Monday, August 24

शिक्षा

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु
शिक्षा, समाचार

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

नेपालअखबार, काठमाडौँ । पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो। विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ। आवेदन २०८३ भदौ ९ गते शुक्रबारसम्म दिन सकिनेछ। पीएचडी प्रवेश परीक्षा २०८३ भदौ १२ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ। व्यक्तिगत अन्तर्वार्ताको मिति प्रवेश परीक्षाकै दिन घोषणा गरिने विश्वविद्यालयले जनाएको छ। पीएचडीका लागि आवेदन शुल्क रु. ३ हजार तोकिएको छ। इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत...
इरानले सम्झौता नगर्ने ट्रम्पको ठहर
राजनीति, शिक्षा, समाचार

इरानले सम्झौता नगर्ने ट्रम्पको ठहर

नेपालअखबार,काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आवश्यक सम्झौता इरानले गर्छ भन्ने आफूलाई नलागेको बताएका छन्। ओभल अफिसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै इरानले आत्मसमर्पण गर्नुपर्नेमा पनि उनले जोड दिए। ‘उनीहरूले मैले आवश्यक ठानेजस्तो सम्झौता गर्ने छैनन्। हेर्नुहोस्, हामी त्यहाँ एउटै कारणले छौं: इरानले आणविक हतियार राख्न पाउँदैन,’ उनले भने। के अमेरिकाले इरान सँगको अन्तरिम सम्झौता लम्ब्याउन खोजिरहेको हो भनी सोधिएको प्रश्नमा ट्रम्पले ‘होइन’ भनेका थिए। जुन महिनामा भएको अन्तरिम सम्झौताले ‘सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्य’ घोषणा गरेको थियो। तर अन्तरिम सम्झौता असफल भयो। ट्रम्पले जुलाई ७ मा नै सो अन्तरिम सम्झौता समाप्त भयो भनेका थिए। इरानको परराष्ट्र मन्त्रालयले भने त्यसको एक साता पछि यसलाई निलम्बन गरिएको घोषणा गर्‍यो। उक्त समझदारी पत्र...
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
शिक्षा, समाचार

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

नेपालअखबार, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशत बराबर हो। यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ । परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ । बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।...
फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ
शिक्षा, समाचार, समाज

फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ

नेपालअखबार,काठमाडौँ । पटक-पटक आन्दोलन गरी सरकारसँग सहमति गरे पनि विद्यालय शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी गरेको छ। विगतमा धेरै आन्दोलन गरे पनि शिक्षकहरूको हातमा परिणाम नआएको निष्कर्षमा पुगेको शिक्षक महासंघले छिट्टै आन्दोलन गर्ने गरी तयारी गरेको हो। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन गरिने बताए। नेपाल शिक्षक महासंघ तेस्रो राष्ट्रिय परिषदको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परिणाम आउने गरी आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्। आफू भदौ १८ देखि निवृत्त हुन लागेको सुनाएका उनले त्यसअघि नै आन्दोलन गर्ने संकेत गरेका छन्। ‘आन्दोलन अब एक मात्र विकल्प भएको छ। साथीहरू आन्दोलनले के परिणाम दियो भन्नुहुन्छ- हाम्रो हातमा आन्दोलन मात्र छ, परिणाम हाम्रो हातमा छैन, परिणाम राज्य र त्यस...
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि परेका दरखास्त स्वीकृत
प्रशासन, शिक्षा, समाचार

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि परेका दरखास्त स्वीकृत

नेपालअखबार,काठमाडौँ । ​शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये मापदण्ड पुगेका आवेदकहरूको दरखास्त स्वीकृत गरिएको छ। आयोगले गत साउन  १ गते प्रकाशन गरेको सूचनाअनुसार हिजो शुक्रबारसम्म परेका दरखास्तहरूमाथि शिक्षा ऐन, २०२८ मा तोकिएका सर्तहरू बमोजिम छानबिन गरी सिफारिस समितिको निर्णयअनुसार नामावली सार्वजनिक गरेको हो । आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलाले जारी गरेको सूचना अनुसार अध्यक्ष पदका लागि परेका ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको छ। अध्यक्ष पदमा मधुसूदन अधिकारी, रघुराम विष्ट, डा.रोजनाथ पाण्डे, डा.हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारीको दरखास्त स्वीकृत भएको छ । ​त्यसैगरी, आयोगको सदस्य पदका लागि दर्ता हुन आएका उम्मेदवारहरू मध्ये २० जनाको दरखास्त स्वीकृत भएको छ। सदस्य पदमा दरखास्त स्वीकृत हुनेहरूमा गोपीराम के.सी., ब...
सुनसरी झडपको असर : विराटनगरका विद्यालय बन्द
शिक्षा, समाचार, समाज

सुनसरी झडपको असर : विराटनगरका विद्यालय बन्द

नेपालअखबार, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३  कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ । आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य ९ जना घाइते भएका छन् । सोही घटनाको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन भएको थियो । मंगलबार विद्यालय खुलेनन् । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने  औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वत:स्फूर्त रूपमा बन्द भएका हुन् । महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार  स्कुल बस सञ्चालनमा अवरोध गर्ने कुरा आएपछि विद्यालयहरूले पठनपाठन रोकेका हुन् । ‘महानगरले विद्यालय बिदा दिने औपचारिक निर्णय त गरेको छैन, तर बिहान...
त्रिवि एमबिएसको  प्रश्नपत्र आउट परीक्षा सुरू भएको केही मिनेटमै
शिक्षा, समाचार

त्रिवि एमबिएसको प्रश्नपत्र आउट परीक्षा सुरू भएको केही मिनेटमै

नेपालअखबार,काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र बाहिरिएको खुलेको छ। साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको खुलेको हो। ‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरू भएको ५ मिनेटमै पठाइएको खुलेको हो। केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै फेसबुक पेज 'टियु स्टुडेन्ट्स'ले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो। ‘प्राप्त जानकारीअनुसार परीक्षा मध्याह्न १२ बजे सुरू भएको थियो। तर, करिब १२:०५ बजेतिर नै परीक्षा प्रश्नपत्रहरू विभिन्न ह्वाट्सएप समूहमा साझा भएको दाबी गरिएको छ। यस घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता...
एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण
शिक्षा, समाचार, समाज

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो । जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् । त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् । ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् । बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधि...
परीक्षा सकिएको सातौँ दिनमा रिजल्ट
शिक्षा, समाचार

परीक्षा सकिएको सातौँ दिनमा रिजल्ट

नेपालअखबार, काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ। विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा आज तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले जानकारी दिए। विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उनले बताए। प...
सिद्धबाबाका विद्यार्थीलाई ‘पोषिलो चटपटे’
शिक्षा, समाचार, समाज

सिद्धबाबाका विद्यार्थीलाई ‘पोषिलो चटपटे’

नेपालअखबार,गुल्मी । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयमा स्थानीयस्तरमै उपलब्ध पौष्टिक खाद्यवस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष ‘पोषिलो चटपटे’ दिवा खाजामा खुवाइएको छ । रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कक्षा ५ सम्म अध्ययनरत करिब ६ सय विद्यार्थीलाई पोषिलो चटपटे खुवाइएको हो । बालबालिकामा स्वस्थ खानपानको बानी विकास गर्ने, जंक फुडप्रतिको बढ्दो आकर्षण कम गर्ने तथा स्थानीय उत्पादनको उपयोग बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा चना, कमै, केराउ, मासु, आलु, गाजर, काक्रो, सिमी लगायतका पौष्टिक तत्वले भरिपूर्ण खाद्य सामग्री प्रयोग गरी चटपटे तयार गरिएको थियो । स्वादसँगै पोषण पनि सुनिश्चित हुने भएकाले विद्यार्थीहरूले चासोका साथ दिवा खाजा ग्रहण गरेका थिए । रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तीले स...