एशियामा बाढीपहिरो र आँधीबेहरीबाट एक हप्तामा १००० भन्दा बढीको मृत्यु
नेपालअखबार,काठमाडौं । एशियाका विभिन्न देशमा हालैका दिनहरूमा आएको आँधीबेहरी, बाढी र पहिरोका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको छ। पछिल्लो एक हप्तामा तीन ठूला आँधीबेहरीले धेरै देशमा ठूलो क्षति पुर्याएका छन्।
श्रीलंकामा चक्रवात ‘दित्वा’ ले जनधनको क्षति भएको छ भने इन्डोनेसियालाई ‘सेन्यार’ आँधीले तहसनहस पारेको छ।
यसका साथै, थाइल्यान्ड र मलेसियामा पनि आँधीबेहरीका कारण धेरै मानिसले ज्यान गुमाएका छन्।
श्रीलंकामा ३३४ जनाको मृत्यु
श्रीलंकामा चक्रवात ‘दित्वा’ का कारण मच्चिएको विनाशमा अहिलेसम्म कम्तीमा ३३४ जनाको मृत्यु भइसकेको छ भने ३७० जना अझै बेपत्ता छन्।
यो आँधीले सबैभन्दा धेरै क्षति क्यान्डी शहरमा पुर्याएको छ। क्यान्डीमा अहिलेसम्म ८८ जनाको मृत्यु भएको छ भने १५० जना बेपत्ता छन्।
श्रीलंकाको बादुल्लामा ७१, नुवारा एलियामा ६८ र मटालेमा २३ जनाको मृत्यु भएको छ।
यस विपत्तिबाट...








