Thursday, January 22

शिक्षा

कक्षा १२ को परीक्षा गर्न विभिन्न विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्‍मा
शिक्षा, समाचार, हाइलाइट-समाचार

कक्षा १२ को परीक्षा गर्न विभिन्न विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्‍मा

नेपाल अखबार, काठमाडाैं। कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०÷५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो । उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन् । तत्काल निर्णय नभएका दशैँ अघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ । दशैँपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ । यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजिताला...
पोखराका घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री
शिक्षा, समाचार, समाज

पोखराका घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री

नेपाल अखबार, पोखरा । पोखरा–१७ पार्दीस्थित ज्येष्ठ नागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिलाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामाग्री वितरण गरेको छ । साँझ विहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसप कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । लायन्स क्लबका डिष्ट्रिक गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालकलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै लायन्सले विशेष गरी पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । क्लबले कार्पेट, शैक्षिक सामाग्री र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरणसंगै एक लाख रुपैयाँ भन्दा बढीको सहयोग गरेको हो ज्येष्ठ नागरिक बैदिक सनातन (वेद...
एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग
शिक्षा, समाचार, समाज

एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

नेपाल अखबार, काठमाडौं । अभिभावकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न माग गरेका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले परीक्षा सञ्चालन नगरेपछि अभिभावकहरूले शुल्क फिर्ता मागेका हुन् । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘परीक्षा नै सञ्चालन नभएपछि सबै विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता गर्नुपर्दछ ।’एसईईका लागि ४ लाख ८२ हजार ९८६ विद्यार्थीले जनही ५०० रुपैयाँ तिरेर परीक्षा फर्म भरेका थिए । यस अनुसार राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीसँग २४ करोड १४ लाख ९३ हजार रुपैयाँ उठाएको देखिन्छ । परीक्षा सुरु हुनु भन्दा एक दिन पहिले ५ चैतमा सरकारले परीक्षा स्थगित गरेको थियो । २८ जेठमा मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । कक्षा १० को विद्यार्थी मूल्यांकन, ...
विद्यालयमा भीड कम गर्न रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ
प्रदेश १, शिक्षा, समाचार, हाइलाइट-समाचार

विद्यालयमा भीड कम गर्न रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ

दिक्तेल । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो । गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर–बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले व...
विद्यार्थीले पाए सहुलियत दरमा इन्टरनेट
प्रशासन, शिक्षा, समाचार

विद्यार्थीले पाए सहुलियत दरमा इन्टरनेट

नेपाल अखबार,काठमाडौं । विद्यार्थी र शिक्षकले सहुलियत दरमा भ्वाइस सेवा, पाँच जिबी डाटा र बल्क एसएमएस पाउन थालेका छन् । सिकाईमा सहजीकरणका लागि भ्याट लगायतका कर बाहेक ९९ रुपैयाँमा ‘पाठशाला सियुजी सिम’ उपलब्ध गराउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । पाँच जिबी डाटा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेभसाइटमा कक्षा १ देखि १० सम्मका पाठ्यक्रम चलाउन मात्रै प्रयोग गर्नुपर्ने शर्मा बताउँछन् ।शिक्षा मन्त्रालयले नेपाल टेलिकमसँग सम्झौता गरेर विद्यार्थीहरूलाई सहुलियत प्रदान गर्न लागेको हो । ‘पाठशाला सियुजी सिम’ शिक्षक-विद्यार्थी र अभिभावकबीच असिमित कुराकानी गर्न, केन्द्रको वेभसाइट चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस चलाउन सकिने मन्त्रालयले जनाएको छ । सिम लिनका लागि विद्यालय र स्थानीय तहको सिफारिस आवश्यक पर्ने प्रवक्ता शर्माले जानकारी दिए ।...
शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्
प्रशासन, शिक्षा, समाचार, हाइलाइट-समाचार

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्

नेपाल अखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरे । मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्न निर्देशन गरिएको बताए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क ...
टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय
शिक्षा, समाचार

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

नेपाल अखबार, तनहुँ । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै विद्यालयले वडाभित्रका विभिन्न टोलमा सिकाई केन्द्र स्थापना गरेको हो । वडा शिक्षा समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र शिक्षकहरुको असोज ४ गते बसेको संयुक्त बैठकले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी संख्याको आधारमा पायक पर्ने ठा...
त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति
शिक्षा, समाचार, हाइलाइट-समाचार

त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति

नेपाल अखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवी समितिबीच २३ बुँदे सहमति भएको छ । त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच विहीबार सहमति भएको हो । उनीहरुबीच कोभिड १९ का कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ । यस्तै टियू भिजन २०३० को कार्यान्वयनकमा अग्रसरता लिँदै त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुरधारमा जोड दिने विषयमा पनि सहमति भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याउन राजी भ...
त्रिविका सबै परीक्षा छटपर्व लगत्तै
शिक्षा, समाचार, हाइलाइट-समाचार

त्रिविका सबै परीक्षा छटपर्व लगत्तै

नेपाल अखबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशँै अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएक...
दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी
शिक्षा, समाचार

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी

नेपाल अखबार, काठमाडौँ । सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् । यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् । वैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् । यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् ।...