Monday, November 23

समाचार

नुवाकोटका बिभिन्न स्थानमा पहिरो, घर र पुल जोखिममा
समाचार

नुवाकोटका बिभिन्न स्थानमा पहिरो, घर र पुल जोखिममा

नेपाल अखबार, नुवाकोट। अविरल वर्षासँगै आएको बाढीले नुवाकोटका विभिन्न स्थानमा क्षति पुर्याएको छ । विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा पारेको छ । बाढीले पुलसँगैका घरहरुमा पनि जोखिम बढाएको स्थानीय प्रशान्त अर्यालले जानकारी दिए । बाढी पस्दा स्थानीयको खेत बगाएको छ भने चार घर जोखिममा परेका छन् । कृषि सडककै द्वारेखोलामा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ । यस्तै विदुर नगरपालिकाको वडा नम्वर ३ र ६ को चैनपुरमा पनि पहिरोले तीन घर जोखिममा परेका छन् । पहिरोले घर जोखिममा परेपछि स्थानीयले घरभित्रका सामान सुरक्षित स्थानमा सारेका छन् । पहिरोले विदुर नगरपालिकाको वडा नम्वर–३ का विभिन्न गाउँ र तारकेश्वर गाउँपालिकाको तल्लो क्षेत्रको सवारी सम्पर्क विच्छेद भएको छ ।...
विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने प्रस्ताव
शिक्षा, समाचार

विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने प्रस्ताव

नेपाल अखबार, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो । नोवेल कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने प्रस्ताव गरेको हो ।...
तीन दिन वर्षाको सम्भावना आवश्यक सतर्कता अपनाउन आग्रह
समाचार, समाज

तीन दिन वर्षाको सम्भावना आवश्यक सतर्कता अपनाउन आग्रह

नेपाल अखबार, पाेखरा। मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ । हाल देशका अधिकांश भू–भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गको सम्भावना रहेको साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका का एक वा दुई  स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । सोमबार देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाक...
कपिलवस्तु जिल्ला अस्पतालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द
प्रदेश ५, समाचार

कपिलवस्तु जिल्ला अस्पतालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

नेपाल अखबार, तौलिहवा । सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका मे.सु. किशोर बन्जाडेले बताए । अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सीबाहेका सम्पूर्ण सेवा बन्द रहने छन् । आइतबार अस्पतालका एक नर्सिङ कर्मचारी, एक ल्याबका कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा कार्यरत एक कर्मचारी दुई महिनाअघि संक्रमित भएकी थिइन् ।...
सुटकेशमा तारको आकार बनाएर ‘सुन’ तस्करी, चारजना पक्राउ
समाचार

सुटकेशमा तारको आकार बनाएर ‘सुन’ तस्करी, चारजना पक्राउ

नेपाल अखबार, काठमाडौँ । सुटकेशभित्र प्रयोग हुने तारको आकार बनाएर सुन तस्करी हुन थालेको छ । आइतबार फ्लाई दुबईको रेस्क्यू फ्लाईटमा बाहिरबाट सेतो रंग लेपन गरेर सुन लिएर आएका चार जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । शंकास्पद रुपमा सुटकेशमा फेला परेको १ किलो ७ सय ग्राम  ‘सुन’ परीक्षण गर्न पठाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीले रातोपाटीलाई जानकारी दिए । विमानस्थल भन्सारले अवैध रुपमा ‘सुन’ लिएर आउने सिता स्याङतान, धन बहादुर विक र दोलखा घर भएका दुईजना सेनाम लामालाई पक्रेको छ । ‘सुन परीक्षण गर्न पठाएका छौं, बाहिर सेतो लेपन गरिएको छ’ केसीले भने, ‘परीक्षणपछि मात्रै सुन हो–होइन भन्ने थाहा हुन्छ ।’ सुटकेशमा सुन लिएर आउनेहरु दुवईबाट काठमाडौं आएका हुन् । विमानस्थलको एक्सरेले मेसिनले संकेत गरेपछि भन्सारका अधिकारीले उनीहरुको लगेज पुनः चेकजाँच ...
त्रिविको ईतिहासमै पहिलो पटक शिक्षकवाटै क्याम्पको मुल गेटमा ताला
शिक्षा, समाचार

त्रिविको ईतिहासमै पहिलो पटक शिक्षकवाटै क्याम्पको मुल गेटमा ताला

नेपाल अखबार, पाेखरा। त्रिभुवन विश्वविद्यालयको ईतिहासमै पहिलोपटक आशिंक शिक्षकहरुले समान कामको समान ज्यालाको माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा अनिश्चीत कालिन तालावन्दी गरेका छन् । विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले चरण वद्ध आन्दोलन गरेपनि त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैह्र जिम्मेवार वनेको भन्दै आन्दोलन स्वरुप अनिश्चित कालका लागि ताला लगाएको हो । दैनिक दुई सय भन्दा कम शुल्कमा नियमित पठनपाठन गराई रहेका आशिंक शिक्षकहरुले गत वर्षको माघ २० गते क्याम्पस प्रशासन, आशिंक शिक्षक र त्रि वि प्रतिनिधीका विचमा भएको सहमती कार्यन्वयन नभएको भन्दै पुन आन्दोलन गरेका हुन् । क्याम्पको नया क्याम्पस प्रमुखको पदमा प्राध्यापक डाक्टर सरोज कोईराला आए पछि आशिंकका मागलाई यहि श्रावणको २२ गते सम्म समाधान गर्न २ वुदे लिखित प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धता अनुस...
कोरोना संक्रमणबाट थप २ को मृत्यु, मृतकको कुल संख्या ७५ पुग्यो
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप २ को मृत्यु, मृतकको कुल संख्या ७५ पुग्यो

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षीय वृद्धको सान २४ गते मृत्यु भएको बताए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रमममा मृत्यु भएको हो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षीय महिलाको २४ गते निधन भएको उनले बताए । उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । आइतबार थप ३ सय ८० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना...
बुटवलस्थित नेकपा कार्यालय सिल
प्रदेश ५, समाचार

बुटवलस्थित नेकपा कार्यालय सिल

नेपाल अखबार, बुटवल ।  नेकपाको बुटवलस्थित प्रदेश ५  कार्यालय आजदेखि तिन दिनको लागि सिल गरिएको छ।  बुटवल उपमहानगरपालिका वडा नं. १३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ७२ घण्टाको लागि कार्यालय सिल गरिएको हो । ती कोरोना संक्रमण पुष्टि भएका कार्यकर्ता कार्यालयमा आउने-जाने भएकाले  ७२ घन्टाका लागि कार्यालय सिल गरिएको पार्टी कार्यलय सचिव वालकृष्ण पाण्डेयलेबताए । उनका अनुसार संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा गएका थिए। सोही बीचमा पार्टी कार्यालयमा दूरी कायम गरेको भए पनि  बैकठ समेत भएका थिए ।...
जयशंकरको अभिव्यक्तिबारे सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध : माधव नेपाल
राजनीति, विचार, समाचार

जयशंकरको अभिव्यक्तिबारे सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध : माधव नेपाल

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै बोलेको ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने भनाइको समेत जयशंकरले खण्डन गरेको नेता नेपालले उल्लेख गरेका छन् । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन भनेर स्पष्ट रुपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद रहकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध गर्दछु’ नेता नेपालले ट्विटरमा लेखेका छन् । नेपालमाथि नाकाबन्दी गर्ने बेलामा भारतीय विदेश सचिव रहेका जयशंकरले तथ्यहीन धारणा ...
पर्सामा ७४ जना कोरोना संक्रमित थपिए
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा ७४ जना कोरोना संक्रमित थपिए

इरफान अलि। पर्सामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षण अनुसार १४ महिला सहित पर्सामा थप ७४ जना कोरोना सङ्क्रमित थपिएका हुन् । पछिलो समय गरिएको स्वाबका नमूनाहरुको परिक्षणमा ७४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । जसमा एक जना शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयाँ निवासी विष्णु लामापनि रहेकी छन् । उनको मृत्यु उपचार नपाएर भएको हो । नया थपिएका सङ्क्रमित १२ वर्षदेखि ६८ वर्षीय उमेर समुहका रहेका छन् । एक जना वीरगञ्जस्थित भारतिय महावाणिज्य दुतावासमा कार्यरत ३५ वर्षीय कर्मचारी र ३ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी र एक जना प्रहरीकै कन्ट्याक्ट ट्रेसिङमा परेकी १५ बर्षकी किशोरी समेत रहेकी छन् । बाराका ३ जना र सर्लाहीका १ जनाको समेत क...