समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्छ – भुसाल
नेपालअखबार, काठमाडौ । बामपन्थी नेता घनश्याम भुसालले मुलुकमा रहेका सबै समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीमा समाहित हुनुपूर्व नेकपा एकीकृत माओवादीद्वारा गठित वाम एकता वार्ता समितिलाई लिखित सुझाव प्रस्तुत गर्दै नेता भुसालले बिकसित पछिल्ला घटनाक्रमले समाजवादीहरू बीच एकताको पहलकदमी लिने अवसर र अभिभारा नेकपा एकीकृत समाजवादीको काँधमा आएकोले यसका लागि संस्थागत पहलकदमी लिन सुझाव दिनु भएको हो ।
नेकपा ( एकीकृत समाजवादी ) इतिहासको व्याख्या गर्न सक्ने ठाउँमा उभिएको बताउदैन नेता भुसालले लिखित सुझावमा भन्नुभएको छ, “ संसदीय लोकतान्त्रिक अभ्यास र सशस्त्र सङ्घर्षका बाटोबाट अगाडि आएका कम्युनिष्ट पार्टीका भूमिकालाई एकै ठाउँमा राखेर सिंगो कम्युनिष्ट पार्टीका रुपमा हेर्दा हामी कम्युनिष्टहरू नै यो राजनीतिक तथा बौद्धिक साँस्कृतिक ...










