि भने रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्...
आज पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
राजनीति, समाचार

आज पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । तिहार अघिबाट सुरु भएको केन्द्रीय समिति बैठक अझैसम्म जारी छ । विशेष महाधिवेशन वा नियमित महाधिवेशनको निर्णय हुन नसक्दा नेताहरू विभाजित छन् । कसैले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् भने कतिले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन हुनुपर्ने माग राखेका छन् । पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्य सम्पादन र निर्णय निकाल्न नेताहरूलाई समस्या परिरहेको छ । नेताहरूले संसद् पुनर्स्थापना, निर्वाचनमा जानुपर्ने, महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका मागहरू राखिरहेका छन् ।...
मधेसका मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
राजनीति, समाचार

मधेसका मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालअखबार,काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते झिसमिसेमै होटलमा मुख्यमन्त्री यादवलाई शपथ गराएपछि विरोध भएको थियो। त्यसविरूद्ध रकीप्रसाद यादवले सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमाथि सर्वोच्चले आज अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्नु/नगराउनू भन्दै अन्तरिम आदेश दिएको सर्वोच्चका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। एमाले संसदीय दल नेता यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। यादव मुख्यमन्त्री बनेपछि सांसदहरूले नै विरोध गरेका थिए। उनको पदबहालीसमेत भएको छैन भने उनलाई मुख्यमन्त्री नियुक्त गरेक...
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ, यसको विकल्प छैन : खिमलाल देवकोटा
राजनीति, समाचार

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ, यसको विकल्प छैन : खिमलाल देवकोटा

नेपालअखबार,काठमाडौँ । संविधानविद् एवं नेकपा नेता खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको कुनै विकल्प नरहेको बताएका छन्। उनले निर्वाचनमार्फत प्रतिनिधि पुनर्स्थापना गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। मंगलबार नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित 'प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकोले त्यसभन्दा दायाँबायाँ सोच्न नमिल्ने तर्क गरेका हुन्। उनले भने, ‘प्रतिनिधि सभाको विघटन भएको हो। त्यो प्रतिनिधि सभाको निर्वाचनमार्फत पुनर्स्थापना गर्ने कुरा हो। दोस्रो कुरा, यो सरकारले निर्वाचन घोषणा गरेको पनि होइन। राष्ट्रपतिले 'फागुन २१ गते निर्वाचन गर्ने तपाईँको जिम्मेवारी हो' भनेर टिओआर दिनुभएको हो।’ उनले थपे, ‘यो सरकारले फागुन २१ गते चुनाव गर्नका ल...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
राजनीति, समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

नेपालअखबार,काठमाडौँ । सरकारले हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पदमुक्त, मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत लगायतका १७ निर्णयहरू गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :...
मधेस प्रदेश प्रमुख पदमुक्त
राजनीति, समाचार

मधेस प्रदेश प्रमुख पदमुक्त

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेका हुन्। मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई राष्ट्रपतिले मंगलबार पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदी कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रदेश प्रमुख भण्डारीले झिसमिसेमै होटलमा पुगेर मुख्यमन्त्री सरोजकुमार यादवलाई शपथ गराएपछि आलोचना भएको थियो। सरकारले सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ।...