डेढ सय जना सहभागी जन्मदिनको कार्यक्रममा अन्धाधुन्ध चल्यो गोली
नेपालअखबार । अमेरिकाको क्यालिफोर्नियास्थित स्कटन सहरको एउटा ब्यांक्वेटमा गोली चलेको छ।
स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे जन्मदिनको उत्सव भइरहेको ब्यांक्वेटको हलभित्र अन्धाधुन्ध गोली चलेको हो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार जन्मदिन मनाउने कार्यक्रममा झन्डै डेढ सय जना सहभागी थिए।
कार्यक्रम हुँदै गर्दा अन्धाधुन्ध गोली चल्दा तीन बालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ८,९ र १४ वर्षका बालबालिका तथा २१ वर्यका युवा रहेका छन्। उनीहरुको नाम सार्वजनिक गरिएको छैन।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गोलीकाण्डमा १४ जना घाइते छन्। घाइतेहरूको उपचार भइरहेको छ।
गोली चलाउने व्यक्ति फरार छन्।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमलाई घटनाबारे जानकारी गराइएको छ। उनले सामाजिक सञ्जालमार्फत स्टकटन समुदायप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारहरूप्रति ...








