चीनसँग सुपरसोनिक मिसाइल किन्दै इरान, सम्झौता अन्तिम चरणमा
नेपालअखबार,काठमाडौं । इरानले चीनबाट सुपरसोनिक एन्टी सिप क्रुज मिसाइल किन्ने तयारी गरेको छ।
चिनियाँ कम्पनीले उत्पादन गरेको सिएम-३०२ मिसाइल इरानले किन्नका लागि दुई देशबीच सम्झौता अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
हतियार खरिद-बिक्रीबारे इरान र चीनबीच भएको वार्ता सहमति नजिक पुगेको भनेर रोयटर्सले वार्ताबारे जानकारी राख्ने ६ जना अधिकारीहरूलाई उद्धृत गरेर लेखेको छ।
खरिद-बिक्री गर्ने यकिन मिति भने तय भइसकेको छैन।
यो मिसाइलले २९० किलोमिटरसम्मका निशानामा मार हान्न सक्ने बताइएको छ।
सुपरसोनिक मिसाइल कम उचाइमा तीव्र गतिमा उडेर जहाजमा जडित प्रतिरक्षा प्रणाली छल्न सक्ने क्षमतासहित विकसित गरिएको बताइएको छ।
सुरक्षा विश्लेषकहरूका अनुसार यस्तो हतियार तैनाथ भएमा पर्सियन गल्फ क्षेत्रमा इरानको आक्रमण क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने र अमेरिकी नौसैनिक बलका...










