Monday, August 24

शिक्षा

शिक्षकले पाएनन् छ महिनादेखि तलब
शिक्षा, समाचार, समाज

शिक्षकले पाएनन् छ महिनादेखि तलब

नेपालअखबार,कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरूले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । “तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ”, उनले भने, “असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।” तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिए । “संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,” उनले भने, “हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।” शिक्षकहरूको हकमा भने पहिला–पहिला चार/चार महिनामा र अचेल तीन/तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरूको भनाइ छ । नगर...
६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
शिक्षा, समाचार, समाज

६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

नेपालअखबार,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।त्रिवि केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार तालाबन्दी गरेका हुन् । सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई अत्यन्तै नराम्रो मानिन्छ ।  तेस्रो सेमेस्टर मेजरमेन्ट एण्ड इभ्यालुसन इन एजुकेसन पेपरको न्युमिरिकल प्रश्न नै गलत सोधेको विद्यार्थीहरूको आरोप छ । उक्त गलत प्रश्नका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको उनीहरूको भनाइ छ । गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म  तालाबन्दी जारी रहने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन् । विद्यार्थीहरूले निःशुल्क रूपमा रिटोटलिङको व्यवस्था गर्न समेत माग गरेका...
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
शिक्षा, समाचार, समाज

पिसिएमको ग्राजुएसन समारोह सम्पन्न

नेपालअखबार,पोखरा । पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीहरूको ग्राजुएसन समारोह भएको छ। समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीले ठूलो र सकारात्मक सोच राख्दा जीवनमा ठूलो अवसर प्राप्त हुने र जीवन सुखमय बन्ने बताए । उनले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने यो यात्रा थप उचाइमा लैजान कलेजले निरन्तरता दिने विश्वास व्यक्त गरे। कार्यक्रमका विशेष अतिथि पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले विद्यार्थीहरूलाई सीप विकास गर्न तथा देशमै बसेर अवसरहरूको अधिकतम फाइदा उठाउन प्रेरित गरे। क्याम्पस सञ्चालक समिति सदस्य बिनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपप्राचार्य दीप...
नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक
शिक्षा, समाचार, समाज

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

नेपालअखबार,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीले कूलपति स्वर्ण पदक प्राप्त गरेका छन् । भोली बिहीबार हुने पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा उनीहरुलाई कूलपति स्वर्ण पदक प्रदान गर्न लागिएको छ । कलेजको स्नातकोत्तर तह अन्तरगत कन्ट्रक्सन म्यानेजमेन्ट, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका ६ जना विद्यार्थीहरुले कूलपति स्वर्ण पदक प्राप्त गरेका हुन् । कलेजका विद्यार्थीहरु आशिष पोखरेल, मनोज अर्याल, निश्चल सिलवाल, कुशल भुसाल, मनिषा भट्टराई र स्वस्तीका भट्टराईले समेत कूलपति स्वर्ण पदक प्राप्त गरेको नेक सिपिएसका कार्यवाहक एकेडेमिक कोअर्डिनटर एशोसिएट प्रोफेसर रोवर्ट डंगोलले बताउनु भयो । स्नातकोत्तर तहमै अध्ययनरत अन्य ८ जना विद्यार्थीहरु डीन लिस्टमा पर्न सफल भएका छन् । कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार यस पटकको दीक्षान्त समारोहमा स्नातकोत्तर र स्नातक तह...
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो । परीक्षा बुधबार २४ गतेसम्म चल्ने छ । हेर्नुहोस्  कक्षा १२ को परीक्षा तालिका  :  ...
आज वसन्त श्रवण र सरस्वती पूजा
शिक्षा, समाचार

आज वसन्त श्रवण र सरस्वती पूजा

नेपालअखबार,काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उहाँले बताउनुभयो । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ । दे...
महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
शिक्षा, समाचार, समाज

महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

नेपालअखबार ;पोखरा । पोखरा महानगरपालिका वडा नंंं ९, नयाँवजारमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव ,अभिभावक दिवस तथा पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भयो । सोही अवसर पारेर विद्यालयमा स्थापना गरिएको प्राथमिक स्वास्थ्य कोठा तथा स्तरोन्नति गरिएको पुस्तकालयको उद्घाटन समेत गरिएको छ । प्रमुख अतिथि सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै वाल्यकालको स्कुलको अवस्था सम्झदै आफुले पढेको विद्यालयले दिनप्रतिदिन प्रगति गरेको देख्दा खुशी लागेको वताए । उनले देशको शिक्षा निति धेरै पुरानो भएकोे कारण संघिय सरकारले शिक्षा ऐन परिमार्जन लागेको वताउँदै नयाँ शिक्षा ऐन लागु गरे पछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशका युवा लक्षित तथा माग वमोजिमको शिक्षा ऐन ल्याउने तरखरमा रहेको वताए । कार्यक्रमम...
कृषि विश्वविद्यालयमा डीन नियुक्त
प्रशासन, शिक्षा, समाचार

कृषि विश्वविद्यालयमा डीन नियुक्त

नेपालअखबार,चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ ।  विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाका अनुसार कृषि सङ्कायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी सङ्कायमा प्रा डा भूमिनन्द देवकोटा र वन सङ्कायमा प्रा वासुदेव पोखरेल नियुक्त भएका हुन् । परिषद्ले प्राडा निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।...
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान
शिक्षा, समाचार, समाज

कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र शिक्षिका सृजना महतलाई कालिका वर्ष सम्मान २०८१ प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सांसद भीम कार्कीले शिक्षा सुधारका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । उनले आजका विद्यार्थीलाई माटो चिनाउन सकियो भने संसारका जुनसुकै कुनामा पुगे पनि देशलाई सम्झन सक्ने भनाइ राखे । प्रविधियुक्त शिक्षा दिनु आजको आवश्यकता भएकाले राष्ट्रिय शिक्षा नीतिमै त्यसको व्यवस्थापन हुनुपर्नेमा उनको जोड थियो । ‘२०२८ को शिक्षा ऐनले आजको शिक्षाल...
दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती
शिक्षा, समाचार, समाज

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

नेपालअखबार,बागलुङ । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन्। उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ। विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारी उनीहरुले आफैँ पनि पकाउँछन् भने केही र बिक्री पनि गर्छन्। तीन वर्ष पहिले प्रत्येक विद्यार्थीले ५० सङ्कलन गरेर ५० वटा गमला किनेका थिए। गमलामा मौसमअनुसारको तरकारी रोप्थे। फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे। विद्यालयले विद्यार्थीलाई उत्पादनसँग जोड्न र स्थानीय पाठ्यक्रमअनुसार अध्यापनका लागि ‘स्थानीय उत्पादन’ शीर्षकमा ५० पूर्णाङ्कको प्रयोगात्मक सिकाइका लागि तरकारीखेतीमा प्रोत्साहन गरेको थियो। तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रि...