लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह :ओली
नेपालअखबार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्।
शनिबार एमालेको बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई उत्तेजित पार्न र नजिस्क्याउन चेतावनी दिएका हुन्।
'एमालेलाई उत्तेजित बनाउने जिस्क्याउने काम नगर्नुस्। लोकतन्त्रलाई यो भन्दा बढी आक्रमण गर्न सकिन्छ भनेर भ्रम नपाल्नुस्। योभन्दा बढी अगाढि बढ्छु भन्ने ठान्नुहुन्छ भने तपाईंहरूका लागि पनि हितकर हुने छैन,' उनले भने।
अध्यक्ष ओलीले अहिलेको सरकारको उत्पत्ति नै असंवैधानिक बाटोबाट भएकाले एमाले पुनः संवैधानिक तवरले सरकार गठन गर्नतिर लागेको बताए।
उनले लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह गर्दै त्यसको पहलका लागि सम्पूर्ण दलहरूलाई पनि अपिल गरे।
अहिलेको सरकार गठन प्रक्रियालाई अदालतले पनि उचित ठहर गर्न नसक्ने उनको भनाइ थियो।
...










