सङ्कटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत
नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व सङ्कटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति सङ्घर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् ।
नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'आज देश सङ्कटमा छ, हाम्रो पार्टी सङ्कटमा छ, लोकतन्त्र सङ्कटमा छ, हामी व्यक्तिगत रूपमा पनि सङ्कटमा छौँ।’
पार्टी बहस अधिवेशनमै सीमित, राष्ट्रिय मुद्दा ओझेलमा
डा. महतले महासमितिको बैठकमा हाम्रो सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रित भयो अहिले केन्द्रीय समितिको छलफल विशेष महाधिवेशन की महाधिवेशन भन्नेमै सीमित भएको बताएका छन् ।
राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो,’ उनले भने। उनले सङ्कटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसके...










