अमेरिका जाँदै जेलेन्स्की, ह्वाइट हाउसमा ट्रम्पसँग भेट्ने
नेपालअखबार,काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने भएका छन्।
ट्रम्पलाई भेट्न जेलेन्स्की मंगलबार नै वासिङ्टन पुग्ने निश्चित भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।
ह्वाइट हाउसमा दुई राष्ट्रपतिबीच भेटवार्ता हुने कार्यक्रम छ।
पछिल्लो समय रूसले युक्रेनमाथि आक्रमण तीव्र बनाइरहेको बेला हुन लागेको यो भेटलाई महत्त्वका साथ हेरिएको छ।
युक्रेनले पनि रुसभित्रका लक्ष्यविरुद्ध लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ।
ट्रम्प र जेलेन्स्कीबीच यसअघि यही महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनका क्रममा भेट भएको थियो।त्यसबेला उनीहरूले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ बनाउने र युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा छलफल गरेका थिए। पछिल्लो समय अमेरिका इरानसँगको युद्धमा भएकाले रूस-युक्रेन युद्ध अन्त्य गर्ने विषयलाई त...








