Tuesday, July 14

समाचार

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
समाचार, समाज

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

नेपालअखबार,चितवन ।  पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ । सडक स्तरोन्नतिका लागि यही मङ्सिर २४ देखि आगामी पुस १ गतेसम्म दिउँसोमा दैनिक पाँच घण्टा सवारीसाधन रोकेर काम गरिँदै छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका आयोजना प्रमुख सजना अधिकारीका अनुसार राजमार्ग रोकिएको समयमा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभिर र धादिङको खतौडी तथा डाहाकीमा भित्तो काट्ने काम गर्न लागिएको हो । उनका अनुसार काठमाडौँतर्फबाट आउने सवारीसाधन रोकिएपछि सडकमा चाप घट्ने छ । मुग्लिनतर्फबाट जाने सवारीसाधनलाई रोक्ने योजना नभएको भए पनि नागढुङ्गा–मलेखु सडक बन्द हुने भएकाले सवारीसाधनको चाप कम हुने छ । यही अवसरलाई उपयोग गर्दै आंशिक सवारी साधन रोकेर भित्तो काट्ने तयारी गरिएको अधिकारीले बताइन् । तीनवटै ठा...
थाइल्याण्ड र कम्बोडियाले फेरि गरे एक अर्कामाथि हमला
राजनीति, विश्व, समाचार

थाइल्याण्ड र कम्बोडियाले फेरि गरे एक अर्कामाथि हमला

नेपालअखबार,थाइल्याण्ड ।  थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा युद्धविराम भएको थियो। सोमबार दुवै देशले एक अर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यसले दुई देशबीच पुनः संकट उत्पन्न हुने संकेत गरेको छ। सोमबार बिहान दुवै देशले एक अर्कामाथि सीमानामा पहिले हमला गरेको आरोप लगाएका छन्। थाइ सेनाले कम्बोडियाली सेनाबाट भएको गोलाबारीमा परी आफ्नो एक सैनिकको मृत्यु र दुई जना घाइते भएपछि जबाफस्वरू हवाई आक्रमण गरेको बताएको छ। थाइ सेनाका मेजर जनरल विन्थाइ सुवारीले चोङ आन मा पास क्षेत्रमा रहेका कम्बोडियाका सैन्य समर्थन केन्द्रहरूलाई लक्ष्य बनाएर आक्रमण...
कञ्चनपुरको खजुवापट्टीमा डिप बोरिङ सञ्चालन : दुई सय किसानलाई बाह्रैमास सिँचाइ सुविधा
समाचार, समाज

कञ्चनपुरको खजुवापट्टीमा डिप बोरिङ सञ्चालन : दुई सय किसानलाई बाह्रैमास सिँचाइ सुविधा

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, खजुवापट्टीका किसानहरूले वर्षभर सिँचाइको भरपर्दो सुविधा पाएका छन्। सुदूरपश्चिम प्रदेश भूमिगत सिँचाइ कार्यालय धनगढीको सहयोगमा रु ५० लाखभन्दा बढीको लागतमा जडान गरिएको डिप बोरिङ सञ्चालनमा आएपछि स्थानीय किसानहरूलाई ठूलो राहत मिलेको हो। शुक्लाफाँटा–१ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार डिप बोरिङले यस क्षेत्रका करिब ६० बिघा जमिनमा नियमित सिँचाइ उपलब्ध गराउनेछ। बोरिङसँगै विद्युत् मोटरको व्यवस्था, भल्व र पाइपलाइन विस्तार पनि गरिएको छ। यसबाट यस क्षेत्रका करिब दुई सय किसान प्रत्यक्ष लाभान्वित भएका छन्। अध्यक्ष भट्टका भनाइमा अब हिउँद–बर्खा कुनै पनि समयमा खेतमा सहजै सिँचाइको सुविधा भएको छ। स्थानीय किसान रतन चौधरीले पहिले सिँचाइको व्यवस्थित व्यवस्था नहुँदा खेतीपातीका बेला अत्यधिक समस्यामा पर्ने गरेको बताएका छन्। सिँचाइको भरपर्दो व्यवस्था ...
आगलागीको छाया, हङकङ निर्वाचनमा न्यून मतदान
राजनीति, विदेश, समाचार

आगलागीको छाया, हङकङ निर्वाचनमा न्यून मतदान

नेपालअखबार,हङकङ । हङकङमा आइतबार भएको व्यवस्थापिका परिषद्को निर्वाचनमा लगभग कीर्तिमानी न्यून मतदान भएको छ। सहरमा करिब आठ दशकयताकै सबैभन्दा खराब आगलागीको घटनाले 'देशभक्त' लाई मात्र चुनावमा भाग लिन दिने सरकारी प्रयासमाथि छाया पारेको छ। सरकारी तथ्याङ्क अनुसार, आइतबारको व्यवस्थापिका परिषद् निर्वाचनमा ३१.९ प्रतिशत मात्रै मतदान भएको छ। सन् २०२१ मा ३०.२ प्रतिशतको कीर्तिमानी न्यून मतदान भएको थियो। बेइजिङले प्रणाली परिवर्तन गरेर बेइजिङप्रति वफादार व्यक्तिहरूलाई मात्र उम्मेदवार बन्न दिने व्यवस्था लागू गरेपछि यो दोस्रो निर्वाचन हो। स्वायत्त चिनियाँ सहरमा ९० विधायक छान्नका लागि चुनाव भएको थियो, जसमा २० सिट मात्र प्रत्यक्ष निर्वाचित हुन्छन्। नोभेम्बरको अन्त्यमा उत्तरी हङकङको वाङ फुक कोर्टमा रहेको आवास भवनमा आगलागी हुँदा कम्तीमा १५९ जनाको मृत्यु भएपछि निर्वाचनका लागि राजनीतिक प्रचार अभियान अचानक...
मुस्ताङमा हिउँ चितुवा अध्ययन सुरु
समाचार, समाज

मुस्ताङमा हिउँ चितुवा अध्ययन सुरु

नेपालअखबार, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ ।  बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेकमा हिउँ चितुवा संख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो । बायोकोर्स नेपाल र एक्याप मिलेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेकमा हिउँ चितुवाको संख्या एकीन गर्न, हिउँ चितुवाको आहारा प्रजातीको अवस्था र मानव र हिउँ चितुवा बीचको द्वन्द्वको अवस्था पहिल्याउन र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले क्यामेरा ट्ययापिङ सुरु गरिएको बायोकोस नेपालका  फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्रको झोङ,पुडाक, छेङ्गुर,थोर...
नागढुङ्गा–नौबिसे सडक एक सातासम्म बन्द रहने
प्रशासन, समाचार, समाज

नागढुङ्गा–नौबिसे सडक एक सातासम्म बन्द रहने

नेपालअखबार,काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक रूपमा बन्द गरिने भएको छ । यो खण्ड स्तरोन्नतिको कामका लागि एक सातासम्म दैनिक ५ घण्टा बन्द गरिने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड), जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय धादिङले एक संयुक्त सूचना जारी गर्दै सडक कालोपत्रे तथा फराकिलो बनाउने कार्यका लागि सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएका हुन् । जारी सूचना अनुसार मिति २०८२ मंसिर २४ गतेदेखि २०८२ पुस १ गतेसम्म (एक हप्ता) सडक बन्द रहनेछ । यस अवधिमा हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरेभिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् । नागढुङ्गा–पिपलामोड खण्डमा कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकतामा रहेको र उक्त सडक खण्ड साँघुरो भएकाले एकै पटक धेरै हेभी उपकरण तथा ढुवा...
२१ औं लेखनाथ महोत्सवको तयारी तिव्र : दिनहुँ छलफल र बैठक
समाचार, समाज

२१ औं लेखनाथ महोत्सवको तयारी तिव्र : दिनहुँ छलफल र बैठक

नेपालअखबार,लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सव तयारी तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरी विभिन्न उपसमितिसँगको छलफललाई तीव्रता दिइएको छ । महोत्सवमा रहने ३ सय ३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भईसकेका छन् । कार्य सम्पादन, सुरक्षा व्यवस्थापन, सहकारी संस्था समन्वय, विद्यालयस्तरीय कार्यक्रम, झाँकी र्याली व्यवस्थापन, युवा परिचालन तथा पार्किङ व्यवस्थापन, टोल विकास संस्था समन्वय, महोत्सव सुपरिवेक्षण उपसमितिसँग छलफल तथा अन्तक्र्रिया गरिएको र महोत्सव सफल बनाउने विषयमा आआफना तर्फबाट खटेर लाग्ने प्रतिबद्धता व्यक्त भएको संघकी अध्यक्ष एवं महोत्सव मुल संयोजक जानुका पर...
नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर
राजनीति, विचार, समाचार

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ । पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भविष्यमाथि पनि प्रश्न उठिरहेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको पार्टी आज आफैं लोकतान्त्रिक अभ्याससंग कताकता तर्सिएको आभाष हुन्छ । कांग्रेस यतिबेला संवेदनशील, निर्णायक र दिशानिर्धारण गर्नैपर्ने मोडमा उभिएको छ । यो मोड केवल नेतृत्व परिवर्तनको सतही बहसमा सीमित छैन यो पार्टीको संगठनात्मक अस्तित्व, वैचारिक निरन्तरता, राजनीतिक विश्वसनीयता र आगामी पुस्ताले खोजेको नयाँ शासन–संस्कृति अपनाउने वा नअपनाउने प्रश्नसँग पनि जोडिएको छ । बितेका सात दशकको राजनीतिक यात्रामा अनेक आन्दोलन, उपलब्धि, उतार–चढाव र सत्ता व्यवस्थाप...
कांग्रेसका ७ निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा
राजनीति, समाचार

कांग्रेसका ७ निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका ७ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा गएका छन् । विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा रिट लिएर सर्वोच्च गएका हुन् । उनीहरूले संसद् पुनर्स्थापनाको मागको वारेस लिएर पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई सर्वोच्च अदालतमा पठाएका छन् । सचेतक थिङले ७ जनाले सर्वोच्चमा पुनर्स्थापना माग गर्ने तयारी आफूहरूको रहेको जानकारी दिइन् । रिट सर्वोच्च अदालतमा पेस गरिएको र सोमबार दर्ता हुने जानकारी अदालत प्रशासनबाट आएको पूर्वमहान्यायाधिवक्ता खातीले बताए । निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि सोमबार दर्ताबारे निर्णय हुने अदालतले जनाएको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी नेकपा एमाले तथा सार्वजनिक सरोकारअन्त...
गृहमन्त्री अर्यालद्वारा संसद् भवनको निरीक्षण
राजनीति, समाचार

गृहमन्त्री अर्यालद्वारा संसद् भवनको निरीक्षण

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन् । उनले आज संसद् भवन परिसरभित्र ‘जेनजी सहिदका सालिक’ का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन पनि गरेको मन्त्री अर्यालको सचिवालयल जनाएको छ । जेनजी सहिदका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धताबारे र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षण गरेका हुन् । सरकारले गत भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी स्मारक पार्क’ बनाउने निर्णय गरेको थियो भने गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जेनजी युवा र तीन प्रहरीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । भवन निरीक्षण गर्दै गृहमन्त्री अर्यालल...