ट्रम्पले दिए इरानलाई ४८ घन्टाको अल्टिमेटम
नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि ४८ घन्टाको अल्टिमेटम दिएका छन्।
शुक्रबार इरानले आफ्नो भूमिमा अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकू विमान खसालेपछि ट्रम्पले ४८ घन्टाको अल्टिमेटम दिएर स्ट्रेट अफ हर्मुज खुला गर्न भनेका हुन्।
उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक बेपत्ता छन्। खोजीका लागि गएको अमेरिकी सेनाको हेलिकप्टरमा पनि इरानी हमला भएको थियो।
घटनापछि शनिबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले इरानलाई ४८ घन्टाभित्र हर्मुज नखोले उनीहरूमाथि 'नर्क बर्सिने' चेतावनी दिएका छन्।
'मैले उनीहरूलाई सम्झौताका लागि १० दिनको समय दिएको थिएँ। त्यो समय घर्कँदै छ। ४८ घन्टाभित्र सम्झौताका लागि तयार भएनन् भने उनीहरूमाथि भयानक हमला हुनेछ,' ट्रम्पले भनेका छन्।
इरान युद्ध सुरू भएको फेब्रुअरी २८ यता ट्रम्पले पटकपटक सम्...








