Monday, June 1

विश्व

इजरायलद्वारा गाजामा फेरि भीषण आक्रमण, ३३ प्यालेस्टाइनीको मृत्यु
विश्व, समाचार

इजरायलद्वारा गाजामा फेरि भीषण आक्रमण, ३३ प्यालेस्टाइनीको मृत्यु

नेपालअखबार,काठमाडौं । इजरायलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ । इजरायलले गाजा शहरसँगै, बेत ला र खान युनिस सहितका केही अन्य शहरका घर, विद्यालय र बसोबासका लागि बनाइएका भवनहरूमा हवाई आक्रमण गरेको हो । हमासका स्वास्थ्य अधिकारीहरू र ‘सिविल डिफेन्स एजेन्सी’ का अनुसार आक्रमणबाट ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली अधिकारीहरूले हमासमाथि अमेरिकको पहलमा गरिएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् । इजरायली रक्षामन्त्री इजराइल केट्जले हमासका तर्फबाट इजरायली सैनिकमाथि आक्रमण गरिएको र बन्धकको शव फर्काउनका लागि तय भएका शर्तहरू उल्लंघन भएको आरोप लगाएका छन् । उता हमासले आफ्नो तर्फबाट भएको भनिएको आक्रमणमा कुनै संलग्नता नरहेको दाबी गरेको छ । उसले आफू युद्धविरामका लागि पूर्ण प्रतिबद्ध रहेको पनि बताएको छ ।यसअघि मंगलबार बेलुकी इजरायली प्रधानमन्त्री बेन्ज्यामिन ...
जमैका पुग्दै यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘मेलिसा’
विश्व, समाचार

जमैका पुग्दै यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘मेलिसा’

नेपालअखबार,जमैका। क्यारिबियन टापु जमैका यस वर्षको संसारकै सबभन्दा शक्तिशाली आँधी र सम्भवतः टापुको इतिहासकै सबभन्दा बलियो आँधीको चपेटामा परेको छ। अमेरिकी मौसमविद्हरूले यहाँ ‘विनाशकारी र जीवन खतरामा पार्ने’ अवस्थाको चेतावनी दिएका छन्। आँधीका कारण जमैकामा पहिले नै तीन जनाको ज्यान गइसकेको छ। यसबाहेक हाइटी र डोमिनिकन रिपब्लिकमा पनि चार जनाको मृत्यु भएको बताइएको छ। १७५ माइल प्रतिघण्टा (२८२ किलोमिटर प्रतिघण्टा) सम्मको वेग भएको चक्रवात मेलिसा अधिकतम शक्ति पाँचौँ श्रेणीको आँधी हो। यो आँधी अझ तीव्र भइरहेको र मंगलबार बिहानै क्यारिबियन टापुमा जमिनमा ठोक्किने अनुमान छ। अमेरिकी राष्ट्रिय चक्रवात केन्द्र (एनएचसी)को पछिल्लो तथ्यांकअनुसार अधिकतम हावाको गति र कम केन्द्रीय दबाबका हिसाबले मेलिसा यस वर्षको संसारकै सबभन्दा बलियो आँधी हो। सीबीएसले जनाएअनुसार, यसको हालको शक्तिले सन् १८५१ मा अभिलेख राख्न ...
अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर
राजनीति, विश्व, समाचार

अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर

नेपालअखबार,काठमाडौं । अमेरिका र जापानले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले दुईवटा नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई देशबीच हस्ताक्षरित एउटा सम्झौताले अमेरिका-जापान सम्बन्धको नयाँ ‘गोल्डन एज’ को सुरूवातलाई दर्शाउँछ भने दोस्रो सम्झौता महत्वपूर्ण खनिजसँग सम्बन्धित रहेको छ । ‘पहिलो सम्झौता लामो समयदेखि सहयोगी रहेका दुवै देशबीचको साझेदारीलाई अझै मजबुत गर्नेमा केन्द्रित छ’, बीबीसीमा प्रकाशित समाचारमा भनिएको छ, ‘अर्को महत्वपूर्ण खनिजको सम्झौता दुर्लभ खनिज (रेयर अथ्र्स) को आपूर्ति सुनिश्चित गर्नका लागि एउटा ढाँचा प्रदान गर्दछ ।’ सम्झौतामा हस्ताक्षर पछि राष्ट्रपति ट्रम्पले जापानको सराहना गर्दै अमेरिकाको मजबुत सहयोगीको रूपमा चित्रित गरे । उनले जापानकी पहिलो महिला प्रधानमन्त्री तकाइचीको पनि प्रशंसा गरे ।...
दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान
विश्व, समाचार

दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान

नेपालअखबार,काठमाडाैँ । अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान दुर्घटना भएको छ। आइतबार दिउँसो दक्षिण चीन सागरमा अभ्यासका क्रममा अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान छुट्टाछुट्टै समयमा दुर्घटना भएको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार आइतबार दिउँसो स्थानीय समयअनुसार २:४५ बजे एमएच-६०आर सिहक हेलिकप्टर उड्दाउड्दै दक्षिण चीन सागरमा खसेको थियो। नौसेनाको स्क्वाड्रन-७३ एकाइको उक्त हेलिकप्टरमा चालक दलका तीन सदस्य थिए। तीनै जनालाई सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनालाई उद्धृत गर्दै सिएनएनले लेखेको छ। हेलिकप्टर दुर्घटना भएको आधा घन्टापछि लडाकू विमान पनि खसेको थियो। करिव सवा ३ बजे फाइटिङ रेडकक्समा आबद्ध रहेको एफए-१८एफ सुपर हर्नेट लडाकू विमान पनि सोही सागरमा खसेको थियो लडाकू विमानको चालक दलका दुई सदस्यलाई पनि सुरक्षित उद्धार गरिएको सिएनएनले जनाएको छ। हेलिकप्टर र लडा...
ट्रम्प र सीको भेट अगावै अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति
राजनीति, विश्व, समाचार

ट्रम्प र सीको भेट अगावै अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति

नेपालअखबार,काठमाडौं । अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचा (नमूना) मा सहमति जुटेको छ । उक्त सहमतिको ढाँचालाई यसै साता दुवै देशका नेताहरू बीचको भेटघाटका दौरान छलफल गरिने भएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार सम्झौताको ढाँचामा टिकटकको अमेरिकी व्यवसायसम्बन्धी अन्तिम सम्झौता र चीनले दुर्लभ खनिजहरूमा लगाइएको नयाँ प्रतिबन्धहरू हटाउने वा स्थगित गर्ने निर्णय समावेश रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाअनुसार चीनबाट आयात हुने सामानमा लगाइने शतप्रतिशत कर लागू हुने सम्भावना नरहेको पनि बताएका छन् । चीनले अमेरिकाबाट सोयाबिन खरिदलाई फेरि सुरू गर्ने पनि अर्थमन्त्री बेसेन्टको भनाइ छ । दुवै देशहरू विश्वका दुई सबैभन्दा ठूला अर्थव्यवस्थाका बीच जारी ‘ट्रेड वार’ लाई बढ्न नदिने प्रयास गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प एशियाको एक साता लामो भैमणमा छ...
गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक : विश्व स्वास्थ्य सङ्गठन
विश्व, समाचार, स्वास्थ्य

गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक : विश्व स्वास्थ्य सङ्गठन

नेपालअखबार,काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर आवश्यक पर्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका थिए ।’ ‘अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ’, उनले भने । ‘गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तिमा सात अर्ब खर्च हुनेछ’, उनले थपे ।...
ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुने
राजनीति, विश्व, समाचार

ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुने

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ३० अक्टोबरमा भेटवार्ता हुने ह्वाइट हाउसले पुष्टि गरेको हो । दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म  एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलन हुँदैछ । यो सम्मेलनमा राष्ट्रपति ट्रम्प सहभागी हुनेछन् । त्यसै क्रममा सम्मेलन सुरु हुनु एक दिनअघि चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्। दुवै नेताबीचको यो भेटको सम्भावना पहिले नै देखिएको भए पनि अमेरिका-चीनबीच बढ्दो तनावका कारण यसबारे अनिश्चितता थियो। ट्रम्पले दोहोर्‍याएर राष्ट्रपति पद सम्हालेपछि दुवै नेताको पहिलो भेटवार्ता हुनेछ । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापार, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।...
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति
राजनीति, विश्व, समाचार

पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

नेपालअखबार,काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ। कतारको दोहामा दुई देशका प्रतिनिधिबीच भएको लामो छलफलपछि आइतबार युद्धविराम गर्ने सहमति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम गर्ने र स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले संयन्त्र गठन गर्ने सहमति भएको पनि कतारी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। झन्डै १३ घन्टासम्म चलेको वार्तमा पाकिस्तानबाट रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल असीम मलिकले नेतृत्व गरेका थिए भने अफगानिस्तानबाट रक्षामन्त्री मौलवी मुहम्मद याकुब र राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख सहभागी थिए। कतारी विदेश मन्त्रालयले यो सहमतिले सीमाक्षेत्रमा तनाव कम गर्ने र क्षेत्रीय स्थिरताका लागि आधार तयार पार्ने आशा व्यक्त गरेको छ। अक्टोबर ११ देखि १५ सम्म स्पिन ...
अमेरिकाको ५० वटै राज्यका २६ सयभन्दा बढी ठाउँमा ट्रम्पविरुद्ध प्रदर्शन
राजनीति, विश्व, समाचार

अमेरिकाको ५० वटै राज्यका २६ सयभन्दा बढी ठाउँमा ट्रम्पविरुद्ध प्रदर्शन

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको विरोध गर्दै देशव्यापी प्रदर्शन भएको छ। शनिबार अमेरिकाको ५० वटै राज्यका मुख्य मुख्य सहरहरूमा ट्रम्प प्रशासन विरोधी प्रदर्शन भएका हुन्। प्रदर्शनलाई 'नो किङ्स' नाम दिइएको छ। गत जुनमा 'नो किङ्स' भन्ने नारासहितको प्रदर्शन भएको थियो। शनिबारको प्रदर्शनलाई यसकै दोस्रो संस्करण भनिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शनिबार देशभरि २६ सय भन्दा बढी स्थानहरूमा प्रदर्शन र र्‍याली सम्पन्न भएका थिए। प्रदर्शनमा लाखौं मानिसहरूले सहभागिता जनाएका थिए भने प्रदर्शन शान्तिपूर्ण रूपमै सम्पन्न भएको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्। न्यूयोर्कमा मात्रै एक लाखभन्दा बढी मानिसहरूले मार्च गरेको बताइएको छ। यस आन्दोलनका आयोजकहरूले यो प्रदर्शन लोकतन्त्र र नागरिक स्वतन्त्रताको संरक्षणका लागि गरिएको बताएका छन्। प्रदर्...
राजकुमार एन्ड्रयूले त्यागे ‘ड्यूक अफ योर्क’ लगायतका शाही उपाधिहरू
विश्व, समाचार

राजकुमार एन्ड्रयूले त्यागे ‘ड्यूक अफ योर्क’ लगायतका शाही उपाधिहरू

नेपालअखबार,लण्डन । जेफ्री एपस्टिनसँगको सम्बन्ध र यौन दुर्व्यवहारको आरोपलाई लिएर लामो समयदेखि दबाबमा रहेका बेलायती राजकुमार एन्ड्रयूले ड्यूक अफ योर्क लगायत सबै शाही उपाधि र सम्मानहरू त्याग्ने घोषणा गरेका छन्। एक व्यक्तिगत विज्ञप्ति जारी गर्दै एन्ड्रयूले राजा र परिवारसँगको छलफलपछि यो निर्णय लिएको बताएका छन्। उनले आफ्नो विरुद्धका आरोपहरूको निरन्तरताले राजा र शाही परिवारको काममा अवरोध पुर्‍याएको निष्कर्ष निकालेको उल्लेख गरेका छन्। यद्यपि, उनले आफूमाथि लागेका आरोपहरूलाई कडा रूपमा इन्कार गरिरहने अडान दोहोर्‍याएका छन्। यो निर्णय राजा चार्ल्स र राजकुमार विलियमसँगको परामर्शमा भएको हो। यससँगै एन्ड्रयू अब ड्यूक अफ योर्क रहने छैनन्, यद्यपि उनी राजकुमारको रूपमा भने चिनिइरहनेछन्। उनले ब्रिटनको सबैभन्दा पुरानो र वरिष्ठ सम्मान अर्डर अफ द गार्टरको सदस्यता पनि त्यागेका छन्। यसअघि नै 'कार्यकारी शाही'क...