त्रिविमा यो वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने, सातै प्रदेशमा दीक्षान्त गर्ने तयारी
नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन् ।
त्रिविको ६७औँ वार्षिक दिवस बैठकमा रजिस्ट्रार डा. रवीन्द्र अधिकारीले ६४औँ ग्रेसलिस्टसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै १ असार २०८२ सालदेखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेको जानकारी दिए ।
कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन् । यस्तै, एमफिलतर्फ २५३, पीजीडीतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन् ।
संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी उत्पादन भएका छन् । शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ विद्यार्थी रहेका छन् ।
त्यस्तै, विज्ञान तथा प्रविधि अध्...









