ज्याला माग्दै विरोधमा उत्रिने नेपालीसहित विभिन्न मुलुकका श्रमिकलाई कतारद्वारा देश निकाला!
नेपालअखबार, एजेन्सि। आगामी नोभेम्बरमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतारले ज्यालाको माग गर्दै विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरिदिएको छ।
कतारको सुरक्षा कानुन तोडेर आन्दोलन र र्याली गरेको भन्दै नेपालसहित भारत, बंगलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश निकाला गरेको बिबिसीले जनाएको छ।
लामो समयदेखि आफूहरूले कामको ज्याला नपाएको भन्दै कम्तीमा ६० जना कामदारहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेशनल ग्रुपको दोहास्थित कार्यालयसामू अगस्ट १४ मा र्याली र विरोध प्रदर्शन गरेका थिए।
तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको बताएका थिए।
आन्दोलनमा सहभागी कामदारलाई प्रहरीले तत्कालै पक्राउ गर्यो। पक्राउ परेकामध्ये केहीलाई देश निकाला गरेको इक्वीडेम नामक मानवअधिकारवादी संस्थाले जनाएको छ। यद्यपि कति संख्यामा कामदारालाई देश निकाला गर्यो भन्ने स्पष्ट संख्या दिएक...









