इरानबाट साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक
नेपालअखबार,काठमाडौँ । इरानको आक्रमणबाट साउदी अरेबियालाई जोगाउन पाकिस्तानले आठ हजार सैनिक, लडाकु विमानको एक टोली (स्क्वाड्रन) र हवाइ रक्षा प्रणाली पठाएको छ।
अमेरिका-इरान युद्ध अन्त्य गर्न मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेका बेला पनि साउदी सँग आपसी रक्षा सम्झौता गरेको पाकिस्तानले सैन्य सहयोगलाई तीव्रता दिएको छ। साउदीमाथि थप आक्रमण भएमा त्यहाँको सेनालाई सहयोग गर्नु एक ठूलो र युद्ध-सक्षम सैन्य बल पठाएको भनेर तीन सुरक्षा अधिकारी र दुई सरकारी स्रोतहरूको हवाला दिंदै समाचार संस्था रोएटर्सले जनाएको छ। पाकिस्तानले अप्रिलको सुरुमा चीनसँग मिलेर संयुक्त रूपमा निर्माण गरिएका मुख्यतया जेएफ-१७ लडाकु विमानहरू सहितको करिब १६ वटा विमानको पूर्ण स्क्वाड्रन साउदीमा तैनाथ गरेको छ। पाकिस्तानले ड्रोनका दुईवटा स्क्वाड्रन पनि पठाएको छ।
यस तैनाथीमा करिब आठ हजार सैनिक समावेश छन् र आवश्यक परेमा थप सैनिक पठाउने ...










