यूपीः १३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आँखा फुटाइयो, जिब्रो काटियो
नेपाल अखबार, एजेन्सि। भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थिती गाउँको एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । यहाँ १३ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कारपछि उनको आँखा फुटाइएको छ । यतिमात्रै होइन, उनको जिब्रो काटियो र उनलाई घाँटीमा डोरीले बाँधेर खेतमा घिसारिएको भारतीय सञ्चार माध्यम आजतकले बताएको छ ।
स्रोतका अनुसार लखिमपुर खिरी जिल्लामा इसानगर थाना क्षेत्रको पकरिया गाउँमा बस्ने १३ वर्षकी बालिका आफ्नो घरबाट शौचका लागि खेतमा गएकी थिइन् । त्यति बेला गाउँकै स्थानीय दुई युवकले बालिकामाथि बलात्कार गरे र उनको हत्या गरिदिए । हत्या गर्नुअघि बालिकामाथि क्रुर व्यवहार गरियो । उनको आँखा फुटाइयो । जिब्रो काटियो र उनको घाँटीमा डोरीले बाँधेर उनलाई घिसारियो । पछि आरोपीले शवलाई घटनास्थलमा फ्याँकेर फरार भए ।
भारतीय सञ्चार माध्यम आजतकले भन्यो, ‘१३ वर्षकी यी बालिका शुक्रबार करिब एक बजे आफ्नो घरबाट शौचका लागि ...
