Tuesday, July 28

विचार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुन्छन् : माधव नेपाल
राजनीति, विचार, समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुन्छन् : माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुने दाबी गरेका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ८ दलको समर्थन रहेकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताएका हुन् । ‘हामीले आज मात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि हामीले प्रस्तावित गरेका छौं । अब उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं’ उनले भने । अध्यक्ष नेपालले जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने बताए । ‘आफ्नो ओहोदाको, मर्यादाको रक्षा गर्दै, त्यसको सम्मान गर्दै र यो देश र जनताको हित चिताएर अगाडि बढ्ने...
एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल

नेपालअखबार, पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताएका हुन् । उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने । अर्को एक प्रसंगमा उनले मेची किनारबाट  प्रतिगमनकाे यात्रा सुरू हुन लागेकाे संकेत मिलेकाे जिकिर  समेत गरे । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताए ।...
अहिलेको स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील छन्: ओली
राजनीति, विचार, समाचार

अहिलेको स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील छन्: ओली

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय रहेको बताएका छन् । मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले देश बचाउने सुरक्षागार्ड रहेको पनि बताए । ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने ?’, ओलीले प्रश्न गर्दै भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’ उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको...
जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति : प्रधानमन्त्री
राजनीति, विचार, समाचार

जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताएका हुन् । उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे । उनले  सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए । उनले भने, ‘यस पटक सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरको रूपमा लिएको छु । हामीलाई असफल हुने बिलकुलै छुट छैन । हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्र...
राष्ट्रपतिको निर्वाचनको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा छ -अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

राष्ट्रपतिको निर्वाचनको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा छ -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष  माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताउनु भएको छ । नेकपा एकीकृत समाजवादीको पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी पुग्नुभएका अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा भन्नुभयो  “सबै पार्टीलाई समेटेर अगाडि पढ्नुपर्छ ”, , “हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हुन्छ ।” संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले  राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा  छिटो टुङ्गाउनु राम्रो हुने बताउनु भयो  ।  प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सबलाई समेटेर जानु...
सुरु गर्‍यौं एमालेलाई सुदूरपश्चिमबाट धक्का दिन : माधव नेपाल
राजनीति, विचार, समाचार

सुरु गर्‍यौं एमालेलाई सुदूरपश्चिमबाट धक्का दिन : माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई सुदूरपश्चिमबाट धक्का दिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको केही काम छैन भनेको प्रसंग सम्झिँदै सुदूरपश्चिमबाट एमालेलाई नै धक्का दिएको बताएका हुन् । ‘सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ ? ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो सुरुवात हो’ उनले भने । सुदूरपश्चिममा २७ पुसमा मुख्यमन्त्री बनेका राजेन्द्र रावल विश्वासको मत नपाएपछि बिहीबार पदमुक्त भएका थिए । अहिले नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका छन् र नेकपा एकीकृत समाजवादीका नरेश शाही पनि मन्त...
विवेकशील साझालाई सीके राउतका राजनीतिक टिप्स
राजनीति, विचार, समाचार

विवेकशील साझालाई सीके राउतका राजनीतिक टिप्स

नेपालअखबार, काठमाडौं । पाँच वर्षमा दुई पटक फुटेर त्यति नै पटक जुटेको विवेकशील साझा पार्टी यतिखेर आफ्नो पहिलो महाधिवेशन गरिरहेको छ । ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज लेखेर विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपातिर मार्ग परिवर्तन गरेका थिए । मिश्रले दिएको चोटमा यतिखेर विवेकशील साझा महाधिवेशनको मल्हम लगाउँदैछ । ‘हामीले भोगेको चोटको मल्हम हो यो महाधिवेशन,’ विवेकशील साझा अध्यक्ष समिक्षा बाँस्कोटा भन्छिन् । वैकल्पिक राजनीतिको अभ्यास गर्ने भन्दै उदाएका विवेकशील र साझाको संयोजनबाट जन्मेको विवेकशील साझा टुटफुटमा अल्झिरहँदा उसैले बनाएको बाटो हिडेर अरु वैकल्पिक राजनीतिक दलहरु संसदमा पुगे । वैकल्पिक राजनीतिमा नयाँ दलहरुको जर्बजस्त हस्तक्षेप देखेरै हुनुपर्छ यसपटक विवेकशिल साझाले आफूलाई ‘वैकल्पिक राजनीतिको नयाँ मुलधार’का रुपमा स्थापित गर्न खोजीरहेको छ । टुटफुटको अनुभवब...
सरकारलाई समर्थन गरेकै छौं, सरकारमा भने जाँदैनौं : झलनाथ खनाल
राजनीति, विचार, समाचार

सरकारलाई समर्थन गरेकै छौं, सरकारमा भने जाँदैनौं : झलनाथ खनाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफूहरु सरकारमा तत्कालै नजाने बताएका छन् । बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सरकारलाई समर्थन भने राम्रो काम गरुन्जेलसम्म रहने बताए । समर्थन चाहिँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल अथवा नराम्रो काम नगरुन्जेल । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन’, उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह पनि नगरेको बताए ।...
पार्टीभित्र कुनै मतभेद छैन : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

पार्टीभित्र कुनै मतभेद छैन : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी भित्र कुनै मतभेद नरहेको दाबी गरेका छन् । आइतबार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै उनले यस्तो जिकिर गरेका हुन् । अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चार माध्याममा आएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । पार्टीमा मतभेद नरहेको र नेताहरुबीच पनि कुनै खटपट नभएको उनको भनाई थियो । अध्यक्ष नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।...
नेपाल सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

नेपाल सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने  बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी ) को ५ औं  केन्द्रीय कमिटीको बैठकमा  राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीले लिएको सिद्धान्त सही छ कि गलत छ त्यो व्यवहारले देखाउने बताउनु भएको हो  । ‘सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ, हामी समाज बदल्न चाहन्छौँ, हामी संसार बदल्न चाहन्छौँ, हामी कम्युनिष्ट क्रान्तिकारी भएकाले माक्र्सवाद लेलिनवादको मार्गदर्शनमा हिड्छौँ ’, अध्यक्ष नेपालले भन्नुभयो  । सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधानका लागि समाजका विभिन्न वर्गहरुको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने भन्दै अध्यक्ष नेपालले  ‘हामी कम्युनिष्ट पार्टीका नेता, कार्...