नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारका मनिष प्रजा अल्पसंख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जिनियर बनेका छन्।
सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जिनियरिङ कलेजबाट उनले सिभिल इञ्जिनियर उत्तीर्ण गरेका छन्।
संस्थानाले एक महिनापछि ‘मार्कसिट’ दिनेछ।
मनिष सानैदेखि पढाइमा अब्बल थिए। उनले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अङ्क ल्याएका थिए।
त्यसपछि विज्ञान विषय लिई अध्ययन गरेका मनिषले कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अङ्कप्राप्त गरेका थिए।
नेपाल चेपाङ सङ्घ शिक्षा विभागको संयोजनमा चेपाङ समुदायका ५० बालबालिकालाई संस्थागत विद्यालयहरूको सङ्गठन प्याब्सन र एनप्याब्सनमार्फत सञ्चालित विद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको छ।
सरकारको सिफारिसम...
२०७७ आश्विन २६, सोमबार ०९:५१२०७७ आश्विन २६, सोमबार ०९:५१No Comments
बागलुङमा शिक्षाका योजना प्रभावित
नेपाल अखबार, बलेवा । जिल्लाको ताराखोला गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रका योजना प्रभावित भएका छन् ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विद्यालयका संरचना प्रयोगमा ल्याउँदा पूवार्धार विकासका काम प्रभावित भएका हुन् । गाउँपालिकामा ठूलो सङ्ख्यामा बाहिरबाट आउनेलाई राख्ने गरी पूर्वाधार नभएकाले विद्यालयलाई क्वारेन्टिन बनाउँदा विकासका काम प्रभावित भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताउनुभयो ।
विद्यालय भवनदेखि शौचालय निर्माण र विद्यालय भवन मर्मतसम्मका काम प्रभावित भएका हुन् । गाउँपालिकाले गत आवमा शिक्षा क्षेत्रमा ४० योजनामा बजेट विनियोजन गरेको थियो । तीमध्ये ३४ योजना मात्रै सम्पन्न भएका छन् । “अन्य पूर्वाधार विकासका योजनामा खासै असर गरेन्, तर विद्यालयमा क्वारेिन्टन बनाउँदा योजना प्रभावित भए” उहाँले भन्नुभयो ,“कोभिडले देख्नेगरी जसरी असर ...
२०७७ आश्विन २५, आईतवार ०९:३३२०७७ आश्विन २५, आईतवार ०९:३३No Comments
कोरोना समुुदायमा फैलँदै गएपछि पठनपाठन स्थगित
नेपाल अखबार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ । कुनै पनि वैकल्पिक शिक्षण सिकाइ माध्यमको पहुँचको अभावमा रहेका विद्यार्थीलाई विद्यालयमै पठनपाठन गरिरहेको भए पनि कोरोनाको जोमिख बढ्दै गएपछि पठनपाठन क्रियाकलाप स्थगन गरिएको पालिकाले जनाएको छ ।
विद्यालयमा शिक्षण सिकाइका अभ्यास भइरहेको अवस्थामा गाउँपालिकास्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नौबहिनी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । समुदायस्तरमा कोरोना सङ्क...
२०७७ आश्विन २४, शनिबार ११:२९२०७७ आश्विन २४, शनिबार ११:२९No Comments
कोरोना संक्रमित सचेतक चौधरीलाई आईसियुमा सारियो
नेपाल अखबार, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ ।
वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचिवालयले जनाएको छ ।
दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएपछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरुलाई आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरि एसएमएस गर्न आग्रह गरेकी थिइन् ।
उनलाई गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।...
२०७७ आश्विन २४, शनिबार ११:२९२०७७ आश्विन २४, शनिबार ११:२९No Comments
कोरोना संक्रमित सचेतक चौधरीलाई आईसियुमा सारियो
नेपाल अखबार, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ ।
वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचिवालयले जनाएको छ ।
दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएपछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरुलाई आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरि एसएमएस गर्न आग्रह गरेकी थिइन् ।
उनलाई गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।...
२०७७ आश्विन २२, बिहीबार ०९:५३२०७७ आश्विन २२, बिहीबार ०९:५३No Comments
कक्षा १२ को परीक्षा दसैंलगत्तै लिनेबारे मन्त्रालयमा छलफल
नेपाल अखबार, काठमाडाैं। कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा छ।
‘दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ। तर अहिलेसम्म निर्णय भइसकेको छैन,’ नेविसंघले बुधबार गरेको भर्चुअल संवादमा प्रवक्ता शर्माले भने।
विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए।
‘विद्यार्थी डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था छैन। जहाँ पढेको हो त्यही स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको हो,’ उनले भने, ‘आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न ला...
२०७७ आश्विन २१, बुधबार १६:३७२०७७ आश्विन २१, बुधबार १६:३७No Comments
सरकारले दियो शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति
नेपाल अखबार, काठमाडाैं। सरकारले विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा विश्वविद्यालय तथा शिक्षण संस्थानहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।
यस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरुलाई पालना गरी व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालनको पनि अनुमति दिने निर्णय गरेको छ ।...
२०७७ आश्विन २१, बुधबार ११:०५२०७७ आश्विन २१, बुधबार ११:०५No Comments
अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान
नेपाल अखबार, काठमाडाैं। कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म अध्ययन गर्ने गरेकामा विद्युत् आपूर्तिमा अवरोधकै कारण पढाइ छुट्टी समस्या भइरहेको गोकर्णेश्वर–२ स्थित चण्डिकाश्वरी अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ५ की छात्रा सचिना थापाले दुखेसो पोखिन् ।
गोकर्णेश्वर क्षेत्रमा आइतबार २४सै घण्टा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । विगत एक महिनादेखि दिउँसो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने समयमै दैनिकजसो दुईदेखि तीन घण्टासम्म बत्ती जाने गरेको छ । जोरपाटीबाट सु...
२०७७ आश्विन २०, मंगलवार १०:००२०७७ आश्विन २०, मंगलवार १०:००No Comments
विद्यालय बन्द गर्न आग्रह
नेपाल अखबार, सिरहा। जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेका बेला विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उनले बताए ।
यहाँका मिर्चैया तथा गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।
निर्णय अनुसार ती स्थानीय तहका नीजि तथा सामुदायिक विद्यालयहरुले विद्यालयमा विद्यार्थी उपस्थित गराई पठन पाठन गराउन थालेपछि यस्तो निर्णय लिनुपरेको उनको कथन छ ।
बैठकले सरकारले तोकेको मापदण्ड अनुस...
२०७७ आश्विन १६, शुक्रबार १७:०२२०७७ आश्विन १६, शुक्रबार १७:०२No Comments
कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्री पोखरेलको सन्देश
नेपाल अखबार, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन नसकेपछि कतिपयले कक्षा १२ को परीक्षा नहुने अनुमान गरेका छन् । कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको सट्टा विद्यालयले नै लिने भएपछि त्यस्तो तर्क गर्नेहरूलाई थप बल मिलेको छ ।
तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने ढिलो चाँडो कक्षा १२ को परीक्षा हुने बताउँछन् । उनी भन्छन्, ‘यो विद्यालय शिक्षाको अन्तिम परीक्षा हो, त्यसैले पनि अहिलेसम्म परीक्षा नगर्ने कोणबाट सोचिएको छैन ।’राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नुपर्ने, यसैको आधारमा विश्वविद्यालयमा भर्ना हुनुपर्ने, समकक्षता निर्धारण जस्ता कारणले गर्दा कक्षा १२ को परीक्षा रद्द गर्न नमिल्ने मन्त्री पोखरेलको भनाइ छ ।
‘संक्रमण बढेको कारणले निर्धारित समयमा हुन नसकेको मात्रै हो’ मन्त्री पोखरेल भन्छन्, ‘जनस्वास्थ्यका सम्पूर्...

