प्रतिभा माविमा विज्ञान प्रदर्शनी
नेपालअखबार, पाेखरा । यहाँको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए ।
विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । ६२ समुहले विज्ञानका ती सामाग्री प्रर्दशनीमा राखेका थिए।
सापकोटाका अनुसार दसैं–तिहारको लामो बिदामा गृहकार्य मात्र नदिएर विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन प्रोत्साहन गरेको बत...









