Wednesday, June 24

विचार

सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की
राजनीति, विचार, समाचार

सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच विवाद भएको हो । अध्यक्ष ओलीले कांग्रेसमाथि सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको आरोप लगाएपछि लेखकले उनको प्रतिवाद गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘सत्ता गठबन्धनमा तलदेखि माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’ जवाफमा लेखकले आफूहरू प्रतिपक्ष नै रहेको स्पष्ट पारेका थिए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौ...
वर्तमान गठबन्धन सरकारले पुरा मधेसलाई अपहेलना गरेको मन्त्री खानको दाबी
राजनीति, विचार, समाचार

वर्तमान गठबन्धन सरकारले पुरा मधेसलाई अपहेलना गरेको मन्त्री खानको दाबी

नेपाल अखबार , काठमाडौं  । वर्तमान गठबन्धन सरकारले  पुरा मधेस प्रदेशलाई अपहेलना गरेको  सघिय मन्त्री अब्दुल खानको दाबी गरे ।  आफ्नो पार्टीलाई गरेको  प्रतिबद्र्ता कार्यन्वान नगरेको मन्त्री खानले बताए । समग्र मधेस प्रदेशलाई नै अपहेलाना गर्ने गरि वर्तमान सरकारको गतिविधि देखिएको मन्त्री खानले बताए । जनमत पार्टीसग गरेको प्रतिबद्धतालाई सरकारले बेवास्ता गरी अघि बढेको आरोप लगाए । हामीलाई मन्त्रालयकाे बाडफाड सम्मान जनक भएन हेपियाे जस्ताे भयाे  । यस किसिमका सरकारको  गतिविधिले मधेसी प्रदेशलाई नै आघात पुगेको उनले बताए ।...
भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार  कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए । “प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ”, उनले भने, “यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुपर्यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।” एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रह...
मन्त्रीहरुलाई अनिवार्य नेपाली पोशाक लगाउने व्यवस्था गर्नुपर्छ :  पाण्डे
राजनीति, विचार, समाचार

मन्त्रीहरुलाई अनिवार्य नेपाली पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : पाण्डे

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एकपटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । पाण्डेले सरकारी कार्यालयमा कर्मचारीहरुले हप्ताको एकपटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गरे । उनले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । उनले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने बताए । उनले आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट...
अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सत्तापक्षको नहुने
राजनीति, विचार, समाचार

अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सत्तापक्षको नहुने

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सत्तापक्षको नहुने जिकिर गरेका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको कार्यक्रममा बुधबार उनले विश्वासको मत दिने पार्टी सत्तारुढ हुने कहाँको व्यवस्था हो आफूले बुझ्न नसकेको टिप्पणी गरे । उनले २०५१ सालमा पनि नेकपा एमालेको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बसेको स्मरण गरे । ‘कसैकसैले चर्चा गर्ने गरेका छन । विश्वासको मत दिएपछि सत्ताधारी पार्टी हुन पुग्दछ । यो कहाँको ब्याख्या हो मैले बुझ्न सकिन । हाम्रो देशको सन्दर्भमा भन्ने हो भने २०५१ सालमा जतिखेर हाम्रो पार्टी सरकारमा थियो । त्यो सरकारको म आफै उपप्रधानमन्त्री थिए । रक्षामन्त्री र परराष्ट्रमन्त्री थिए । र, अहिलेका एमालेका नेता आफैं गृहमन्त्री हुनुहुन्थ्यो । त्यो अल्पमतको सरकारलाई नेपाली काँग्रेसले के...
समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्छ – भुसाल
राजनीति, विचार, समाचार

समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्छ – भुसाल

नेपालअखबार, काठमाडौ । बामपन्थी नेता घनश्याम भुसालले मुलुकमा रहेका सबै समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्ने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीमा समाहित हुनुपूर्व नेकपा एकीकृत माओवादीद्वारा गठित वाम एकता वार्ता समितिलाई लिखित सुझाव प्रस्तुत गर्दै नेता भुसालले बिकसित पछिल्ला घटनाक्रमले समाजवादीहरू बीच एकताको पहलकदमी लिने अवसर र अभिभारा नेकपा एकीकृत समाजवादीको काँधमा आएकोले यसका लागि संस्थागत पहलकदमी लिन सुझाव दिनु भएको हो । नेकपा ( एकीकृत समाजवादी ) इतिहासको व्याख्या गर्न सक्ने ठाउँमा उभिएको बताउदैन नेता भुसालले लिखित सुझावमा भन्नुभएको छ, “ संसदीय लोकतान्त्रिक अभ्यास र सशस्त्र सङ्घर्षका बाटोबाट अगाडि आएका कम्युनिष्ट पार्टीका भूमिकालाई एकै ठाउँमा राखेर सिंगो कम्युनिष्ट पार्टीका रुपमा हेर्दा हामी कम्युनिष्टहरू नै यो राजनीतिक तथा बौद्धिक साँस्कृतिक ...
प्रतिनिधिसभा संसद्‌मा सम्बोधन गर्दै अध्यक्ष नेपालका १५ बुँदे सुझाव
राजनीति, विचार, समाचार

प्रतिनिधिसभा संसद्‌मा सम्बोधन गर्दै अध्यक्ष नेपालका १५ बुँदे सुझाव

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारलाई १५ बुँदे सुझाव दिनुभएको छ । प्रतिनिधिसभा संसद्मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वाभिमान, सन्तुलन परराष्ट्रनीति, संविधानको रक्षा र परिपालन,  भ्रष्टाचारमुक्त समाज, भ्रष्टाचारीलाई राजनीतिक संरक्षण नगर्ने  प्रतिबद्धता लगायतका १५ बुँदे सुझाव दिनुभएको छ । यी सुझावका आधारमा नेकपा एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिएको छ । सरकारलाई विश्वासको मत दिएपनि रचनात्मक प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । अध्यक्ष नेपालले दिनुभएका सुझावहरू यी हुन् - १ राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरि ध्यान दिनुपर्ने । २ सन्तुलन परराष्ट्रनीतिः नेपाल कसैको खेल मैदान नबनोस् भन्नेमा चनाखो हुनुपर्ने ३ संविधानको रक्षा, परिपालन र संघीयताको कार्यान्वयन । ४ सुशासनको ...
रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता
राजनीति, विचार, समाचार

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता

नेपालअखबार, धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत एकता भएको हो । आइतबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । संयुक्त जारी प्रेस विज्ञप्तिमा टीकापुर घटनाको राजबन्दीहरु लगायत रेशम चौधरीको रिहाइको लागि दुवै पक्षले पहल गर्ने, सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ लाई संसद्बाट पारित गराइ प्रभावकारी कार्यान्वयनमा दबाब दिने, थरुहट र मधेस आन्दोलनसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागी भएका नागरिक उन्मुक्ति र जनमत पार्टीका आस्थाका बन्दी...
अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले गठबन्धनको स्थायीत्वमा विश्वास गर्न सकिने अवस्था नभएको बताएका हुन् । ‘एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो । यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन । हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायीत्व होस्’ उनले भने । अध्यक्ष नेपालले पदमा को बस्छ भन्ने कुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे । ‘को पदमा आसिन हुनेछ, त्यो महत्वपूर्ण कुरा होइन । उहाँले के गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा हो । हाम्रो राजनीतिमा रहेका जतिपनि विसंगतिहरु छन्, हाम्रो प्रश...
अध्यक्ष नेपाल : विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिने
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

अध्यक्ष नेपाल : विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिने

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन्। सरकार कुन ढंगले अगाडि बढ्छ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो। शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा समेत राखे। ‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं। व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ। जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ । विश्ल...