२०० बढी हमास लडाकू फसे गजाको भूमिगत सुरूङमा
नेपालअखबार,काठमाडौं । गजामा इसराइली सेनाले नियन्त्रण कायम राखेको भूमिगत सूरूङमा एक महिनाभन्दा लामो समयदेखि हमासका लडाकू फसेको खुलेको छ।
युद्धविराम भएयता पहेँलो नियन्त्रण रेखा कायम गरी पूर्वमा इसराइली सेना र पश्चिममा हमासले आफ्नो नियन्त्रण कायम राखेका छन्। दुवै सेना एक अर्काको क्षेत्रमा प्रवेश गर्न पाउँदैनन्।
इसराइली सेनाले नियन्त्रण कायम राखेको पूर्वी भूभागको भूमिगत सुरूङमा २०० भन्दा बढी हमास लडाकू फसेको खुलेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
हमासको केन्द्रीय कमाण्डबाट सम्पर्कविच्छेद भएका यो समूह युद्धविराम सुरू हुनुपूर्व नै त्यस क्षेत्रमा आफ्नो गतिविधि चलाइरहेका थिए।
सुरूङबाहिर निस्किएको खण्डमा इसराइली सेनाबाट मारिन सक्ने खतरा छ।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नै यी लडाकुहरूलाई सुरुङबाट निस्केर हमास-नियन्त्रित क्षेत्रमा जान दिने मनशाय नरहेको स्पष्...









